२ चैत, इलाम । पूर्ण अर्गानिक भए मात्र विदेश निर्यातमा निरन्तरता पाउने भएपछि इलामका किसान गड्यौले मलतर्फ आकषिर्त हुन थालेका छन् । जिल्लाको पूर्वी गाविसमा रहेको इको सहकारी संस्थाले तीन बर्षअघि सुरु गरेको गड्यौले मल उत्पादन र प्रयोगले सफतला पाएपछि अन्य किसानहरु पनि यसतर्फ आकषिर्त भएका हुन् । अब नेापलमा उत्पादित कृषि प्रणालीमा बढ्दो रसायनिक मल र विषदीको प्रयोगलाई निरुत्साहित गरी अर्गानिक खेतीलाई प्रात्साहित गर्ने उद्देश्यले इलामका निसानले गड्यौले मल प्रयोग गर्न थालेका हुन् ।
पूर्ण रुपमा रासायनिक मल र विषदीको प्रयोग बन्द गरेर गड्उौले मलको प्रयोग गर्न थालेपछि वातावरणमा पनि केही परिवर्तन आएको र माटोमा हुने सूक्ष्म जीवनहरु देखा पर्न थालेको कोल्बुगकी चिया किसान बिमला अर्यालले जानकारी दिएको राजधानी दैनिकमा खबर छ ।
पशुजन्य सामग्री आयातमा प्रतिवन्ध
सरकारले भारतबाट पशुजन्य सामान आयातमा रोक लगाएको छ । भारतको बिहार राज्यको मधुवनीस्थित एक कुखुरा फार्ममा बर्डफ्लु देखा परेपछि नेपालमा सामान आयात गर्न प्रतिवन्ध लगाएको हो ।
पशुस्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १० अनुसार नेपालमा सामान आयातमा रोक लगाइएको हो । सो ऐनमा बर्डफ्लु संक्रमण देखा परेको मुलुकबाट कुखुरा आयात गर्न नपाइने व्यवस्था छ ।
पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. नारायणप्रसाद घिमिरेले भारतबाट कुखुरा, मासु, दाना र भ्याक्सिन ल्याउन रोक लगाइएको बताए । पशु सेवा ऐनअनुसार बर्डफ्लु संक्रमण देखापरे पछि कुखुराको आयातमा प्रतिवन्ध लगाएको हो, प्रवक्ता घिमिरेले भने ‘गैर कानुनी ढंगले भारतबाट कुखुरा आयात भएको फेला परे तत्काल कारबाही गरिनेछ ।’