बिनोद घिमिरे
लिस्बोन । नेपाली जनसम्पर्क समिति पोर्चुगलको साधारण सभा मार्च २३ तारिख लिस्बोनमा हुने भएको छ। सन् २००७ मा स्थापना भएको समितिको यो चौथो साधारण सभा हो। यस अघि सन् २००९ मा कांग्रेसका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा तेस्रो साधारण सभा सम्पन्न भएको थियो। साधारण सभा लिस्बोनस्थित होटल फेनिक्समा दिउँसो ३ बजेदेखि सुरू हुने छ ।
समितिका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले दिएको जानाकारी अनुसार नेपाली काँग्रेस जनसम्पर्क समिति विभाग प्रमुख अर्जुन जोशीले सभाको आतिथ्यता गर्ने छन्। जन सम्पर्क समितिहरुको कार्यक्रममा सहभागी हुन मार्च तेस्रो साता तिर कांग्रेस नेता जोशी यूरोप भ्रमणमा आउन लागेका हुन्।
समितिको बुधबार बसेको आकस्मिक बैठकले साधारण सभाको मिति एक महिना अघि सारेको थियो। यसअघि साधारण सभा अप्रिल महिना का लागि तय भएको थियो। यसैबीच अध्यक्ष सापकोटाले समितिका साधारण सदस्य, क्रियाशील सदस्य तथा समर्थक हरुलाई साधारण सभा सफल पार्न आ-आफनो ठाउँ बाट सहयोगको लागि आब्हान गरेका छन् ।