१ चैत, काठमाडौं । अन्तरिम चुनाबी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा बसेको पहिलो वैठकले विहीबार परराष्ट्र मन्त्रालयका ९ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को पहिलो बैठकले आन्तरिक फाइल बढुवा अन्र्तगत ६ जना, आन्तरिक प्रतियोगिताबाट दुई जना र खुला प्रतिस्पर्धाबाट १ जना गरी कुल ९ जनालाई सहसचिव बनाउने निर्णय गरेको हो । ‘यो कुनै नयाँ निर्णय होइन, पहिल्यै लोक सेवा आयोगले प्रकाशन गरेको नतिजालाई मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको हो ।’-परराष्ट्र स्रोतले अनलाइनखबरसँग भन्यो ।
फाइल बढुवाबाट उपसचिवबाट सहसचिव हुनेमा अमृतकुमार राई, अर्जुनकान्त मैनाली, प्रकाश सुवेदी, ताराप्रसाद पोखरेल, रमेश खनाल र ऋषि घिमिरे हुनुुहुन्छ । त्यसैगरी आन्तरिक प्रतिस्पर्धाबाट कालीप्रसाद पोखरेल र यज्ञ हमाल सहसचिवमा बढुवा हुनुभएको छ भने खुला प्रतिस्पर्धाबाट कृष्ण ढकाल सहसचिवमा नियुक्त हुनुभएको छ ।
सहसचिव हुनेमध्ये मैनाली वासिंटन डीसी, सुवेदी डेनमार्क, पोखरेल क्यानडा, खनाल इजरायल र घिमिरे कतारस्थित नियोगमा उपनियोग प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । बढुवासँगै उहाँहरु नेपाल र्फकनुहुनेछ भने ती मिसनमा नयाँ उपनियोग प्रमुखहरु पठाइने भएको छ ।
हामी पुरानै हौं-परराष्ट्रमन्त्री
रेग्मी सरकारमा गृह र पराराष्ट्रमन्त्री बन्नुभएका माधवप्रसाद घिमिरेले विहीबारै पराराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको छ । मन्त्रालय स्रोतका अनुासर सो अवसरमा मन्त्री घिमिरेले आफू कर्मचारीका लागि पुरानै जान पहिचानको व्यक्ति रहेको र आफ्नो सरकारको मुख्य उद्देश्य चुनाव गराउनु रहेको बताउनुभयो । ‘तपाईहरुले मन्चालयमा काम गरिरहनुभएकै छ ।’- मनत्री घिमिरेको भनाइ थियो ।
Regmi Sir, First of all Congr8. Whatever you do please show an example to the Nepalese peoples and to the world.
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
हाम्रो राजनीतिक बिरोधको तारो शक्ति पृथकीकरणको ईस्यू भन्दा पनि ‘बिदेशीको डिजाईन’ मा बनेको सरकारको खारेजी भन्ने कुरालाई बढी जोड दिनु पर्ने जस्तो लाग्छ/ र नारा चाहि ‘नेपालको सरकार नेपाली आफैले निर्माण गरौँ’ ” भनि किटान गर्दा हाम्रो ‘राष्ट्रिय स्वाधिनता’ आन्दोलनको को एउटा हिस्सा बनाउन सकिन्छ/
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Karmachari haru ko lagi ta khusi ko news ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aba desh ma election garayara itihas rachne bela aayo ko cha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]