विश्वकै होँची महिलाको आइटम डान्स !!! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

विश्वकै होँची महिलाको आइटम डान्स !!!

कसले भन्छ आइटम डान्स गर्न लामा लामा खुट्टा र पोटिलो छाति चाहिन्छ भनेर ? यदि कोही यसो भन्छ भने ऊ शतप्रतिशत गलत हुन्छ । आइटम डान्स गर्न न त सलक्क परेको लामो जिउ चाहिन्छ, न त पुष्ट छाति र खम्बे तिघ्रा । यसको लागि त केवल मन चाहिँदो पो रहेछ । विश्वकी सबैभन्दा होँची महिला ज्योति आमगेले एक बलिउड फिल्मका लागि आइटम डान्स गर्ने निर्णय गर्दै यो कुरालाई प्रमाणित गरेकी हुन् ।

jyoti-amge

दुइ फुट पनि उचाइँ नभएकी भारतीय महिला ज्योति ‘प्यार मे लोचा’ नामक फिल्ममा आइटम डान्स गर्ने भएकी हुन् ।

आफुले कटरिना कैफले जस्तै आइटम डान्स गर्न सक्ने दाबी ज्योतिको छ । तर उनी कसैको नक्कल गर्न चाहन्निन् र आफ्नै मौलिक आइटम डान्स गर्नेछिन् ।

आगामी महिला यो आइटम डान्सको सुटिङ सुरु हुने बताइएको छ । फिल्म निर्देशक फरहान अख्तरले ज्योतीको आइटम डान्स निकै सेक्सी हुने तर भल्गर नहुने दाबी गरे ।

स्मरण रहोस् यो फिल्म ज्योति कै यथार्थ जिन्दगीमा आधारित हुनेछ ।

2 Comments on “विश्वकै होँची महिलाको आइटम डान्स !!!”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु