सुखमय सहबासका लागि…….. :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सुखमय सहबासका लागि……..

पार्टनरसँग हरेक दिन सेक्स नगर्दा पार्टनरसँगको दूरी बढ्छ भन्ने सोँचाइ धेरैको हुन्छ । धेरै महिलालाई आफ्नो श्रीमानलाई भरपूर यौन सन्तुष्टी दिन नसकेकोमा पछुतो हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् भने यस्तो कुण्ठाबाट पुरुषहरु पनि अछुतो रहँदैनन् । अझ कतिपय अवस्थामा सेक्सको विषयमा भएका विभिन्न खालका मनगढन्ते तथा भ्रामक मान्यता वा विश्वासका कारण पनि यौन जिवन बिथोलिरहेको हुन्छ र मान्छेले विनाकारण तनाव भोगिरहेको हुन्छ ।

4633_pic1

सेक्सका लागि सधै मूड ठीक नहुन पनि सक्छ । यदि महिला वा पुरुषमध्ये जो कोहीलाई पनि सेक्सका लागि उपलब्ध समयमध्ये १५ प्रतिशत समयमा सम्भोगका लागि रुची नै जाग्दैन भने पनि त्यो कुनै नराम्रो कुरा होइन । यौन मनोविज्ञहरुका अनुसार थोरै समयमात्र सेक्समा रुची नजाग्ने यस्तो प्रवृत्ति सबैजसोको हुन्छ । यदि यस्तो भयो भने आफ्नो मूडलाई ठीक ठाउँमा ल्याउन सम्भोगको समय तथा पाक्क्रिडा लगायतमा ध्यान दिनुपर्छ । यौन जिवनमा उर्जा भर्नका लागि पार्टनरको मनोभावना वा सेक्सको बारेको सोँचाइ र इच्छालाई ध्यानमा राख्नुपर्छ । यौन विज्ञहरुका अनुसार सेक्सको आसनमा परिवर्तन गर्ने, घरभित्रका पनि विभिन्न नयाँनयाँ ठाउँमा सहबास ‘ट्राइ’ गर्ने तथा श्रीमान श्रीमती सँगै बसेर पोर्न भिडियो हेरेर पनि सेक्सका लागि मूड तयार पार्न सकिन्छ ।

यौन जिवनलाई पनि आफ्नो अन्य जिवनशैलीका नियमित क्रियाकलापजस्तै समयबद्ध तथा व्यवस्थित बनाउनुपर्छ । पार्टनरसँग यौनक्रिडाको विषयलाई लथालिंग वा अव्यवस्थित बनाउनु हुँदैन । रोमाञ्चक यौन जिवनका लागि सहबासको योजना वा प्याकेज नै बनाउनुपर्छ र सोही सेड्युल फलो गर्नुपर्छ । यद्यपि त्यस्तो प्याकेज समय समयमा परिवर्तन गरिरहनुपर्छ ।

श्रीमान श्रीमतीबीच हप्तामा कम्तिमा पनि ३ पटक सेक्स हुनुपर्छ, यदि भएन भने यौन जिवनमा खटपट आउँछ भन्ने गलत मान्यता छ । तर साँचो के हो भने कतिपटक सेक्स गरियो भन्दा पनि कसरी वा कति सुखपूर्ण तरिकाले सम्भोग गरियो भन्ने कुराले अर्थ राख्छ । सहबासमा दुबैजनाले यौनसुख प्राप्त गर्ने र तनाव भगाउने अस्त्रको रुपमा लिन सक्नेहो भने लामो समय अन्तरालमा सेक्स दोहोराएमा पनि त्यसले कुनै असर पार्दैन । यद्यपि लामो समयसम्म सम्भोग नगर्दा उत्पन्न हुनसक्ने आपसी शंकालाई भगाउन भने चनाखो हुनुपर्छ ।

One Comment on “सुखमय सहबासका लागि……..”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु