सामसुङले ल्यायो ग्यालेक्सी एस-४, के छन नयाँ सुबिधा ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सामसुङले ल्यायो ग्यालेक्सी एस-४, के छन नयाँ सुबिधा ?

बिश्वकै नम्बर एक मोबाइल ब्राण्डका रुपमा स्थापित दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस-४ फोन बजारमा ल्याएको छ । यो स्मार्ट फोनको स्क्रीन आँखाले नियन्त्रण गर्न सकिन्छ ।
ग्यालेक्सी एस-४ को स्क्रीन ५ इन्च अर्थात १२ दशमलव ५ सेन्टिमिटर छ । न्यूयोर्कमा एक भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको ग्यालेक्सी एस-४ बाट एकै पटक दुई तस्वीर खिच्न सकिन्छ । यो अपि्रलको अन्तिमसम्ममा बजारमा उपलब्ध हुनेछ । १ सय ५५ देशका ३ सय २७ मोबाइल अपरेटरले आफ्ना उपभोक्तालाई ग्यालेक्सी एस-४ उपलब्ध गराउने सामसुङले जनाएको छ ।
1

यसमा स्मार्ट पोज नामको एक विशेषता छ, जसमा तपाईले भिडियो हेर्दाहेर्दै आँखा अन्तै लैजानुभयो भने भिडियो आफैं रोकिने छ । स्मार्ट स्क्रोल सफ्टवेयर इमेल र अन्य विषय बस्तु  हेर्नका लागि उपभोक्ताको आँखा र पहुँचको विश्लेषण गर्छ ।
ग्यालेक्सी एस-४ मा पछाडीपट्टी १३ मेगाफिक्सलको क्यामेरा छ भने अगाडी २ मेगाफिक्सलको । यसको तौल १ सय ३० ग्राम छ भने ७ दशमलव ९ मिलिमिटर मोटाइ छ । अर्थात यो ग्यालेक्सी एस-३ भन्दा हलुका र निकै पातलो पनि छ ।
बिक्रिका आधारमा यसअघि नै एप्पललाई चुनौती दिइसकेको सामसुङको एस-४ भर्सनले एप्ललको आइफोन ५ लाई कडा चुनौती दिँदै आम्दानीमा पनि उछिन्ने प्रबिधि बिश्लेषकहरुको अनुमान छ ।

2 3 4 5

17 Comments on “सामसुङले ल्यायो ग्यालेक्सी एस-४, के छन नयाँ सुबिधा ?”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु