४ चैत, काठमाण्डौ । राष्ट्रपति डा. रामवरण यादवसँग आफ्नै मातृपार्टी नेपाली कांग्रेसको समेत सम्बन्ध चिसिएपछि उहाँले एक्लो महसुस गर्न थाल्नुभएको छ । पछिल्लो समय राष्ट्रपतिका सल्लाहकारहरुसमेत उहाँले खेलेको भूमिकाप्रति असन्तुष्ट बनेका छन् । आगामी असारमा संविधानसभाको चुनाव सफल भए साउनदेखि उहाँलाई हटाई नयाँ राष्ट्रपति नियुक्त गर्ने दलहरुले भित्री योजना बनाएका छन् ।
राष्ट्रपति असंवैधानिक !
व्यवस्थापिका संसदले चुनेका प्रधानमन्त्री संसद विघटन भएपछि स्वतः कामचलाउ भएको अवस्थामा सोही व्यवस्थापिका संसदबाट चुनिएका राष्ट्रपति पनि अबैधानिक हुने तर्क एमाओवादी नेताहरुले गर्न थालेका छन् । यही कारण गत जेठमै एकपटक एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताउनुभएको थियो । तर, राष्ट्रपतिलाई फकाएर काम लिनुपर्ने भएकाले माओवादी नेताहरुले राष्ट्रपतिसँग निहुँ नखोजेको स्रोत बताउँछ ।
‘पुरानो संसद्ले चुनेको राष्ट्रपति नयाँ संसद् आएपछि पनि बैधानिक रहिरहन सक्दैन । त्यसैले नयाँ संविधानसभाको चुनाव सकिनासाथ राष्ट्रपतिले नैतिकताका आधारमा राजीनामा नदिए संसद्ले हटाउँछ ।’- एक एमाओवादीनेताले अनलाइनखबरसँग भने । उनका अनुसार संविधानसभाले संविधान नबनाएसम्म राष्ट्रपति पदमा रहने अन्तरिम संविधानमा व्यवस्था गरिएकोमा उहाँलाई चुन्ने संविधानसभा नै विघटन भएकाले राष्ट्रपति असंवैधानिक र कामचलाऊ भैसक्नुभएको छ ।
स्रोतका अनुसार खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने प्रक्रियामा राष्ट्रपति आफ्नो कार्यकालसमेत ५ वर्ष थप्ने गरी बाधा अड्काऊ फुकाउने प्रयास गर्नुभएको थियो । तर, २५ बुँदे बाधा अड्काऊ फुकाउने आदेशमा राष्ट्रपतिको कार्यकाल थप्ने कुनै प्रावधान राखिएन, जसले गर्दा उहाँको कार्यकाल व्यवहारिकरुपमा चुनावलगत्तै समाप्त हुने स्रोतले बतायो । ‘गत जेठमै उहाँ संविधानतः कामचलाऊ भैसक्नुभएको हो, तर व्यवहारिक हिसाबले नयाँ चुनाव सम्पन्न भएपछि उहाँलाई संसद्ले बिदाइ गर्छ ।
कांग्रेसले पनि साथ नदिने
समस्या परेका बेला राष्ट्रपतिले नेपाली कांग्रेसका नेताहरुलाई साथ नदिएकाले अब उहाँलाई कांग्रेस नेताले समेत साथ नदिने स्रोतले बतायो । विशेष गरी कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उमेद्वार बनाएर ‘पेन्डुलम’ बनाउनमा राष्ट्रपतिले पनि ठूलो भूमिका खेलेको बुझाइ कांग्रेस नेताहरुको छ । कांग्रेस स्रोत भन्छ- ‘सुशील कोइरालाले राष्ट्रपतिसँग चित्त दुखाउनुभएको छ । बहुमतीय आधारमा आफूलाई प्रधानमन्त्री बनाउन कोइरालाले गरेको आग्रह राष्ट्रपतिले नमानेपछि उहाँको चित्त दुखेको हो । ‘
उता राष्ट्रपतिले आफ्नो छोरालाई कांग्रेसको केन्द्रीय सदस्य बनाउन दबाव दिएको, प्रसुतीगृहमा बुहारीलाई नियुक्ति दिलाउन भनसुन गरेको जस्ता गुनासा पनि कांग्रेस नेताहरुले गरेका छन् । ‘आफ्नै जोडले कांग्रेसको महामन्त्री बनाएको मान्छेले अहिले मलाई नै धोका दियो ।’- सुशीलको गुनासो उधृत गर्दै स्रोतले भन्यो ।
कांग्रेस स्रोतका अनुसार यादवले ऐन मौकामा नेवपाली कांग्रेसलाई ठूलो धोका दिएको हुनाले संविधानसभाको चुनावपछि कांग्रेसले पनि उनलाई बचाउने र काखी च्याप्ने अवस्था छैन । कांग्रेस जस्तै नेकपा एमाले पनि राष्ट्रपतिसँग सन्तुष्ट छैन ।
सल्लाहकारसमेत असन्तुष्ट
राष्ट्रपति रामवरण यादवसँग शतिलनिवासमा रहेका आफ्नै सहयोगी र सल्लाहकारहरुको टिमसमेत असन्तुष्ट बनेको छ । राष्ट्रपति यादवका राजनीतिक सल्लाहकार हरि शर्माले त तीनदिन अघि पदबाट राजीनामा नै ठोकिसकेको स्रोत बताउँछ । शर्माले आफू अझैसम्म काम गरिरहेको बताउनुभएको छ । तर, शर्माले आफ्नो फेसबुक स्टाटसमा लोकतन्त्र प्राप्तिका लागि लड्नुभन्दा यसलाई संस्थागत गर्न कठिन भएको प्रतिक्रिया दिनुभएको छ ।
विशेषगरी खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने राष्ट्रपतिको पहलकदमीप्रति शर्मा असन्तुष्टरहेको स्रोतले जानकारी दिएको छ । ‘समस्या समाधानका लागि यो सही बिकल्प हैन भन्ने शर्माको मत छ, राजनीतिक दलहरुबाटै समाधान खोज्नुपर्नेमा निर्दलीय सरकार बनाउन राष्ट्रपतिले अग्रसरता लिएको र अदालतलाई प्रभाव पार्ने कार्यमा राष्ट्रपतिसमेत मतियार बनेको गुनासो शर्माको छ ।
बरु बाबुराम भट्टराई नेतृत्वकै सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्छ भन्ने पक्षमा शर्मा लागेको र राष्ट्रपतिको प्रस्तावमा बिमति जनाएको शीतल निवास स्रोतले जानकारी दियो । राजनीतिकरुपमै फरक धारणा फरक भएपछि पदमा बसिरहनु उचित नदेखेपछि शर्माले राजीनामा दिने मानसिकता बनाएको बुझिएको छ ।
शर्मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका निजी सचिवका रुपमा लामो समय काम गर्नुभएको थियो । यादव राष्ट्रपति निर्वाचित भएपछि कोइरालाकै सिफारिसमा उहाँ राजनीतिक सल्लाहकार नियुक्त हुनुभएको हो । अलोकतान्त्रिक एवं अराजनीतिक प्रकृतिको बिदेशी प्रस्तावलाई आफ्नो बनाएर पेश गरेको भन्दै राष्ट्रपतिका अन्य सल्लाहकार पनि असन्तुष्ट बनेको स्रोतको दावी छ । एमाओवादीले अघि सारेको लोकतन्त्रविरोधी प्रस्तावमा राष्ट्रपतिले सहमति जनाएपछि उहाँका प्रेस सल्लाहकार र कानूनी सल्लाहकारसमेत सन्तुष्ट हुनुहुन्न ।
आफ्नो कदममा आफ्नो मातृपार्टी, विपक्षी दलहरु र नेपाल बारका पदाधिकारी एवं लोकतान्त्रिक पृष्ठभूमिका नागरिक अगुवाहरुसमेत असहमत भएपछि राष्ट्रपति यादव यतिबेला प्वाँखविनाको चरोजस्तै कमजोर बन्नुभएको स्रोतको विश्लेषण छ ।
छोरो जन्मनु कता हो कता माओवादिलाई कोक्रो बुन्नुको हतारो ! पहिले निर्वाचन त गर !
Well-loved. Like or Dislike:
85
34
[जवाफ फर्काउनुहोस्]
जेसिका Reply: March 16th, 2013 at 4:35 pm
भनेपछि कटवाल काण्ड, माधव काण्ड र अहिलेको रेग्मी काण्ड मार्फत् दिल्लीको सेवा गरेका विश्वासिला सेवकले सेवा गर्न छोड्ने भए!!
Like or Dislike:
20
8
[जवाफ फर्काउनुहोस्]
रास्ट्रपति जस्तो जिम्बेवार ओहोदामा रहेको व्यक्ति सक्ष्यम र nationalist हुनुपर्यो नि. जहासम्म मात्री पार्टी को कुरा छ उनि अहिले कांग्रेस को मात्रै रास्ट्रपति हुन् र? होला बाबुराम र प्रचण्ड जसरि माओबादी को मात्र सरकार प्रमुख बने त्यो रामबरण बाट कांग्रेस ले खोज्यो भने त्यो राम्रो भयन
Well-loved. Like or Dislike:
134
13
[जवाफ फर्काउनुहोस्]
राष्ट्रपति डा. रामवरण यादव अकवरी सुन हुन / अकवरी सुनलाई कसी लाउनु पर्दैन
Well-loved. Like or Dislike:
114
94
[जवाफ फर्काउनुहोस्]
purai gafa hanyo patrakar mitrale
Well-loved. Like or Dislike:
67
7
[जवाफ फर्काउनुहोस्]
this is very good news. aslai hatayapachi chai Nepal ma kehi hun6 vanne biswash sabai ma 6 ……
चर्को मतभेद । तपाईलाई के लाग्छ?
20
70
[जवाफ फर्काउनुहोस्]
Haisiyet nabhaye pachhi yestai hunchha !!! Welcome to Hospital !!
चर्को मतभेद । तपाईलाई के लाग्छ?
10
41
[जवाफ फर्काउनुहोस्]
A New President After the New Constituent Assembly is formed according to then power-balance.
Like or Dislike:
6
20
[जवाफ फर्काउनुहोस्]
मुलुकको एकमात्र विवादरहित संस्था र स्वच्छ छवि बोकेका एकमात्र व्यक्ति अर्थात् राष्ट्रपतिलाई समेत विवादमा तान्न माओवादीले गरेको चरणबद्ध योजनाको पछिल्लो उदाहरण यो कपोलकल्पित समाचार हो । न कुनै लेन न देन, रामबरण यादवको देबे्र खुट्टाको कान्छि औंलामा समेत बाँध्न नमिल्ने नेता नामका नालायकहरुले देश विगारेपछि अब राष्ट्रपतिलाई चलाउने र उनलाई विवादमा ल्याउने जुन प्रपञ्च भै रहेको छ, यो घोर निन्दनीय छ । शान्तिगामी र बुद्धिजीवि नेपालीले यी नामर्द नेताहरुको कर्तुत भण्डाफोर गरेरै छोड्नेछन् । यो कपोलकल्पित समाचारबाट कोहि त्रसित नभए हुन्छ ।
Well-loved. Like or Dislike:
126
41
[जवाफ फर्काउनुहोस्]
regmi kaanda ra katwal kaanda duitai ma dilli kaa bharparda dalal ko antya yasari nai hunchh. ramro kuro ho yo !
Like or Dislike:
14
18
[जवाफ फर्काउनुहोस्]
व्यवस्थापिका संसदले चुनेका प्रधानमन्त्री संसद विघटन भएपछि स्वतः कामचलाउ भएको अवस्थामा सोही व्यवस्थापिका संसदबाट चुनिएका राष्ट्रपति पनि अबैधानिक हुने तर्क एमाओवादी एकदम गलत हो
चर्को मतभेद । तपाईलाई के लाग्छ?
49
39
[जवाफ फर्काउनुहोस्]
“आफ्नै जोडले कांग्रेसको महामन्त्री बनाएको मान्छेले अहिले मलाई नै धोका दियो ।’- सुशीलको गुनासो”, हैन रास्ट्रपति सोतन्त्र व्यक्ति हुनुपर्ने ब्यब्व्स्था छ भने यो सुशीलले किन आरोप लाको होला
Well-loved. Like or Dislike:
71
3
[जवाफ फर्काउनुहोस्]
sabai thai aautai bariko mula ka saga ta hau ne timi haru chunab garaune kata ho kata aaila dhakai nai tention huna laggi sakko mahobadi laai ko rastapati hune bhanera Prachanda jati gara pani timro palo aaudaiina babu baru ramro snaga chunaba ladne thauma pakka garak huncha
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
जुन रास्टृपतीले अद्ध्यादेस रोकेर. सरकार र देसलाइ धरापमा पारे;जुन रास्टृपतीले जननीर्बाचीत सरकार डालेर अाफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने प्रयास गरे;यस्तो रास्टृपती पदमा बस्ने कुनै नैतीक अधीकार छैन।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
42
55
[जवाफ फर्काउनुहोस्]
म तोरी लाहुरे को विचारमा नेपाल मा बुद्दी जिबी भनउदा कोही पनि छैनन कि के हो ? ? ? जस्ले जे पायो तेही खोकेको खोकेइ छ सकरात्मक बिचार र भावना दिने कोही छैनन त बा….. एस्तै सोच र बिचारले त नेपाल सुडन जस्तै नहोला भन्न सकिन्न है बेलाईमा होस गर………..
Like or Dislike:
18
3
[जवाफ फर्काउनुहोस्]
राष्ट्रपति र राजा भन्या एउटा कुरो हो. राजालाई संसद मार्फत जनताले निर्वाचित गर्दैन. जबकी राष्ट्रपति अप्रत्यक्षतः जनताबाट निर्वाचित र जनता प्रति जवाफदेही हुने हुन्छ. महामहिम रामबरन पनि सदा-सर्वदाको लागी राष्ट्रपति बनेका अथवा ब्नाईयेका होईनन. नया संसद निर्वाचन भई नया राष्ट्रपतिको चुनाव नभए सम्म मात्र वहा राष्ट्रपति हुन. अब यो दलहरू माथी निर्भर गर्छ की वहाँलाई दोस्रो कार्यकालको लागी पनि उम्मेदवार बनाउने हो वा होईन. राष्ट्रपति रामबरनले आफ्नो प्रथम कार्यकालमाँ आई परेको विषम परिस्थितीको सामना अत्यंत धैर्य र सुझबुझको साथ गर्नु भयो त्यसको लागी वहांको नाम नेपालको ईतिहासमा स्वर्णाक्षरले लेखिने भएको छ.
Like or Dislike:
19
5
[जवाफ फर्काउनुहोस्]
nepalma galat thauma galat karya ma naam naa-aayako sushil koiralako naam kina mucheko hola bichma. na unko afno ghar ca ta koi can.na unlai ghus khane lob na paisa kamayara dhani banne sok.jo bhadama basdai aaunu bhayako ca testo sushil koirala lai aarop nalagau.ani hamro rastrapati pani aru neta bhanda ta saya guna sahi chan.tesaile yesta netaharuko bare kura katnu murkhata ho…
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
jo le j vane pani e sabai selfish ho,kohi pm vanna khojnu kohi aafno 6ora buharilai jagir khuhauna khojne …i hate all minister
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
The role played by President is very crucial and within the legal limit..No one can claim that his acts are crippling. It’s rather appreciable and cool enough!
Like or Dislike:
9
4
[जवाफ फर्काउनुहोस्]
nice, sadhai kangres ko pratinidhi ko vumika kheleko thiyo, aile kangres batai dhika khayo
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Furarelz? That’s marvelously good to know.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]