बारामा परीक्षार्थीभन्दा धेरै निरीक्षक निष्काशित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बारामा परीक्षार्थीभन्दा धेरै निरीक्षक निष्काशित

२ चैत, काठमाण्डौं । एसएलसी परीक्षाको दोश्रो दिन आज नेपाली विषयको परीक्षा भइरहेको छ । परीक्षा बिहान ८ बजेदेखि शुरु भएको छ । २०६९ सालको एसएलसी परीक्षा बिहीबार देखिसुरु भएको हो । यसवर्ष परीक्षामा नियमिततर्फ चार लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ एकलाख १७ हजार ६८ गरी कूल ५ लाख ४७ हजार १ सय ६५ परिक्षार्थी सामेल भएका छन् ।

बसको ठक्करबाट परीक्षार्थीको मृत्यु

एसएलसी परीक्षा दिएर बाहिर निस्केलगत्तै बिहीबार सप्तरीमा एकजना परीक्षार्थीको बसको ठक्करले मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको मोहनपुरस्थित कठौनामा बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बनरझुला गाविसकी शशीकुमारी चौधरी रहेको प्रहरीले जनाएको छ । भगवतपुर उच्चमावि परीक्षा केन्द्रबाट पहिलो दिनको परीक्षा दिएर निस्केलगत्तै राजविराजबाट सिरहा माडरतर्फ जाँदै गरेको ना४ ख २११४ नम्बरको बसले उनलाई ठक्कर दिएको हो ।

परीक्षार्थीभन्दा धेरै निरीक्षक निष्काशित

एसएलसीको पहिलो दिन बारामा विद्यार्थीभन्दा परीक्षा अनुशासित बनाउन खटेका कर्मचारी नै बढी कारबाहीमा परेका छन् । एक छात्रा र १५ महिला कर्मचारीलाई केन्द्रबाट निष्काशित गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सदरमुकाम कलैया वरिपरिको क्षेत्रका केन्द्रबाट निष्काशनमा परेका छन् । केन्द्र प्रमुख, निरीक्षण र सुरक्षा काममा महिला मात्र खटेको पन्न्ाादेवी कन्या उच्च मा वि कलैयाबाट छ निरीक्षक निष्काशित भएका छन् । निस्काशित हुनेमा पूजा सिंह, रूपा चौधरी, भवानी दुलाल, प्रभावती देवी चौधरी, सुमन जयसवाल र जानकी मेहतालगायत छन् ।

निष्काशनमा परेका कर्मचारीलाई दुई वर्षसम्म निरीक्षणको जिम्मा नदिने र परीक्षा अवधिमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्ने विद्यालय निरीक्षक अशोक रौनियारले बताउनुभयो । जिल्लामा २६ केन्द्रबाट आठ हजार ६ सय ७५ विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

पाँचथरमा १ सय ९१ परीक्षार्थी अनुपस्थित

एसएलसी परीक्षामा पाँचथर जिल्लाबाट पाँच हजार ५ सय २७ जना परीक्षार्थीले परीक्षामा भाग लिने भनिए पनि हिजो भएको अङ्ग्रेजी विषयको परीक्षामा १ सय ९१ जना अनुपस्थिति भएका छन् ।

जिल्ला शिक्षा कार्यालय पाँचथरका अनुसार नियमिततर्फ ५६ र एक्जाम्टेडतर्फ १३५ जना अनुपस्थित भएका हुन् ।

बन्दीहरू परीक्षामा सहभागी

हेटौडाको कारागारको परिसरभित्र १० जना बन्दीले एसएलसी परीक्षा दिएका छन् । विभिन्न अपराधमा थुनामा रहेका उक्त कारागारका बन्दीलाई कारागारभित्रै उच्च सुरक्षाका साथ परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै कैलालीका दुई कैदीले परीक्षा दिएका छन् । कारागार शाखाका अनुसार कर्तव्यज्यान मुद्दाकी एक महिला र डाँका चोरी मुद्दाका एक पुरुषले परीक्षा दिएका हुन् ।

त्यसैगरी कैलालीको प्रतापपुर परीक्षा केन्द्र र ग्यालेक्सी उच्चमावि परीक्षा केन्द्रबाट छजना दृष्टिविहीनले पनि प्रवेशिका परीक्षा दिएका छन् । लेखन सहयोगीका साथ उनीहरूले परीक्षा दिएका हुन् ।

आमाको किरियासँगै परीक्षा

बाँकेमा एक विद्यार्थीले आमाको किरियासँगै एसएलसी परीक्षा दिएका छन् । शिवशक्ति माविका विद्यार्थी निर्मलकुमार रोकायले आमाको कि्रया बसेर परीक्षा बिहीबार अंग्रजी विषयको परीक्षा दिएका हुन् । त्यसैगरी मङ्गलप्रसाद उच्चमाविमा विद्यार्थीहरूलाई नक्कल गराई परीक्षालाई अमर्यादित बनाउन प्रयास गरिरहेका शिक्षक अविनाश पौडेललाई जिल्ला शिक्षा कार्यालयले निस्काशन गरेको छ ।

3 Comments on “बारामा परीक्षार्थीभन्दा धेरै निरीक्षक निष्काशित”
  • Hadkhale, Bishnu wrote on 15 March, 2013, 5:52

    good practice. Best should be awarded and just contrary should punished.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ram prit yadav wrote on 15 March, 2013, 6:12

    बारा जिल्ला बासि का नाता ले जिल्ला बारे खबर पढन पाउदा खुसि लागेको छ/नराम्रो काम कै लागि भए पनि जिल्ला चर्चित त भयो/ केहि अघि यल डी ओ र दलहरु को मिलोमतो मा जी. बी. स. को रकम झ्वाम गरेको खबर पनि आएकै हो/ “बदनाम हुवे तो क्या हुवा नाम तो हुवा”/स्याबाश साथि हो यस्तै कामहरु गर्दै जाउ जिल्ला को प्रगति कसैले रोक्न सक्दैन/ ……..राम प्रित यादव

    Like or Dislike: Thumb up 6 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Ramlakhan Caudhary wrote on 15 March, 2013, 7:56

    Ma lai yo kuradherai nai man paryo. SLC parixa ma kadai gare jastai aru sarkari karyalayharuma dhyan die doshi lai karwahi garyo bhane yo Jilla tatha desh sudhrin6. tks

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु