मोटाउन चाहनुहुन्छ ? खानुस् यी खानेकुरा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मोटाउन चाहनुहुन्छ ? खानुस् यी खानेकुरा

खानामा पौष्टिक तत्वको कमी, लामो समयसम्म नखाने वा पेटभर नखाने, खानमा भन्दा काममा बढि जोतिने लगायतका कारणले मान्छे दुब्लो र ख्याउटे बन्नसक्छ । त्यस्तै विभिन्न खाले रोगहरु पनि दुब्लाउनुका कारण हुनसक्छन् । यद्यपि बढि मोटो हुनु राम्रो होइन, तर उमेर र उचाइ अनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ ।

fat

मान्छेको लागि बढि मोटोपन मात्र होइन अत्यधिक ख्याउटेपन पनि रोगको कारकको रुपमा रहेको हुन्छ । त्यसैले निकै दुब्लो सरीर भएकाहरुले खानपान लगायतमा ध्यान दिएर तौल बढाएर ठिक्क बनाउनुपर्छ । हामीले यहाँ केही खानेकुराको नाम प्रस्तुत गरेका छौँ, जसमा हुने उच्च क्यालोरी, प्रोटिन तथा चिल्लो मान्छेको वजन बढाउन कामयावी हुन्छ । त्यसैले निकै दुब्लाएर चिन्तामा रहेका वा तौललाई बढाएर मोटोघाटो बन्न चाहनेहरुका लागि यी खानेकुरा फलदायी हुन्छन :

· बदाम

· नरिवलको पानी

· नौनी घिउ

· ओखर

· केरा

· काजू

· ब्राउन राइस

· पेस्ता

· आलु

· सिमी

· पनीर

· अण्डा

· साल्मन तथा झिँजे माछा, मासु

· किसमिस

· चिज

यो सँगै भात तथा कोदो र मकैको ढिँडो पनि वजन बढाउनका लागि सहयोगी खाना हुन् ।

14 Comments on “मोटाउन चाहनुहुन्छ ? खानुस् यी खानेकुरा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु