१ चैत, बाग्लुङ । लघु जलविद्युत् आयोजनाका कारण बाग्लुङका ग्रामीण क्षेत्रमा साना तथा मझौला उद्योग व्यवसायमा बढोत्तरी भएको छ । उद्योग व्यवसाय नभएको र केवल विप्रेषणमा मात्रै भर पर्दैआएको बाग्लुङ जिल्लामा लघु जलविद्युत् आयोजनाले पारेको सकारात्मक प्रभाव पारेको छ । लघु जलविद्युत् आयोजनाका कारण ग्रामीण क्षेत्र आर्थिक गतिविधि र रोजगारी बढेकामा स्थानीयवासीले खुसी त छन् नै विप्रेषणमा भर पर्ने जिल्लालाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराएर युवालाई गाउँमै राख्नसमेत उनीहरु सफल भएका छन् । लघु जलविद्युत् आयोजनाका कारण स्थानीय रुपमा साना तथा मझौला उद्योगहरु बढेको बताइन्छ । स्थानीय रुपमा अढाई सयको हाराहारीमा साना तथा मझौला उद्योगहरु थप भएको बताइन्छ ।
स्थानीय रुपमा ग्रील उद्योग, अत्याधुनिक कुटानी पिसानी मिल, मौरी घार उद्योग, हर्बल साबुन उद्योग, चाउमिन उद्योग, अत्याधुनिक घट्ट र कम्प्युटर प्रणालीबाट शिक्षा दिने व्यवस्था मिलाइएको छ ।स्थानीय खर्बाङ गाविसमा स्थापना गरिएको खर्बाङ चाउमिन उद्योगले १० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । चाउमिन उद्योगका सञ्चालक चन्द्रमणि वन भन्नुहुन्छ, “म लामो समय साउदी अरेविया बसें, त्यहाँको चर्को घाममा श्रम र पसिना बगाएँ । परिवारबाट टाढा बस्नुपर्दा शारीरिक र मानसिक पीडासमेत पाएँ तर अहिले घरमै बसेर साउदी भन्दा धेरै रकम कमाएको छु । कोही कसैको खटन पटनमा काम पनि गर्नुपरेको छैन ।” दैनिक डेढ क्विन्टल मैदाको चाउमिन बनाएर बेच्ने गरेको र स्थानीय रुपमै सो चाउमिन बिक्री हुने गरेको उहाँको भनाइ छ । खर्बाङ चाउमिन उद्योगले उत्पादन गरेको चाउमिन बाग्लुङ बजार, बामी टक्सार, बुर्तीवाङलगायतका क्षेत्रमा बिक्री हुने गरेको छ । चाउमिन उद्योगमा रु ५ लाख लगानी गरिएको छ ।
त्यसैगरी लघु जलविद्युत्का कारण स्थानीय रुपमा हर्बल साबुन उद्योग समेत सञ्चालनमा ल्याइएको छ । सहकारीका माध्यमबाट स्थापना गरिएको सो उद्योगले प्रत्यक्ष रुपमा १२ जना र अप्रत्यक्ष रुपमा ४० जनाको हाराहारीमा स्थानीय नागरिकलाई रोजगारी दिएको छ । सो साबुन उद्योगका सञ्चालकमा नौ स्थानीयवासी छन् । स्थानीय सामुदाायिक वनमा फल्ने चिउरीलाई प्रयोग गरेर साबुन उत्पादन गर्ने गरिएको छ । उद्योगबाट उत्पादन गरिएको हर्बल साबुन बाग्लुङ, पर्वत, पोखरा, बुटवल, काठमाडौँलगायतका स्थानमा बिक्री वितरण भइरहेको छ । उद्योगले ठूला, मझौला र साना साइज्ाका साबुन उत्पादान गर्ने गरेको छ । लघुजलविद्युत् आयोजनाले गाउँमै उद्योग व्यवसाय गर्न पाएकोमा खुसी हुँदै सो साबुन उद्योगमा काम गर्ने आनन्द राना भन्नुहुन्छ, “रोजगारीको खोजीमा विदेश भौंतारिनुपर्ने अवस्थाबाट मुक्ति मिलेको छ ।” “गाउँमै बसेर महिनामा रु १२ देखि १५ हजारसम्म कमाई हुन थालेको छ, सामुदायिक वनको चिउरीको पनि सदुपयोग भएको छ भने आत्मसम्मान पनि मिलेको छ ।” भन्न्ाुहुन्छ अर्का सञ्चालक यमबहादुर भुजेल ।
स्थानीय गिरिङ्दी गाविस वडा नं ६ का चन्द्र रानाले लघु विद्युत् भएकै कारण ग्रील उद्योग सञ्चालनमा ल्याउनुभएको छ । रु आठ लाख लगानी गरेर खोलिएको यो उद्योगले स्थानीय रुपमै पाँच जनालाई रोजगारी प्रदान गरेको छ । यो जस्तै अरु दुई ग्रील उद्योग पनि यहाँ सञ्चालित छ । ती उद्योगले स्थानीय रुपमै दुई दर्जन भन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरेको स्थानीय नागरिक समाजका अगुवा नारायण धितालले जानकारी दिनुभयो । लघुजलविद्युत् आयोजनाबाटै तीन वटा विद्यालयहरुले पनि प्रत्यक्ष फाइदा लिएका छन् । त्रिभुवन उच्च्ा मावि खर्बाङमा कम्प्युटर प्रणालीबाट शिक्षा दिने व्यवस्था मिलाइएको छ ।
लघु जलविद्युत् आयोजनाका कारण स्थानीय रुपमा १० वटा मिट फ्रेस हाउस, बाख्रा र्फम, दुई वटा केवल नेटवर्क, तीन वटा कुटानी पिसानी मिल सञ्चालनमा ल्याइएको छ । धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रका इन्जिनियर निरज खतिवडा भन्नुहुन्छ, “लघुजलविद्युत् आयोजनाले गाउँ घरमा ल्याएको परिवर्तन एकदमै सकारात्मक र उल्लेखनीय रहेको छ ।” स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेल लघु जलविद्युत् आयोजनाले ग्रामीण क्षेत्रमा पारेको प्रभाव विशिष्ट रहेको बताउनुहुन्छ । रासस
Very good coverage. This is one of the highly successful mocro hydro scheme. In fact, most of the micro hydro schemes in Baglung are very successful, mainly thanks to effective participatory rural energy planning & implementation, development of micro hydros following a pilot and visionary approach of planning & implementation viz. ‘The Pocket Area Approach’; technical and supervisory inputs from high level renowned and experienced engineers of the sector as well as full participation from the beneficiary communities. If planned and implemented specifically to meet the rural energy needs, the MH systems can be boon to the local community, ontherwise they may prove to be the curse also. The real success of micro hydro lies in generating income and employment at the local level, which this project has become successful. All MH projects should be developed to the tune of Girindi Khola MHPs. This MH project is the entry point to Urja Arc which extends up to Taman Khola MHP. Why other projects supported by donors and the governement could not be successful like this?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]