१५ सेनानीलाई प्रमुख सेनानीमा बढुवा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

१५ सेनानीलाई प्रमुख सेनानीमा बढुवा

१ चैत, काठमाडौं । नेपाली सेनाले १५ सेनानीलाई प्रमुख सेनानीमा बढुवा गरेको छ । बढुवा समितिको सिफारिस समितिले पदोन्नतीको लागि सिफारिस गरिएका १५ जना सेनानी अधिकृतलाई फागुन ६ गतेबाट लागू हुने गरी प्रमुख सेनानी दर्जामा पदोन्नती हुने भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

महा सेनानी पदमा बढुवाको लागि बढुवा समितिले१६ जना प्रमुखसेनानीको नाम सिफारिस गरेको र सैनिक सेवा नियमावली २०६९ को दफा ४४ अनुसार निवेदन दिन सक्ने प्रावधान अनुरुप ९ जना प्रमुख सेनानी अधिकृतहरुको सचिवालयमा निवेदन प्राप्त हुन आएको निर्देशनालयले जनाएको छ । प्राप्त निवेदन उपर बलाधिकृत रथीको अध्यक्षतामा गठित समितिद्धारा नियम बमोजिम हुनेछ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु