अनेसास फ्लोरिडाको अध्यक्षमा खनाल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अनेसास फ्लोरिडाको अध्यक्षमा खनाल

फ्लोरिडा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) फ्लोरिडा च्याप्टरमा चुडामणि खनाल निर्वाचित हुनुभएको छ । सन् २०१३ देखि २०१५ सम्मको नयाँ कार्यकालको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रसिंह राउत (ट्याम्पा), सचिवमा साधना शर्मा (ट्याम्पा) र कोषाध्यक्षमा लोचन श्रेष्ठ (वेस्टवामबीच) निर्वाचित हुनुभएको छ ।

यसैगरी, क्षेत्रीय उपाध्यक्षमा पूर्णमान श्रेष्ठ (ज्याक्सनभिल), नगेन्द्र ढकाल (ओल्यान्डो), अभिज्ञा न्यौपाने -वेस्टवामबीच) र डा राजेन्द्र शाक्य (मायामी) हुनुहुन्छ । त्यस्तै, सदस्यहरूमा रेखाकुसुम रेग्मी (बोकारटन), स्पन्दन मिश्र (ताल्लासाही), चेतन न्यौपाने (ओल्यान्डो), वीणा सुब्बा (वेस्टवामबीच) र दीवाकर सिग्देल (मायामी) निर्वाचित हुनुभएको छ ।

यहाँ आयोजित पद घोषणा तथा पद हस्तान्तरण कार्यक्रममा निर्वाचन समितिका प्रमुख सुन्दर जोशीले नेपालको भाषा, कला, साहित्य, संस्कृतिलाई विदेशमा जोगाउन तथा नेपालको बारेमा नयाँ पुस्तालाई जानकारी गराउन नवनिर्वाचित कार्यसमिति अग्रसर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । अनेसासका पूर्व अध्यक्ष विमल नेपालले अनेसासले सानासाना नेपाली नानीलाई नेपाली भाषा सिकाउन सुरु गरिएका नेपाली पाठशालाको स्तरवृद्धि गर्दै निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।नवनिर्वाचित अध्यक्ष खनालले विदेशमा नेपाली भाषा, साहित्यको जगेर्ना गर्ने कार्यमा आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु