गौतम “उदय”
चल्छ जस्तो छैन धेरै, तिम्रो हाम्रो सहयात्रा
मंचन गरी रहे तिम्ले, यस्तै नग्न गाईजात्रा ।
छामछुम र चियो चर्चो, बन्यो तिम्रो नित्य कर्म
श्रोता पनि सर्माउलान, सुनाउँ भने भित्री मर्म
केले छोप्छ तिम्रो आँखा, किन बिबेक सून्य हुन्छ
किन सधै तिम्रोलागि, अशल खराब सम्मै हुन्छ ।
बाउआमाले यस्तो बानी, सिकाएनन होला कठै
शिक्षकले नि यस्तो शिक्षा, पढाएनन् होला पक्कै
टली सक्यो बेला अब, सिङ जुर्रो पलाउने
कल्प वृक्ष भनी रोपें, बन्यौ बिष फलाउने ।