बिष्णु सापकोटा
लुभेन । चितवन सहायता कोष बेल्जियमको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । आन्त्रोपेन शहरको बेर्खेममा सोमवार सम्पन्न भएको अधिवेशनले पार्वती अधिकारीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको हो । कार्यसमितिका बरिष्ठ उपाध्यक्षमा दिनेश प्रसाद भण्डारी, उपाध्यक्ष मोहम्मद रफी शाह, महासचिव भुवन सुवेदी, सचिव रामचन्द्र सापकोटा र कोषाध्यक्ष इश्वरी प्रसाद कंडेल रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा कृष्ण शाही, रमेश प्रसाद सापकोटा, राजु घिमिरे, तेजेन्द्र कंडेल, बिनोद मरहठ्ठा, श्रीराम प्रसाइ, नारायण प्रसाद पौडेल, सागर अधिकारी, विश्व अर्याल, शान्ती भण्डारी, धना वस्याल, मोहन केसी, वसन्त ढुंगाना, अभिशेक प्रधान, राधिका तिवारी रहेका छन् । यस्तै सल्लाहकारहरुमा जानकी गुरुङ्, प्रेम पाठक, शहदेव गौतम, प्रकाश पौडेल, कृष्ण प्रसाद रेग्मी, पवन सुवेदी, चिज कुमार श्रेष्ठ, चिज कुमार श्रेष्ठ (शिलु), रहनुको साथै सँस्थाको संरक्षणमा सस्थापक अध्यक्ष सिता सापकोटा र निबर्तमान अध्यक्ष रामहरी घिमिरेलाई चयन गरेको छ।
सभापतिको आसनबाट बोल्दै अध्यक्ष रामहरी घिमिरेले “परोपकार नै धर्म हो” भन्ने मूल मन्त्रका साथ स्थापना भएको चितवन सहायता कोष बेल्जियमले बिशेष गरी नेपालका गरिव, असाहय दिन दुखि हरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्र्याउदै आएको बताउनु भयो। कार्यक्रममा चितवन सहायता कोष की सस्थापक अध्यक्ष सीता सापकोटाले सस्थाले स्थापना काल देखिनै चितवन जिल्ला लगाएत अन्य क्षेत्रका शिक्षा, स्वास्थ्य क्षेत्रमा पहुच नपुगेका बिपन्न बर्गका व्यक्ति तथा परिवार लाई मानवीय भावना बाट अभिप्रेरित भै सहयोग गर्दै आएको र चितवन जिल्लाको बिकट क्षेत्रहरुमा स्वास्थ्य शिवीरहरु संचालन गरेको समेत बताउनु भयो ।
यसैगरी कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाव हरुलाई सस्थाको तर्फ बाट सस्थाकी उपाध्यक्ष श्रीमती पार्वती अधिकारीले आफ्नो स्वागत मन्तब्य मार्फत सबैलाई स्वागत गर्नु भएको थियो । यसै गरी विशिष्ठ अतिथीको रुपमा चितवन निवासी बयबृद्ध ७५ बर्षिय उमा देवी चापागाईको समेत उपस्थिति रहेको थियो । उक्त अधिवेशनमा बेल्जियम स्थित नेपाली संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो सत्र सस्थाका सचिव रामचन्द्र सुवेदी (भुवन) ले संचालन गरेका थिए ।