इराक युद्धमा ज्यान गुमाउनेको संख्या एक लाख १२ हजार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

इराक युद्धमा ज्यान गुमाउनेको संख्या एक लाख १२ हजार

४ चैत, बग्दाद । इराकमा सन् २००३ मा सद्दाम हुसेनलाई अपदस्थ गरेयता अर्थात गत एक दशकभित्र भएको हिंसामा परी कम्तीमा एक लाख १२ हजार सर्वसाधरणको मृत्यु भएको समाचारमा जनाइएको छ ।

यद्यपि बेलायतसँग आबद्ध इराक मृतक गणना समूह (आइविसी) का अनुसार एक दशकमा यस द्वन्द्वमा लडाईमा संलग्न व्यक्तिलगायत नागरिक हताहति गणना गर्दा एक लाख ७४ हजार रहेका छन् ।

सन् २००३ मार्च २० देखि हालसम्म नागरिक हताहति एक लाख १२ हजार र एक लाख २२ हजार ४५८ बीचमा रहेको जनाइएको आइबिसीले जनाएको छ । आइबिसीका अनुसार यी वर्षहरुमा बग्दाद सबभन्दाबढी रक्तपातपूर्ण क्षेत्रको रुपमा रहेको छ ।

सो नागरिक हताहतिमा ४८ प्रतिशत सन् २००६ देखि २००८ सम्म भएको पनि जनाइएको छ । सन् २००३ देखि अमेरिकाले इराकमाथि हस्तक्षेप गरेको थियो । त्यसैगरी सन् २०११ अमेरिकी सैनिक फिर्ता भएयता हालसम्म चार हजार ८०४ सर्वसाधारणले ज्यान गुमाइसकेका जनाइएको छ ।

इराकमा बग्दादपछि द्वन्द्वग्रस्त क्षेत्र उत्तरी र पश्चिमीप्रान्तहरु रहेका जनाइएको छ । सुनी मुसलमान समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा बढी हिंसाले जरा गाडेको समाचारमा उल्लेख छ । रासस/एएफपी

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु