चीनको नयाँ राष्ट्रपति सि जिनपिङ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

चीनको नयाँ राष्ट्रपति सि जिनपिङ

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङ चीनको नयाँ राष्ट्रपतिमा चयन हुनुभएको छ । हरेक १० वर्षमा हुने सत्ता हस्तान्तरण प्रक्रिया अनुसार सिलाई संसदले नयाँ राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका प्रमुखका रुपमा चयन गरेको हो ।

Xi-Jinping

सी गएको नोभेम्बरमा महासचिवमा चयन हुनुभएको थियो । १२ औं चिनिया पिपुल्स कंग्रेसमा सहभागी झण्डै ३ हजार प्रतिनिधिले सीलाई राष्ट्रपतिका रुपमा औपचारिक रुपमा चयन गरेका हुन् ।

 चिनिया कम्युनिष्ट पार्टीका प्रमुखका रुपमा चयन भएपछि राष्ट्रपति स्वतः निर्वाचित हुने र संसदमा प्रतिस्पर्धा नहुने भएकाले संसदमा हुने मतदान औपचारिक मात्रै हुने गरेको छ । ५९ वर्षिय सी सन् २००७ मा पार्टीको स्थायी कमिटिमा चयन हुनु अघि झेजियाङ र सांघाईमा पार्टीको शीर्ष नेतृत्वमा बसेर काम गर्नुभएको थियो ।

चिनिया कँग्रेसले उपराष्ट्रपतिमा लि युआनचाओलाई चयन गरेको छ । नयाँ प्रधानमन्त्रीको चयन भने शुक्रबार गरिने छ । लि केकियाङ नयाँ प्रधानमन्त्री हुने अनुमान गरिएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु