२ चैत, काठमाण्डौं । मध्यपहाडी लोकमार्ग अन्तर्गत निर्माण गर्ने भिनएका १० आधुनिक शहरमा लगानी गर्न विश्व बैंकले इच्छा व्यक्त गरेको छ । लगानीका लागि विस्तृत अध्ययन गर्न बैंकले एक प्राविधिक टोली बैशाखमा नेपाल आउन लागेको शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले जानकारी दिएको अभियान दैनिकमा खबर छ । ‘उक्त टोलीले अध्ययन गरेर विश्व बैंकको बोर्डमा प्रतिवेदन बुझाउनेछ,’ उनले भने, ‘बैंकका उच्च अधिकारीहरु लगानीका लागि सकारात्मक देखिएका छन् ।’ यस विषयमा औपचारिक सहमति हुन भने बाँकी रहेको छ ।
बैकले आधुनिक शहरका लागि आवश्यक पर्ने ठूला पूर्वाधार निर्माणमा लगानी गर्नेछ । ‘आधारभूत पूर्वाधार भने सरकारी खर्चमा निर्माण गरिनेछ,’ थापाले भने, ‘सबै शहरमा गुरुयोजना तयार गर्ने काम भइरहेको छ ।’ सरकारले प्रस्तावित सबै शहरमा जग्गा खरीद प्रक्रिया सुरु गरिसकेको छ । सार्वजनिक रुपमा प्रयोग हुने कार्यालय तथा जग्गाका लागि जग्गा खरीद प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ ।
खेलमैदान, खुलाक्षेत्र, अस्पताल, विद्यालय, सरकारी कार्यालय, पानी प्रशोधन केन्द्र, ल्याण्डफिल साइडलगायतका पूर्वाधार निर्माणका लागि जग्गा खरीद सुरु भईसकेको छ ।
Kun kun sahar cha? Thaha huda yaso 2-4 wota sahar ma jamin kiner rakhthe…
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
1 no ma Kirtipur
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Kun sahar bhaner jankari pani vaye ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
HO NEPALKO MADHYA PAHAD KO SUNDA RTA BISHOLE THAHA PAUNTHE.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
bises dhyan chitwanko tandi ma kendrit hos ,kinki bidesiko aagman hune sauraha ko kendra bindu pardchha .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]