२ चैत, काठमाण्डौं । स्वच्छ पानीको विशेष पक्षमा जोड दिँदै यही चैत ४ गतेदेखि १० गतेसम्म ‘नेपाल राष्ट्रय जलसप्ताह-२०६९’ मनाइने भएको छ । जलसप्ताह आयोजक समितिले गरेको पत्रकार सम्मेलनमा विश्व पानी दिवसको अवसरमा पानीसँग सम्बन्धित विविध सरोकारका विषयलाई नीति निर्माण तहसम्म पुर्याउन र यससँग सम्बन्धित मुद्दाहरूलाई उठाउन सो सप्ताह मनाउन लागिएको जानकारी दिइएको हो ।
जल तथा ऊर्जा मन्त्रालयका सचिव एवम् आयोजक समितिका अध्यक्ष विश्वप्रकाश पण्डितले स्वच्छ पानीको महत्वका बारेमा सचेतना फैलाउँदै यसको दिगो व्यवस्थापनका लागि वकालत गर्नु र यसको चुनौती तथा फाइदाहरूका बारेमा सचेतना फैलाउने उद्देश्य रहेको बताउनुभयो ।
स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले सिफारिस गरे अनुसार सन् १९९३ देखि हरेक वर्षर् मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ ।
‘पानी पानी त्यहाँ त्यहाँ, साझेदारी जहाँ जहाँ’ भन्ने मूल नाराका साथ मनाउन लागिएको जलसप्ताह सहरी क्षेत्रका पानीजन्य समस्याहरू तथा नेपालको जलस्रोतहरूको दिगो व्यवस्थापनको बारे चेतना जगाउने, सर्वसाधारण तथा स्कुल तथा कलेजका विद्यार्थीहरूमा पानीको गुणस्तर र यससँग सम्बन्धित प्रसङ्गहरूको बारेमा चेतना फैलाउने तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजक समितिका उपाध्यक्ष महेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । रासस
diwssharu manayera matra k garney hajur lacha pato kai lagney hoina!! ramro time pass matra ho!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
जल सप्ताह मनाएर के गर्ने घट्टेकुला दन्तकालीमार्ग का ४६ घर परीवारले पैसा उठाएर पाईप विछ्याइसक्दा पनि काठमाडौं उपत्यका खानेपानी संस्थानले पानी जोडीदिएको छैन । जवकी काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्ड, बुद्धनगर, काठमाडौंले मिति २०६९ पौषमा काठमाडौं उपत्यकामा खानेपानी तथा ढल निर्माण र मर्मतका लागि भनेर रु. २,८९,००,००० रकम अर्थ मन्त्रालयवाट लगि सकेको छ के भन्ने यो देशको चाला। जहाँ पानी छैन त्यहाँ जल सप्ताह मनाउने ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]