५ लाख ठगी गर्ने जेल चलान :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

५ लाख ठगी गर्ने जेल चलान

कमल बि.सी.

२ चैत, बर्दिया । प्रहरीमा जागिर लगाईदिन्छु भन्दै विभिन्न ब्यक्तिहरुबाट रकम असुल्ने दार्चुलाका २८ बर्षका जगत सिंह वराललाई जिल्ला अदालत बर्दियाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । उनले प्रहरीमा भर्ना गरिदिन्छु भन्दै नेउलापुर १ का २२ बर्षका मोहन सुनार लगाएतका व्यक्तिहरुबाट ५ लाख ८५ हजार ठगी गरेका थिए ।

रकम लिएर फरार रहेका उनलाई बर्दिया प्रहरीले गत फागुन ६ गते भुरीगाउंबाट पक्राउ गरेको थियो । ठगी मुद्दा दर्ता भई अनुसन्धान पश्चात् उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बर्दियाका प्रहरी प्रबक्ता डिएसपी यमुना रजकले जानकारी दिनुभयो । उनले अन्य धेरै युवाहरुबाट पनि रकम असुलेको रहस्य खुलेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु