चिनियाँ प्रधानमन्त्रीद्वारा अमेरिकी दाबी अस्वीकार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

चिनियाँ प्रधानमन्त्रीद्वारा अमेरिकी दाबी अस्वीकार

५ चैत, बेइजिङ । चिनियाँ प्रधानमन्त्री लि केक्वाङले चिनियाँ सेना माथिको हृयाकिङको आरोप अस्वीकार गर्नुभएको छ । हालैका केही समाचारहरुमा अमेरिकाले चीनविरुद्ध यो आरोप लगाएको छ ।

साथै प्रधानमन्त्री लिले उहाँको सरकार वासिङ्टनसँग मजबुत सम्बन्धप्रति प्रतिबद्ध भएकोमा पनि जोड दिनुभएको छ । आफू प्रधानमन्त्री भएपछिको पहिलो पत्रकार सम्मेलनमा उहाँले विश्वव्यापी हृयाकरहरूको प्रमुख निसानामा चीन रहेको बाउनुभयो । उहाँले चीन त्यस्ता सबै आपराधिक गतिविधिको विरुद्धमा रहेको बताउनुभयो । “मेरो विचारमा हामी एकआपसका विरुद्धमा निराधार आरोपहरू लगाउन सक्तैनौं, तर हामीले साइबर सुरक्षाका लागि योगदान दिन धेरै समय खर्च गर्नुपर्दछ” उहाँले भन्नुभयो ।

अमेरिकी साइबर सुरक्षा कम्पनी मेन्डियान्टद्वारा हृयाकिङ भएको भन्ने दाबीप्रति प्रतिक्रिया दिने लि सबैभन्दा उच्चस्तरका चिनियाँ अधिकारी हुनुहुन्छ । नवनियुक्त प्रधानमन्त्री लिले आफ्ना मतभेदहरूका बाबजुद दुवै मुलुकले एकआपसका चिन्ताहरूको सम्मान गर्ने र आफ्ना मतभेदहरूको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।

विश्वको सबैभन्दा ठूलो र सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्रहरूबीचको द्वन्द्व राम्रो नभएकोमा पनि उहाँले जोड दिनुभयो । असन्तुष्टहरू, चिनियाँ व्यापार पद्धतिहरू, अमेरिकामा चिनियाँ लगानीको विरोध र सबैभन्दा धेरै हृयाकिङका आरोपहरूलाई लिएर गत वर्षभर चीन र अमेरिको बीचमा विवाद भएको थियो ।

गत वर्षको करिब पाँच सय अर्ब अमेरिकी डलरको दुईतर्फी व्यापारसँगै मूलरूपमा स्थिर भएपनि आर्थिक सम्बन्धपछाडि राजनीतिक सम्बन्धहरू कमजोर भएको देखिएको छ । साथै चीनका नयाँ राष्ट्रपति सी जिनपिङले आगामी सेप्टेम्बरमा रसियामा हुने एक आर्थिक सम्मेलनसम्म अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेट गर्नुहुने अपेक्षा गरिएको छैन ।

राष्ट्रपति सीको पदोन्नतिपछि चीनको जारी अर्थतन्त्रको जिम्मेवारी लिँदै गत साता लि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले आर्थिक सुधारका लागि आफू प्रतिबद्ध रुपमा लाग्ने बताउनुभएको छ । रासस/एएफपी

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु