दीपेन्द्र के.सी.
रिसाउँछयौ भने तिमी
छोडिदिनेछु लुक्न तिम्रो छाँयामा
उपस्थिति बिझाउँछ भने कतै
मोडिदिनेछु अन्त कतै यात्रामा
यी सवैको मतलव एउटै हुनेछ
केवल देख्न चाहनु, हाँसेको तिमीलाई
किनकी
तिम्रो हाँसोसँग मेरो साइनो गाँसिएको छ ।
तिमी कतै हाँस्नु, र
म कतै रुनुमा पनि
गहिरो सम्बन्धको अर्थ छ
एकापसमा लुकाछिपी सही
हामीले आँशु र हाँसोको दुई पाटे
एउटा सिक्का तयार गर्नुछ;
जो तिमीलाई उपहार
जसले, किन्नेछ अरु हाँसोहरु
र, म अनुभूत गर्नेछु महँगो हाँसो
त्यहाँ पनि आँशुको पाटोमा वसेर;
साइनोको गजवको परिभाषामा बाँधिएको छ
किनकी
तिम्रो हाँसोसँग मेरो साइनो गाँसिएको छ ।।
त्यही सिक्काले –
धेरै मूल्य चुकाउन चाहन्छु,
धेरै उज्यालो खरीद गर्न चाहन्छु
तिम्रो हाँसोको लागि ।
चह्याएर मन धेरै
पोखिएर धेरै आँशुहरु, रित्तिएपछि म
शीतल दिने त्यही हाँसो न हो
जो हाँसो बनेर प्रवेश गर्छ
र आँशु बनेर प्रस्थान गर्छ
किनकी
तिम्रो हाँसोसँग
मेरो यही साइनो गाँसिएको छ ।।
तिमी हाँसेर बाँच्नलाई मेरो आँशु चाहिएको छ
म रोएर बाँच्नलाई तिम्रो हाँसो चाहिएको छ
तिम्रो हाँसोसँग
मेरो यही साइनो गाँसिएको छ ।।।
Very good
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Dherai ramro xa….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
very nice
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
YO POEM MALI DHARI MAN PARAKO 6 HAI SIR LA
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]