६ चैत, काठमाण्डौ । बङ्गलादेशको राजधानी ढाकामा गत माघमा सम्पन्न दक्षिण एसियाली बास्केटबल प्रतियोगितामा कास्य पदक जित्ने नेपाली राष्ट्रिय बास्केटबल खेलाडी सम्मानित भएका छन् । पदक विजेता खेलाडीलाई राजधानीमा मंगलवार नेपाल बास्केटबल सङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नगद पुरस्कारद्वारा सम्मान गर्नुभयो ।
पदक जित्न सफल टिमलाई रु ८० हजार पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै खेलाडीद्वय विपेन्द्र महर्जन र रवीन्द्र महर्जनलाई जनही रु १० हजारका साथै सम्मानपत्र प्रदान गरियो । नेपाली टिमलाई जित दिलाउन उल्लेख्य योगदान पुर्याएको भन्दै प्रमुख प्रशिक्षक दीनेशचन्द्र नकर्मी र सहायक प्रशिक्षक विकास शाहीलाई पनि जनही रु १० हजार प्रदान गरियो ।
खेलाडीहरुलाई सम्मान गर्दै अध्यक्ष खनालले विश्वका अरु मुलुकको तुलनामा नेपाली खेलकुद क्षेत्र निकै पछाडि परेता पनि खेलाडीहरुले सीमित स्रोतको सदुपयोग गरी उपाधि हात पार्नु खुशीको कुरा हो भन्नुभयो । उहााले आगामी निर्वाचनमा आफ्नो पार्टीले खेलकुद क्षेत्रको समस्या, चुनौती र सम्भावनालाई चुनावी एजेन्डा बनाएर अघि बढ्ने बताउनुभयो । खेल क्षेत्रमा राज्यले गरेको लगानी अपर्याप्त रहेको बताउादै उहााले आगामी दिनमा भौतिक पूर्वाधारको पनि थप विकास गर्नुपर्ने आवश्यकता औाल्याउनुभयो । रासस