२ चैत, दाङ । बाटोभरि गाडी, मोटरसाइकल, साइकल गुडिरहन्थे उनी एक्ले लखरलखर पैदल हिँडेथे । एक दिन होइन, दुई दिन होइन, ३६ बर्षसम्म हिँड्नु पक्कै पनि सहज थिएन् । टरिगाउँ २ टरिगैंका रुद्रमणि शर्माले दैनिक तीन घण्टा हिँडेर ३६ बर्षसम्म शिक्षण गरे ।
डुरुवा ८ भोजपुस्थल बालमिते उच्च माविका समाज शास्त्रका शिक्षक शर्माले शिक्षणको महत्वपूर्ण र सवै समय त्यही विताए । दाङजस्तो सुगम जिल्लामा मोटरको सहज पहुँज हुँदा पनि उनी पैदलै सेवारत रहिरहे । आर्थिक अभावले यातायातका साधन किन्न नसकिने भएपछि उनले कहिल्यै गाडी चढ्ने रहर गरेनन् ।
अन्य साथीहरुले मोटरसाइकलमा चढाउलान् कि भन्ने डरले उनी सबै शिक्षकहरु निस्किसकेपछि मात्र विद्यालयबाट निस्कन्थे । ‘साथीहरुले सर मोटरसाइकलमा सँगै जाऔँ भन्थे । म चाँही चढ्न नपरोस भनेर काम छ भन्दै अवेरसम्म अफिसमा बस्थे । सबै गएपछि मात्र हिँडेर घर जान्थेँ,’ उनले भने, ‘यसैगरी जागिरे जीवन वित्यो । मलाई गाडी चढ्नै मन लागेन ।’
गत साल कात्तिक ३० मा सेवानिवृत्त भएका शर्मा विदालयको सामान्य शिक्षकदेखि प्रधानाध्यापकसम्म भए । जीवनभर बढुवा नभएपछि शिक्षक सेवा आयोगमा मुद्धा हाले । मुद्धा जितेर २०६६ साल बैशाखमा मावि द्वितीय तहमा बढुवा भए । ‘मुद्धा लडेर पदोन्नति हुने म नै जिल्लाको पहिलो शिक्षक हुँ,’ उनले भने, ‘इमान्दारपूर्वक सेवा गर्दा पनि बढुवा नभएपछि अन्ततः न्याय पनि पाइयो ।’ घरबाट दैनिक ८ किलोमिटर टाढाको विदालय धाउँदा पनि आफूलाई कहिले पनि दुःखको अनुभूति नभएको उनले बताएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
This is we call a teacher… thanks Sir Keep it up. sure you can live long coz of everyday walking.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Perhaps he is Good healthy person
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
He was my teacher when I was at Balmiteri Mabi in Dang district. He is brilliant and very passionate teacher. I am missing him very much.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]