रामचन्द्र नेपाल
क्वालालम्पुर । नेपालमा मेनपावरले भनेजस्तो काम मलेसियामा नदिलाए पछि ६ जना नेपालीहरुले पाँच महिनाको अवधिमा तीनवटा कम्पनी फेर्न वाध्य भएका छन् । काठमाण्डौको तीन कुनेमा रहेको नेपा इण्टरनेशनल सर्भिसेजवाट मलेसिया आएका सिन्धुपाल्चोक सेउलेका अमृत लामा, फुलकाजि लामा, दावा लामा, सर्लाहीका नागेन्दवेश पासवान शाह, सैलेन्द्र पासवान र प्रवेश पासवानलाई मेनपावरले भनेजस्तो काम दिलाउन नसकेपछि कम्पनी चाहार्नु पर्ने वाध्यता भएको छ ।
जोहार राज्यको बातुपहातमा रहेको विभिन्न कम्पनीहरुमा उनीहरुलाई काममा लगाईसकेको भएपनि आफुहरु कुन कम्पनीमा आएको हो अहिले सम्म थाहा पाउन नसकेको उनीहरुको भनाई छ । एक लाख पाँच हजार रकम बुझाई मासिक १३ सय रिङगेट हुन्छ भनि मेनपावरले भनेको भनेपनि ५ सय ४६ रिगेटमा काम गरिरहनु परेको उनीहरुको गुनासो छ । आफुहरुलाई परेको मर्काको सम्वन्धमा कम्पनी मालिक संग कुरा गर्दा पाँच हजार रिङगेटतिरे मात्र नेपाल जान पाईने नत्र भने मलेसियामै काम गर्नु पर्ने वताउने गरेको उनीहरु वताउँछन् ।
नेपालवाट आउना साथ मेनपावरलाई वारम्वार जानकारी गराउँदै आएको र अहिले मेन पावरका निर्देशक मलेसियामै रहेको र आफुहरुलाई भेटेर अवस्था वुझिदिनको लागि आग्रह गर्दा बेवास्ता गर्ने गरेको पीडित श्रमिकहरुले वताउँदै सुवास कार्कीले जानकारी गराए ।
yasto huda sam ma ni nepal sarkar k hari basa ko cha.tao mainpower lai karbahai hunu parcha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]