थपिए ८ मन्त्री, कसले कुन मन्त्रालय पाए ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

थपिए ८ मन्त्री, कसले कुन मन्त्रालय पाए ?

मन्त्रीको नालीबेलीसहित

५ चैत, काठमाण्डौ । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठित अन्तरिम चुनावी मन्त्रिपरिषद्ले सोमबार पूर्णता पाएको छ ।

८ जना मन्त्रीले सोमबार राती राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । असारभित्र संबिधानसभाको नयाँ चुनाव गराउने म्याण्डेटसहित पूर्व प्रशासकमात्र सम्मिलित चुनावी मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । अध्यक्ष रेग्मीसहित माधवप्रसाद घिमिरे र हरिप्रसाद न्यौपानेले चैत १ गते नै सपथ लिएका थिए ।

कसले कुन मन्त्रालय पाए ?

नवनियुक्त मन्त्री शंकर कोइरालाले अर्थ, वाणिज्य र उद्योग मन्त्रालय सम्हाल्नु हुने भएको छ भने माधव पौडेलले समान्य प्रशासन, सूचना र शिक्षा तथा उमाकान्त झाले उर्जा, विज्ञान र सिचाइ मन्त्रालय पाउनु भएको छ ।

name-list-of-new-cabinetयस्तै विद्याधर मल्लिकले स्थानीय विकास र स्वास्थ्य, छविराज पन्तले भौतिक योजना र शहरी विकास, रामकुमार श्रेष्ठले युवा तथा खेलकुद, शन्ति र संस्कृति तथा पर्यटन, रिद्धिबाबा प्रधानले महिला बाललालिका र भूमिसुधार र टेकबहादुर घर्ति मगरले कृषि तथा वन मन्त्रालयको जिम्मेबारी पाउनु भएको छ ।

sapath-1

यसअघि रेग्मीसँगै सपथ लिएर माधव घिमिरेले गृह र पराराष्ट्र तथा हरिप्रसाद न्यौपानेले कानुन र श्रम मन्त्रालयको जिम्मेबारी पाउनु भएको छ ।

यस्ता छन् नयाँ मन्त्रीहरु !

शंकर कोइराला- अर्थ, वाणिज्य र उद्योग

कवि तथा गीतकारका रुपमा समेत चर्चा कमाएका कोइरालालाई यसअघि मुख्यसचिवका रुपमा चर्चा गरिए पनि लीलामणि पौडेललाई मुख्यसचिव बनाइएको थियो । कोइराला नेपाली कांग्रेसको कोटामा मन्त्री बन्नु भएको हो । पौडेल मुख्यसचिव बनेपछि सचिवबाट राजनीनामा दिने टोलीमा कोइरालासमेत हुनुहुन्थ्यो । कोइराला र मुख्य सचिव पौडलवीच राम्रो सम्बन्ध छैन । कोइरालाले अर्थ, उद्योग र वाणिज्यजस्ता तीन-तीनवटा मन्त्रालय सम्हाल्ने सौभाग्य पाएका छन् ।

उमाकान्त झा- उर्जा, विज्ञान र सिँचाइ

उद्योग सचिवबाट अवकाश पाएका झालाई यसअघि मुख्य सचिव बनाउन मधेसी नेताहरुले भगिरथ प्रयत्न गरेका थिए । सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले उहाँको नाममा विशेष जोड गर्नु भएको थियो । लीलामणि पौडेललाई मुख्यसचिव नबनाउन जोड गर्ने क्रममा मधेसी नेताहरुले झाको नाममा सहमति नभए बृन्दा हाडालाई बनाउनुपर्ने माग गरेका थिए । तर, डा. बाबुराम भट्टराईको जोडमा लीलामणि पौडेल मुख्यसचिव बन्नु भयो ।

माधव पौडेल- सूचना, सामान्य प्रशासन र शिक्षा

एमालेको कोटाबाट मन्त्री बनेका पौडेलले २३ वर्ष कानून मन्त्रालयल अन्तरगत काम गर्नु भएको । कानून सचिवबाट अवकाश पाएका उहाँले प्रधानमन्त्री कार्यालयको सचिवका रुपमा पनि काम गरिसक्नु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) पौडलकै पालामा आएको हो । अन्तरराष्ट्रिय वित्तीय निगम आइएफसीको स्थानीय परामर्श दाताका रुपमा पौडेलले डलरमा तलब खाँदै आउनु भएको छ । उहाँले पूर्व सोभियत संघमा माओवादी नेता रामबहादुर थापा बादलसँगै अध्ययन गर्नु भएको थियो ।

विद्याधर मल्लिक-स्थानीय विकास र स्वास्थ्य

मोरङको बिराटनगरका मल्लिक राष्ट्रपतिका अवैतनिक आर्थिक सल्लाहकार हुनुहुन्छ । पूर्व अर्थसचिव रहेका मल्लिक राष्ट्रपतिकै जोड बलमा मन्त्री बनाइएको हो । मल्लिक गरीवी निवारण कोषका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ ।

छविराज पन्त- भौतिक योजना र शहरी विकास

धेरैवटा मन्त्रालयमा सचिव चलाइसकेका पश्चिमी नेपालका पन्त नेपाली कांग्रेसको कोटाबाट मन्त्री बन्नु भएको हो । स्रोतका अनुसार उहाँ भ्रष्टाचारमा चर्चित व्यक्ति हुनुहुन्छ ।

रामकुमार श्रेष्ठ- युवा तथा खेलकुद र शान्ति

पूर्वसचिव रामकुमार श्रेष्ठ एमाओवादी अध्यक्ष प्रचण्डका शिक्षक हुनुहुन्छ । एमाओवादी अध्यक्षले श्रेष्ठलाई यसअघि इन्डोनेसियामा एडीबीको डाइरेक्टर बनाएर पठाउने प्रयास गरे पनि त्यहाँ गोविन्द थापालाई पठाइएको थियो । अहिले प्रचण्डकै जोडबलमा श्रेष्ठलाई मन्त्री बनाइएको हो ।

ऋद्धिबाबा प्रधान- महिला बाललालिका र भूमिसुधार

पूर्व पर्यटन सचिव रहेकी प्रधानलाई नाति नातिना खेलाएर बसेको अवस्थामा मन्त्री बनाइएको हो । डा. सुधा शर्मा र वृन्दा हाडालाई नल्याएर प्रधानलाई बनाइएको हो ।

टेकबहादुर थापा घर्तीमगर-कृषि र वन

लम्जुङ घर भएका घर्तीमगर कृषिसचिवबाट अवकास पाएका पूर्व कर्मचारी हुनुहुन्छ ।

sapath-3

sapath-4

sapath-2

79 Comments on “थपिए ८ मन्त्री, कसले कुन मन्त्रालय पाए ?”
  • Dhruba Raj Gyawali wrote on 18 March, 2013, 6:08

    Arthapurna kam garer dekhauna paryo natra jun jogee aayeni kanai chireko ukhan lai puna bhatyauna naparos. shubhakamana ramro kamlai.

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    कांग्रेसी Reply:

    हेर यि कम्युनिस्ट एमाले र एमाओबादी का क्रियाकलाप / मन्त्री हुनु कहिले कहिले, कमिसन थाप्नु पहिले

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 45 Thumb down 87

    [जवाफ फर्काउनुहोस्]

    Krishna sapkota,Bangkok Reply:

    तिमी के पी ओलीको मान्छे होला है ?

    Well-loved. Like or Dislike: Thumb up 28 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Rama Reply:

    K P oli bhanda pani khatara hola ni

    Like or Dislike: Thumb up 0 Thumb down 2

    venus kulung Reply:

    ani kangresle chahi kattee khayo ta shankar koiralai arthmantry banauda

    Like or Dislike: Thumb up 11 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    pallu Reply:

    O cangresi Bhai , Timro party le shifaris gareko mantri ta pahile nai Bhrastachari ho chhor congresiharu ?

    Like or Dislike: Thumb up 20 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    babu dubai Reply:

    photo ma ek dami khushi chhan neta hura ki aba desh lutna milcha kaya re hassa hahhaaa hhhahaaa gardai

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • eugen bantawa wrote on 18 March, 2013, 6:17

    कर्मचारीतन्त्र जिन्दाबाद ।।।।।।।।।।।।।।।।।।।

    Well-loved. Like or Dislike: Thumb up 57 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

    rajesh singh Reply:

    ke ka react garne ho? kam garera dekhaune haiseyat kasai sanga chaina. sabai vada ka tattu haru hun . kunai khel ko half time ma vada ka tattu haru sal balayeka hun . referee le game suru gare pache tye vada ka tattu haru le feri uie tandab cala dekhaune chan yar . yes ma kunai sanka chaina chor neta gohee le jasto wa aagingar le jasto aaram gareka matrai hun kya ? yo sabai chandrama ma jane layak nepali aafailai aafaile bidwan bhanne goru nepali janata ko bichar ho kee kaso?

    Like or Dislike: Thumb up 3 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • bibek dhakal wrote on 18 March, 2013, 7:51

    दलित समुदायबाट अहिलेसम्म बिसिष्ट श्रेणी मा कोहि नपुगेको हुनाले अहिले खोजिएको क्राइटेरिया अनुसारको दलित मन्त्रि नाभेत्नु आश्चर्यजनक छैन! तर यो दुखद भने पक्कै छ ! आसा छ बिस्तारै कर्मचारीतन्त्र , राजनीति , शिक्षा लगायत हरेक क्षेत्रमा सबै जातिको उल्लेख्य उपस्थिति हुनेछ ! यो समाचार पढेपछि आज फेरी मलाई जति सुकै गाली गरेको भएपनि ( आफैले पनि ) कोटा सिस्टम ठिकै हो जस्तो लाग्न थाल्यो …तर आरक्षण लाइ भन्दा चेतना ब्रिद्दि र शिक्षामा दलितहरुको सजिलो पहुच साथै भेदभाव मुक्त वातवरणको लाइ प्राथमिकतामा राख्नु पर्छ जस्तो लाग्छ ! बाहुन भएपनि आस गर्छु देशले छिट्टै एउटा दलित राष्ट्राध्यक्ष पाओस

    Well-loved. Like or Dislike: Thumb up 92 Thumb down 20

    [जवाफ फर्काउनुहोस्]

    बबिता Reply:

    क्षेत्री पनि खै र? जति बेला पनि दलित महिला र जनजातीको मात्रै नजरले हेर्ने?

    Like or Dislike: Thumb up 23 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Nilam wrote on 18 March, 2013, 8:06

    साथीहरु… खाली पाल्पाको मान्छे मात्र मन्त्री को सुची म रखे भन्नु भन्दा पाल्पाली र गुल्मेली ले निजामती अथवा आन्ने कुनै सेवाम पुर्याएको योग्दन र बनएको सोच्छ छबि र निस्पछेता बाट पाथ सिकौ अनि यही भावना बेव्हार म इम्प्लेमेन्ट गरौ….भोट वडाउने भन्दै आयोग्य ब्यक्ती लाई समाबेशई को निहु म माथि नपुयाउ…. बिकसित नयाँ नेपाल बनाउन शाहयुग गरौ…….

    Well-loved. Like or Dislike: Thumb up 86 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

    Gopte Reply:

    खाईस आन्दोलनकर्मी लिम्बु,राई, शेर्पा, गुरुङ, तामाङ, थारु, मगर, तमाङ, भोटे थाकली सुनुवार थामी कामिले अधिकर पाउनु कहिले कहिले आफु आफुमा मार मुङ्री गर्दै ठीक्क तिमीहरु अझै २४० बर्ष सुतेर बस ।

    Well-loved. Like or Dislike: Thumb up 51 Thumb down 30

    [जवाफ फर्काउनुहोस्]

    Dambar Reply:

    Yesto hunu ma ekatmak badi haruko thulo bag chali hundai chha vanne hamilai lagya chha… Aba desh bistarai panchayati policy ko dosro nam le chinnine vaeko chha… Mulbasi, dalit, maila, muslim samudayale le bichar puryaunu parne bela aaeko chha.. Sayad aba yo chunab ko nam ma thulo chalkhel hundaichha hai ….bala manuwa hooo…
    I wish a fair and unbiased election in timely manner, so that bhush ra chamal ramrari chhuttiyos. Natra desh pheri will move further in darkness, jaha ahile samma yinai sanghiya birodhi ekatmak badi harule garda deshko yo durdasha vai sakeko chha…

    Like or Dislike: Thumb up 1 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • sushanta sharma wrote on 18 March, 2013, 10:40

    अन्तरीम चुनावी परिसदको सट्टा वर्तमान सरकारलाइ पाल्पाली सेनवंसी मंत्रीपरिषदको उपमा दिदा कसो होला ।

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 33 Thumb down 84

    [जवाफ फर्काउनुहोस्]

    shrestha sabina Reply:

    Naramro hola

    Like or Dislike: Thumb up 10 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    me Reply:

    ha ha ha ha ……….kuro sahi xa

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • abhisodh Jr. wrote on 18 March, 2013, 12:57

    I like the decision of Rameshower Khanal,Who is going to be Ministry of Economics…. I am sure he will do something….

    Like or Dislike: Thumb up 4 Thumb down 13

    [जवाफ फर्काउनुहोस्]

  • ramesh wrote on 18 March, 2013, 13:15

    जाबो ३ महीनाको लागि वन्ने अर्थमन्त्रि रामेश्वर खनालले देशलाइ त केही दिने छैनन तर माअोवादीलाइ भने निक्कै दिनेछन ।

    Like or Dislike: Thumb up 16 Thumb down 17

    [जवाफ फर्काउनुहोस्]

    bigyasha Reply:

    ko ho rameshwor khanalbhaneko manchhe
    pahilo patak nam suniyo ba………

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Pidit wrote on 18 March, 2013, 13:18

    sab fataha haru ra ghusyaha haru ko naam parechha.. thukka

    Like or Dislike: Thumb up 6 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • SHANKAR wrote on 18 March, 2013, 13:18

    paplpalee ministration

    Like or Dislike: Thumb up 0 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • Olate wrote on 18 March, 2013, 13:19

    मलाई जोसुकै मन्त्रि बने पनि वाल मतलब छैन / किनकी म जस्ता भुइँ मान्छे लाई को मन्त्रि बन्यो को बनेन भन्ने कुरा ले कुनै अर्थ राख्दैन / तर चुनाब मार्फत आफ्नो मत जाहेर गर्ने अबसर आउछ कि भन्ने आश छ / तर जसो गर्दा पनि जे गर्दा पनि भाग खोज्ने, मेरा मान्छे परेनन् भनेर खोचे थाप्ने यो कुरा बिल्कुल ठिक छैन / ११ थान मन्त्रि मा सबैलाई भाग पुग्दैन क्या, यसमा जो सुकै परुन यो त्यति चासो र महत्तोको कुरा भयन बरु महत्तो को कुरा त यीनिहरू ले चुनाब पो गर्न सक्छन कि सक्दैनन् भन्ने हो / बरु यता तिर पो ध्यान दिने कि ?

    Well-loved. Like or Dislike: Thumb up 54 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sbc wrote on 18 March, 2013, 13:19

    Aakhir Shashan garne ta Bahun le nai rahechha. Party ka thula neta bhahun, karmachari tantra ma bhahun. Janjati haruko ta dinbarai naaune bhayo.

    Like or Dislike: Thumb up 4 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

  • Bijay wrote on 18 March, 2013, 13:23

    khoii dalit, Mahila, Mushlim and Janajati??? Is this a inclusive.

    Like or Dislike: Thumb up 3 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

    बबिता Reply:

    कति स‌कुचित दृष्टिकोण, त्यति धेरै क्षेत्रीले त कहिल्यै प्रश्न उठाएका छैनन त हामी परेनौ भनेर?

    Like or Dislike: Thumb up 17 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • फणिन्द्र दाहाल wrote on 18 March, 2013, 13:28

    lai sabai jana le moj garun

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • फणिन्द्र दाहाल wrote on 18 March, 2013, 13:29

    sabai jana le moj garun

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • mukunda wrote on 18 March, 2013, 13:33

    sushanta ji nepali haru yetai betauk ka ghanta jasto kura garda pachi pareka huun…j kura ma pani badi janne hunee………..

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Madhav wrote on 18 March, 2013, 13:35

    Karmachari ra party ka netaharuma farak dekhaune bela ayeko chha. Please dhyan dinuhola……………..

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ngwang wrote on 18 March, 2013, 13:35

    बाहुनबादी मन्त्रिमण्डल गठन

    धेरैले अड्कल गरेका थिए आगामी चुनाबी सरकार समाबेसी हुने छैन नियतमै खोट भएपछि परीणाममा खोट आउने नै भयो बिष रोपेको ठाउमा अमृतको आस गर्नु पनि बेकार हो अन्तत: भयो त्यही । अड्कलिन्थ्यो सके सतप्रतिशत नभएनी ९० प्रतिशत ब्रहामणको बर्चस्व हुनेछ र त्यस्मा केही चाकडीबाजले स्थान पाउनेछ । त्यसै त रेग्मी मन्त्रिपरिषदको धुवाधार बिरोध भै रहेको छ त्यस्मा पनि दलित, मुश्लिम, महिला, आदिबासी जनजातिको उपस्थिती यसमा छैन । अब यो समुदायले कसरी लिने हुन । यो सोचनिय बिषय छ ।

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 15 Thumb down 61

    [जवाफ फर्काउनुहोस्]

    बबिता Reply:

    जात भात हेरेरै बस अझै। योग्यता र क्षमताको यो जमानामा। यत्रो समावेशिको चिन्ता गर्ने ले हामी क्षेत्रीको बारेमा किन नबोलेको नि? दुषित मानसिकता। बाहुनले पाउँदैमा क्षेत्रीले पनि पाए? स‌सार कहाँ पुगिसक्यो अझै ‘दरिद्र’ मानसिकता बोकेरै बस्नु नै नेपालको अहिलेको विडम्बना। सायद अर्को कुनै ठूलै रक्तपातको प्रतिक्षामा छ नेपाल।

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    samyak Reply:

    SAHI KURA GARNU VO BABITA JI LE…..TAPAILAI JASTAI RASTRA KO MAYA HAREK NEPAL MA AUNAIPAR6 ANI MATRA HAMRO NEPAL RAMRO NEPAL BANNE6!!!SATHI HARU HO HAMI SABAILE HAMRO DESH LAI MATHI RAKHERA SOCHNU JARURI CHA…MA BAUN PARE KHAI TA BAUN MANTRI VAYERA MALAI AILE SAMMA KAI FAIDA TA VAKO6ENA TA..FAIDA TA JABA YO MANTRI HARULE DESH MA RAMRO KAAM GARCHAN ANI MA LAGAYET TAPAI SABAILAI FAIDA HUNE NA HO??

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    RAJU Reply:

    newar ra magar ani madhesi ko naam ma ta prasta dekhchhu…khai 17% janasankhya bhaeko hami khas chhetri ko upasthiti?

    Like or Dislike: Thumb up 5 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    bigyasha Reply:

    padhe lekekalai mantri banaune sahamati bhakole ho tyasto bhako
    hali,khetala ra autha chhap lai mantri nabanaune sahamati bhako chha ni ta hau

    Like or Dislike: Thumb up 5 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    samata nepali Reply:

    अब कमेन्ट गर्नेमा पनि बाहुन नै बढी ! के गर्ने ? धेरै इन्टरनेट हेर्ने पनि तिनीहरु होला ! बाहुन बढी भो भन्न साथ चोर खुट्टा कात भन्ने जस्तै भयो ! मंत्रिमदलमा बाहुन बढी भएको होइन र ? भएको कुरा पनि गर्नु नहुने ? कस्तो सोच होला? बाहुन को राज हतपत नजाने भो ! पहिले शाह, अनि राना, फेरि शाह, अब बाहुन, धन्य नेपाली को कर्म!

    Like or Dislike: Thumb up 2 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • s.a.rana wrote on 18 March, 2013, 13:43

    65% janajatiko Population vayako nepalma khai kata gay janajati mantri………

    Like or Dislike: Thumb up 8 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

    बबिता Reply:

    ८ जनामा त्यती जनजातीले पुगेन? टेकबहादुर घर्ती,ऋद्धिबाबा प्रधान, रामकुमार श्रेष्ठ को हुन? समावेशीको कुरा गर्ने हो भने क्षेत्रीको चिन्ता लागेन मित्रलाई? एकजना पनि क्षेत्रि परेनन्। हामीले बम बोक्नु पर्यो अब?

    Well-loved. Like or Dislike: Thumb up 33 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

    binod Reply:

    janjati haru anpad hun hajur nabujne ghoiro

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Hari lattahk Reply:

    madhesi haru ke hun ta kaji…? 2 jana chan…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raj wrote on 18 March, 2013, 13:54

    aakhira yo pani dal haruko kataputali sarkhar nae huni bhayo!!!

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • santosh khadka wrote on 18 March, 2013, 14:57

    la luta aba. neta pachi timeharukai ta ayo ni palo. aba desh banune ta khoie bhayenan lutne xai ayehai gathe.

    Like or Dislike: Thumb up 0 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • rabin paudel wrote on 18 March, 2013, 15:10

    Benefit of doubt, maoist hosiyar, Neelkantha uprety le us ko staff vai afghanistan ma chunab garna lagako karmachari ho

    Like or Dislike: Thumb up 0 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • R B Rokaya wrote on 18 March, 2013, 15:41

    I would like to thank to Honorable PM Khilaraj Regmi for extending ministry board in time but I would like to request you to think to provide chance to recruit ministry from remote areas like Karnali Zone. And I would like to humbly question you that aren’t there (Karnali)anyone free and capable person for that post. Anyway, Karnali is cheating and getting deceive form all kinds of government whether it is government made from freelance or government made from politician.

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • harish wrote on 18 March, 2013, 16:07

    chhabiraj panta le abha rastriya dhikuti sakaune bhayo…hoshiyaar !!!!

    Like or Dislike: Thumb up 2 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    samata nepali Reply:

    कति बस्छ र? मन्त्रि खुस्के पछि अख्तियारमा उजुरी हाल्ने नि!!!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • बबिता क्षेत्री wrote on 18 March, 2013, 16:10

    मेरा प्रतिकृयाहरु खै?

    Like or Dislike: Thumb up 0 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    desvakta janta Reply:

    timro partikirya baburam ko katu vitra pawune6wu.tara 10 min. prati6a garnu parla, balla raginama diyara toilet vitra indigestive product nikaldai huhuhun6. k garnu kursi ma basda, logne swasni dubai lai j vatayo sordai thik vay6,des ko bikas garla vanya ta afno ghar ra paribar ko matra bikas garne phd dotor po par6.thuuk jhata lai.baru hongkong jastai nepal lai pani british lai chalawuna diya ta ramra hunthiyo tara k garnu neta daaka haru le dhukuti lutne ra thula bhasan diyara soja janta lai murkha banawuna pawudaina thiyo.hoina ta satthi ho ki kaso ho?rimot control ma chalne mantri lai nirbachan matra garaya pug6 aru ta k ape6a garnu, tahi ta garawuna sakdai na kina vane sabai kase na kasko hajur ra nameste garera ayako6, vane yasta sanga hami le k ass garnu ra khoi, ini pani paye hamno dhukti varne ra afno swasni,chorachori lai ramro post ma jagir khuwane kam matra ga6an,

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    desvakta janta Reply:

    satya kura tito hun6, tasile rastrya ghati ra des ko dhukti sidhywune haru lai yo kura na pachna pani sak6, tasile hazmola satth ma leyara basnu hola, aanyatha gastric dukhera, heart attack samet hune6.tasko lagi ma jimebar hune6na.tasartha 50% matra vaya pani ramro kam garidinus.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    khem Reply:

    kasto sadak ma hurkeko bachchako jasto boli. britishlai hongkong diye jastai desh jimma lagauna chahane timi mepali ta chura ra jama lagaune logne manchhe rachhau mr. deshvakta janta.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • `arjun wrote on 18 March, 2013, 16:16

    herau chunab garauchan ki garaudainan

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • BODHANG wrote on 18 March, 2013, 16:28

    badai chha naya mantri team harulai.. bt ramro kam garnu hola.. deha lai ramro garnu hola

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • पौडेल wrote on 18 March, 2013, 16:40

    होईन यिनीहरुले मन्त्री भईदै छ भनेर पहिले नै थाहा पाएका रहेछन क्याहो ड्रेस त सिलाएर बसेका रहेछन गजब छ बा । अब म पनि दौरा सुरवाल र कोट सिलाउनु पर्ने अबस्था आयो यस्तै हो भने मेरो पनि पालो आउंछकी जस्तो छ

    Like or Dislike: Thumb up 8 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    रोबिन Reply:

    मित्र निजामति सेवामा उच्च ‌ओहदामा काम गर्नेको कम्तिमा एक जोर नेपाली पोसाक त हुन्छ नै …. कि कसो मित्र ….

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bikalpa wrote on 18 March, 2013, 16:55

    Sabai mantri bahun matra navanamm… teha mahila pani chha, newar pani chha, gharti magar ra madhise jha ani mallik pani chha, jan-jati vanera vote nai lekhnu parne hoina… vote ko heet ma jasle kam gare pani hunchha !

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Parbati Bisunke wrote on 18 March, 2013, 17:27

    Ke yo Desh Dalit ko hoaina ?
    Yadi Dalit ysa desh ka Nagarik hoinan vane Nepal le urdhi jari garos ki sarna Narthi hun vane ra hoina vane sadhiu dekhai hepidai pa6adi pariyaka dalit lai yas pala ko mantri parisad ma pane rakhana nasaknu bahun bhad habi vako hami lai lageko6. ab sadhai yasari dalit chup lagi bas6an vanne biswas liyar yo nepal nabasos hami pani hat ma dhahi jamayara basdainau.

    Like or Dislike: Thumb up 3 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    Ajay Shrestha Reply:

    aba sab lai chutnu samma chute hunchha yi syal harulai

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    samyak Reply:

    PARBATI JI!!YETI CHADO UTEJANA MA NAYEHALNUS NA..!!JA PANI J PANI CHAIYEN6 VANERA KA HUN6 TA..MA DALIT PRATI RESPECT GAR6U… TAPAILE OPPORTUNITY PAUNUVAKOCHA, RAMRO SANGA STUDY GARNUS, LEADING POSITION MA PUGNA LAI MEHANAT GARNUS ANI SAMAGRA UTPEDIT JAAT RA TYO VANDA PAILA PURAI NEPAL KO BIKASH MA YOGDAN GARNUS..TAPAI LAI SUVAKAMANA. jABO AUTA PANI MANTRI PARENA HAMRO VANERA MAAN NADUKHAUNUS..RAMRO KAAM GARYO VANE JO SUKAI MANTRI VAYE NI HUN6 VANNE KURA HAMLE BUJNAPAR6 JASTO LAGCHA…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ramila wrote on 18 March, 2013, 21:37

    .Any way this is the best goverment of nepal.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Keshab b. Bohara wrote on 18 March, 2013, 22:36

    Mantriparisadma kshetriko sthan 6aina,
    kunai mantriko safath sangai corrupt ko darjani,
    Dherai thaubata chunaw hunema sanka byakt,
    Naya mantriparisad pani badnami nabanos bhanne aasha,
    Chunawi mantrimandalka padhanmantri tatha mantriharulai safal karyakalko shubhakamana takrya6u.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • santosh pant wrote on 18 March, 2013, 23:06

    aba vaisakeko mantrimandal ko critisize garnu vanda ni sabaile milera support garda nai ramro hunthyo ki vanne malai lagxa.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bipin magar wrote on 18 March, 2013, 23:09

    खोइ जनजाती ? बास्तबमा क्षेत्रि बाहुनले गर्दा एस्तो भाको हो देस ,यो कुरा लाई dislike गर्ने पनि बाहुन नै हो जनजाती राम्ररी बुझ ,सनघिएतको को कुरा गर्ने मायोबादी ले त ९८%जनजाती भाको हंगकंगमा बाहुन नै राजदुत पठाउछ भने अरु बाहुन को त कुरै छोडौ,जुन जोगी आए पनि बाहुन

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • sanjay karki wrote on 18 March, 2013, 23:37

    j hos ahile ka mantri le nationality bujheko rahe6an posak batanai prasta hun6. jay mantrimandal

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • chandra wrote on 19 March, 2013, 1:28

    BAAHUUUN BAAD MURDABAD!!!

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • chhetra singh thapa wrote on 19 March, 2013, 1:30

    गाईजात्रा मनाउने नयाँ तरिका हो जस्तो छ………………

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bishu Tamang . wrote on 19 March, 2013, 2:13

    Comment lekhne sabai Manche sabai mantri bhanda k kami cha ra ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • seeeraaaaaa wrote on 19 March, 2013, 2:31

    e mantri haru sabai ti thula mantri haruko chamcha ta honi…..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ganesh wrote on 19 March, 2013, 2:34

    civil service ma jasto arakchyana kota 6ainaki k ho mantri parisadma?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Tori Lahure wrote on 19 March, 2013, 3:33

    Lu ta aba timiharuko palo nepal nepal banaune 1 din hamro pani aaucha chinta nagar sathi ho ma ba bidesmantri hunchu …kinaki malai tha ta bidesieka nepali ka pida haru

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Mr.Bhattarai wrote on 19 March, 2013, 4:08

    जसो गर्दा पनि भाग खोज्ने ? दरिद्र , दुषित मानसिकता । स‌कुचित दृष्टिकोण ।

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Madan Khadka wrote on 19 March, 2013, 4:17

    mantri hunu bhayeka sabai janalai badhai dina chahanchu. pahila mantri haruko dress codele mantri mandalnai bhadbhailo jasto dekhinthyo ahile sabaiko dress code mileko dekhiyo aba desko sabai kura milchha ki?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • devendra wrote on 19 March, 2013, 4:31

    जेहोस कमरेड प्रचण्ड लाई मान्नै पर्छ किनभने नया नया रणनीतिको प्रयोग गर्दै नेपालको विकासमा जोड दिनु भएको छ, महान विद्वान पूर्व सचिब ज्युहरुलाई मन्त्रि बन्ने अवसर दिनु भएको छ अब विद्वानहरुको राजनीतिक कार्य कुसलता पनि देखने अवसर सबैलाई दिनु भएको छ, शुभकामना.

    Like or Dislike: Thumb up 2 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Naresh wrote on 19 March, 2013, 4:59

    yes ma kunai aaschrya mannu pardaina kina bhane hindima kahawot6 Har kutteka 1 din aata he……….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rp.sharma wrote on 19 March, 2013, 5:12

    pranamji congratulation regmiji , godbless you and your team and all minister are so qualified and countable , if election could not be possible forther 10 years this team run continue and smoothly. pepoule can relief from political parties tenssion.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dipak bohora panchthar wrote on 19 March, 2013, 5:19

    अब नराम्रो कुरा गर्नु भन्दा नयाँ मन्त्री हरु लाई कार्य सफलता को शुभ कामना दिनु नै राम्रो होला ।देश ले निकश पायोस् ।जएए जय नेपाल

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • S.Dhakal wrote on 19 March, 2013, 5:24

    जो सुकै परुन यो त्यति चासो र महत्तोको कुरा भयन बरु महत्तो को कुरा त यीनिहरू ले चुनाब पो गर्न सक्छन कि सक्दैनन् भन्ने हो .
    आयोग्य ब्यक्ती लाई समाबेशई को निहु म माथि नपुयाउ…. बिकसित नयाँ नेपाल बनाउन शाहयुग गरौ…….
    आरक्षण लाइ भन्दा चेतना ब्रिद्दि र शिक्षामा दलितहरुको सजिलो पहुच साथै भेदभाव मुक्त वातवरणको लाइ प्राथमिकतामा राख्नु पर्छ, स‌सार कहाँ पुगिसक्यो अझै ‘दरिद्र’ मानसिकता बोकेरै बस्नु नै नेपालको अहिलेको विडम्बना

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • S. R. Shakya wrote on 19 March, 2013, 7:20

    नेताहरुलाई कसरी, कुन बाटोबाट कमिसन, घुस खानु पर्छ भनेर सिकाउने गुरुहरु यिनीहरु नै हुन् त कि कसो ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • zenisha wrote on 19 March, 2013, 8:41

    yo sabai coment neta haru le padidiye pugcha malai ta

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • pardeshi wrote on 19 March, 2013, 13:40

    दल सिफारिस बाट आउने भएपछि के नै खुशी र राम्रो कम गर्छन अहिले को चर्चित पूर्व प्रसाशक हरु ले एकाध बह्येक अरु सबै पहिले भ्रस्टचार नाताबाद नोकर चाकर हरुवा राखेर तिनीहरु को तलब आफ्नो मन्त्रालय बाट मिलान गरेर तुच्छा विचार प्रकट गरिसकेको इनै हरु ले कर्मचारी तन्त्र बिगारेर भ्रस्ट चार ढिला सुस्ती जनता लाई पिडा कस्ट दिन जानेको नै हुन कहाँ र कुन मन्त्रालय मा परिबर्तन आएको थियो र आउने छ इनै नाइके, भाइनाइके पूर्व प्रशासक बाट
    वास्तब मा देश को इस थिर सरकार भनेको त् कर्मचारीहरु नै हुन नि / सहि र गलत खिल राज रेग्मी ले पनि गर्न नसक्ने खुबी रहेछ भने देखी सक्यो धिकार छ, परि परि आउने लाई जता बाट पनि आउने राम्रो गर्न सक्ने खुबी भएको लाई कहिले मौका नै नमिल्ने मिलेमा पनि आउन नदिने कस्तो बिडम्बना छ, नाताबाद कृपाबाद र भ्रस्ट चार गर्न जाने हुनेरहेछ नेपाल मा अब हामी सबै मिलेर नया पार्टी र जो गर्ने सक्ने छ आफु भन्दा माथि देश जनता को चिन्ता लिन्छ बिकाश को बाटो समात्ने र पार्टी हरु मा पनि असल र राम्रो काम गर्ने जस्तो लाई मात्र भोट हाल्न यहाँ मार्फत सम्पूर्ण स्वदेश र बिदेस मा रहनुभएको आमा बुबा दिदि दाजु भाइ दिदि बहिनि लाई हार्दिक अनुरोध गर्दछु र साथ साथ यो कर्मचारी सरकार बाट आशा गर्नु पनि ब्यर्थ छ /

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु