साविक विजेता शिवराम सूर्य गल्फ टूरको सेमीफाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

साविक विजेता शिवराम सूर्य गल्फ टूरको सेमीफाइनलमा

६ चैत, काठमाण्डौ । साविक विजेता शिवराम श्रेष्ठ नबौँ सूर्य गल्फ टूरको सेमीफाइनल प्रवेश गरेका छन् । मंगलवार तिलगङ्गास्थित रोयल नेपाल गल्फ क्लबमा भएको क्वाटरफाइनल खेलमा राम थापालाई २-१ ले पराजित गर्दै शिवराज सेमीफाइनल पुगेका हुन् । यस्तै सूर्य शर्मा, दीपक आचार्य र सञ्जय लामा पनि सेमीफाइनल प्रवेश गरेका छन् । क्वाटर फाइनलमा सूर्य शर्माले आफ्ना प्रतिद्वन्दी यलम्बर सिंहलाई ५-४, दीपक आचार्यले दीपक थापा मगर र सञ्जय लामाले पशुपति शर्मालाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका हुन् ।

पहिलो चरणको खेल १८ होलमा खेलाइको हो । फाइनल चरणका खेल ३६ होलमा खेलाइने आयोजकले जनाएको छ । नेपाल व्यावसायिक गल्र्फस सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधि विजेताले ५० हजार, उप-विजेताले ३० हजार, तेस्रो हुनेले २२ हजार र चौथो स्थान हात पार्नेले १८ हजार पुरस्कार पाउने छन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु