एप्पलभन्दा गुगल निकै अघि :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एप्पलभन्दा गुगल निकै अघि

गुगलको शेयरमा वृद्धि भैरहेको बेला एप्पलको शेयरमा धमाधम कमी आएको छ । यो सँगै सूचना प्रविधि क्षेत्रका यी दुइ दिग्गज कम्पनीको विषयलाई लिएर विश्लेषकहरुको धारणामा पनि व्यापक परिवर्तन आउन थालेको छ । आइफोन तथा आइप्याडको धमाकेदार बिक्रीपछि केही समय पहिले एप्पलको शेयर भाउ उकालो लाग्न थालेपछि विश्लेषकहरु एप्पलको पक्षमा होमिए । तर एप्पलको शेयर भाउ एकाएक गिर्न थाल्यो । त्यसपछि विश्लेषकको रोजाइ पनि परिवर्तन हुन थाल्यो ।

images

गत मार्च पाँच मा एप्पलको शेयरमा यो वर्षकै सबैभन्दा बढि गिरावट भयो । त्यसपछि त्यसमा केही सुधार देखियो । साथै कम्पनीको पछिल्लो ६ महिनाको बजार मूल्यमा ५० प्रतिशतले गिरवाट पनि भयो ।

एप्पलमाथि खतराको घण्टी बजिरहेको समयमा अर्को कम्पनी गुगलको शेयर भने झण्डै दोश्रो अंकको वृद्धितर्फ अघि बढिरहेको छ । मार्चको सूरमा आफ्नो सर्वाधिक उचाइँमा पुगेको गुगलको शेयर मुल्य त्यसयता पनि खासै घटेको छैन ।

प्रविधि विश्लेाष्क कोलिन गिलिसका अनुसार गुगलको चढाइ एप्पललाई ऐना देखाउनु जस्तै हो । विश्लेषकहरुका अनुसार रहस्यमय रुपमा अघि बढ्नु एप्पलका लागि विगतमा फापेको विषय थियो, तर अब त्यो फर्मूलाले काम गर्न छाडिसकेको छ ।

खासगरी आफ्ना उत्पादन महंगो हुनु, बढि विशिष्टीकृृत हुनु तथा सामसुङ जस्ता कम्पनीले दह्रो चुनौति पेश गर्नु एप्पलका लागि मुख्य चुनौति हो । तर गुगलका लागि भने मुनाफा र चर्चाका लागि अनेक विषय छन् । गुगलसँग ज्ञानको भण्डार रहेकाले यसले कहिल्यैपनि घाटा बेहोर्नु नपर्ने तर्क विश्लेषकहरुको छ ।

गुगलले सफट्वेयरमा मात्र होइन हार्डवेयरमा पनि नयाँनयाँ प्रयोग गरिरहेको छ । पछिल्लो समय उसको अनौठो चश्माको चर्चा पनि चुलिएको छ ।

One Comment on “एप्पलभन्दा गुगल निकै अघि”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु