१०६ वर्षमा डिप्लोमा पास :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

१०६ वर्षमा डिप्लोमा पास

हामीकहाँ सत्तरी काटेका मान्छेले एसएलसी दिएका खबर आउँदा हामीलाई अचम्म लाग्छ । तर अमेरिकामा भने एक महिलाले १०६ वर्षको उमेरमा डिप्लोमा उत्तीर्ण गरेकी छिन् ।

अमेरिकाको ओहियोकी बासिन्दा रेबा विलियम्सले अन्ततः १०६ वर्षको उमेरमा औपचारिक रुपमा माउण्ट भेरोन स्कुलबाट डिप्लोमा उत्तीर्ण गरेको प्रमाणपत्र पाइन् ।

 old-woman-diploma

विद्यालयले ती महिलाको अपार्टमेन्टमै पुगेर उनलाई प्रमाणपत्र दियो । त्यस अवसरमा विद्यालयका अवकाश प्राप्त अंग्रेजी शिक्षकले उनलाई दिक्षान्तका बेला लगाउने गाउन लगाइदिएर डिप्लोमा उत्तीर्ण गरेको सर्टिफिकेट दिएका थिए ।

विलियम्सले १०६ वर्षको उमेरमा डिप्लोमा उत्तीर्ण गरेको प्रमाणपत्र पाएर शैक्षिक उपाधि त हात पारिन् नै अर्को युद्ध पनि जितिन् र विद्यालयलाई घुँडा टेकाउन सफल भइन् । वास्तवमा विलियम्सले आफ्नो विद्यार्थी कालमै उक्त विद्यालयबाट डिप्लोमा शिक्षा पूरा गरेकी थिइन् । तर अन्तिममा शिक्षकले दिएको पाठ पढ्न नमानेपछि उनलाई डिप्लोमा तह उत्तीर्ण गरेको प्रमाणपत्र दिइएको थिएन ।

यद्यपि आफ्नै विद्यालयमा पढेकी वयोवृद्धालाई सम्मान गर्ने एउटा जुक्तिको रुपमा विद्यालयले उनलाई डिप्लोमाको प्रमाणपत्र दिनु ठान्यो र उनको घरमै गएर उनलाई पहिले रोकिएको प्रमाणपत्र दिइयो ।

प्रमाणपत्र पाएपछि खुसी भएकी विलियम्सले आफु डिप्लोमा पासको सर्टिफिकेट पाउँदा खुसी भएको भन्दै आफुले आफ्नै हठका कारण पहिलेनै पाउनुपर्ने प्रमाणपत्र नपाएको स्विकार गरिन् । उनले पढ्न अल्छी गर्ने आफ्नो जस्तो बानीको सिको नगर्न पनि अरुलाई आग्रह गरिन् ।

One Comment on “१०६ वर्षमा डिप्लोमा पास”
  • jhalak prasad acharya wrote on 21 March, 2013, 5:14

    जसले त्यो उपाधि पायो त्यस मान्छेको फोटोनइ नराखेकोले पत्याउन अलि गार्हो भएन र

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु