यत्रो असुरक्षाबीच महिलाले किन गर्छन् प्रेम ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

यत्रो असुरक्षाबीच महिलाले किन गर्छन् प्रेम ?

अन्जना बिशंखे

सदाझैं बिहानै मोवाइलको घण्टी बज्यो, पुरुष कमरेडको नम्बर रहेछ । मोबाइलबाटै मैले आफ्नो कोठामा आउने निम्तो गरें । वहाँ कोठामा आएपछि हाम्रो छलफल र भलाकुसरीकै क्रममा वहाँले हैन कमरेड यसरी एक्लै बस्न भएन बिहे गर्नुपर्‍यो, अलि बुझ्ने जीवनसाथी भयो भने जीवन जिउन र आन्दोलनमा हिँड्न सहज हुन्छ र सुख दुःख पनि साट्न सकिन्छ भन्नुभयो । मैले हाँस्दै भने -तपाईले त बिहे गरेर सहयोगै पाउनुभएको छ होला हैन ? उहाँले आफु सन्तुष्ट भएको स्वीकारोक्तिस्वरुप मुन्टो हल्लाउँदै राम्रो भएको छ भन्नुभयो ।

anjanaमैले थपें- तपाई त पुरुष मान्छे, बिहे गर्नेले पनि तपाईलाई सहयोग गर्ने मानसिकताले नै बिहे गर्छ र सामाजिक स्थान पनि पुरुषहरुको माथि नै छ, श्रीमान सेवक र श्रीमती सेविकाको रुपमा । त्यसैले पार्टी र आन्दोलनमा हिँडेपछि बेलुका कोठामा र्फकंदा ठीक्क समयमा खाना, व्यवस्थित कोठा, सरसफाई आदि हरेक काममा निरन्तर सहयोग त श्रीमतीले नै गर्नुहुन्छ । तर, मैले बिहे गरंे भने यो सब मैले आफैं गर्नुपर्छ । म त उल्टो दोहोरो मारमा पो पर्छु । कमसेकम अहिले यो झन्झट त मैले व्योर्हनुृ परेको छैन । यदि साथी सहयोगी नै परिहाले पनि अहिलेको हाम्रो सामाजिक स्थानले उसलाई -श्रीमानलाई) सजिलो हुँदैन । उ त झन् कुण्ठित हुन पुग्छ । त्यसैले यो उमेरमा दुःख नव्यहोरौं कि ? मैले यसोभन्दा उहाँ एकछिन मौन बस्नुभयो ।

व्यक्तिगत जस्तो लाग्ने माथिको संवाद उल्लेख गरेर मैले नेपाली समाजभित्र श्रीमान र श्रीमति बिचको सामाजिक स्तर र एक अर्कालाई सहयोग गर्ने व्यवहारिक समस्या कोट्याउन खोजेकी मात्र हो । यसभित्र अझ दुईवटा सहयोगी उदाहरण पेश गर्न चाहन्छु, जसले अझ महिला र पुरुषवीचको समाजिक स्तर र व्यवहार कहाँ छ भने बुझ्न मद्दत पुर्‍याउँछः

२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात बनेको संविधानसभामा नेपालको इतिहासमा मात्र होइन, दक्षिण एशियामै पहिलोपल्ट ३३ प्रतिशत महिला सहभागी हुन पुगे । यो सहभागिताको मुख्य जस १० वर्षे महान जनयुद्ध ६५ वर्षे लामो क्रान्तिकारी महिला आन्दोलन, पटक-पटकका जनआन्दोलन र मधेश आन्दोलनलाई जान्छ । तात्कालीन माओवादीले ४० प्रतिशत महिला त्यतिबेला संसदमा पठाएका थिए । नेपाली महिलाहरु नीति निर्माणको थलोमा त पुगे, तर उनीहरुको सामाजिक-साँस्कृतिक रुपान्तरण भने हुन सकेन । जसको मारमा तिनै महिलाहरु परिरहेका छन् । हामीले अधिकांश महिला सभासद्को बिहानदेखि बेलुकासम्मको दिनचर्यालाई मसिनो गरी केलायौं भने पितृसतात्मक संस्कृतिभित्रको घरेलु उत्पीडनबाट सभासदहरु नै मुक्त भएको देखिँदैन ।

एउटा प्रसङ्गः हाम्रो पार्टी एकीकृत माओवादीका एकजना महिला सभासदले महिला संगठन र पार्टी कामको विषयमा छलफल गर्न निम्तो दिनुभयो । समय मिलाएर उहाँको कोठामा पुग्दा घरायसी कामकाजका कारण हामीले पर्याप्त कुरा गर्न सकेनौं । बालबच्चालाई तह लगाउँदा, भात भान्सा, चिया खाजाको व्यवस्था गर्दा नै उहाँको अधिकांश समय बित्यो । तर उहाँका श्रीमान मसँग विना एजेण्डा राजनैतिक गफ छाँटेर बसि नै राखे । बेला बेलामा उनले श्रीमतीलाई निर्देशन पनि दिँदै रहे । जवकि उनीचाँहि सभासद श्रीमतीका स्वकीय सचिव बनेका थिए । महिला कमरेड बेलाबेलामा लाचार हाँसो हाँस्दै ‘के गर्ने दिदी यस्तै छ’ भन्दै छोटो छलफलमा सहभागी हुनुभयो । यसबाट नीति निर्माण तहमा पुगेका महिलाहरु समेत घरेलु उत्पीडनको शिकार भएका छन् भन्ने प्रस्ट हुन्छ ।

कस्तो विडम्बना ! २१ औं शताब्दीमा आएर यहाँका महिलाहरुले एकातिर घर परिवारको दायित्व नै प्रमुख ठानेको देखियो भने अर्कोतिर पुरुषहरुको असहयोगी व्यवहार र घरेलु कामकाज श्रीमतीले नै गर्नुपर्ने पुरातन मानसिकता जवर्जस्त देखियो । त्यसैले त धेरै वर्ष पहिले समाजवादी नेतृ क्रुप्सकायाले “हामी महिलाहरु कसैकी श्रीमती, आमा, छोरी वा दिदी बहिनी हौंला तर हामी राजनैतिक कार्यकर्ता पनि हौं” भनेर प्रशिक्षण दिन बाध्य हुनुभएको थियो ।

अब अर्को उदाहरण । हाम्रो आन्दोलनभित्र लामै इतिहास बोकेका एक माओवादी जोडी छ । उनीहरु हाम्रो आन्दोलनभित्र सफल जोडी मानिन्छन् । हामी कहिलेकाँही ती महिला कमरेडको घरमा हुने छलफल/बैठकमा सहभागी हुँदा उनका श्रीमानले हामीलाई चिया नास्ता, खानालगायतका काममा आफै सहभागी भएर स्वागत गर्छन् र भन्छन्- आज महिला कमरेडहरुको छलफलमा सहयोग गर्ने सौभाग्य मिलेछ ।’ त्यस्तो भावना देख्दा मेरो हृदय नै आनन्दित भएर आउँछ । तर पार्टीभित्र सचेत भनिने पुरुषहरुले ती पुरुषकी श्रीमतीलाई घरमा शासन गर्ने, श्रीमानलाई अपमान गर्ने, सकसमा राख्ने जस्ता आरोपहरु लगाउने गर्दछन् । उनलाई श्रीमतीका सामु विरोध गर्न नसक्ने (गाउँका सासुले आफ्नो छोरालाई श्रीमतीको फरियामा लुक्ने) भनेजस्तो भाव प्रकट गर्छन् । जानी नजानी त्यो गलत आलोचना र प्रचारमा परेर महिलाहरु पनि श्रीमानलाई कँज्जाउने महिलाको रुपमा उनलाई आलोचना गर्न पुग्छन् । यहाँ प्रश्न उठ्छ, पुरुषले त विरोध गरे, तर महिलाले पनि किन त्यही महिला विरोधीहरुलाई साथ दिन पुगे ? यसको पनि बैज्ञानिक वस्तुगत कारण छ । उत्पीडित वर्ग, समूदाय र उत्पीडक वर्ग समुदायवीचको मनोविज्ञानलाई हेर्दा उत्पीडित वर्ग समूदायमा एउटा आत्मकेन्दि्रत व्यक्तिवादले जन्माएको ईष्र्याभाव हुन्छ, त्यो ईष्र्याभावले उत्पीडकहरुको संस्कृतिलाई पछ्याउन खोज्छ । यसलेगर्दा पितृसत्तात्मक संरचना विरुद्धको संस्कृति उनीहरुले पचाउन सक्दैनन् । त्यसैले महिलाहरु स्वतन्त्र र अधिकार सम्पन्न भएको पनि देख्न सक्दैनन् । त्यो मनोवृत्तिको समानता र स्वतन्त्रता दिन खोज्ने पुरुषप्रति हेर्ने दृष्टिकोण पनि सकारात्मक हुँदैन । आम नेपाली समाजमा पुरातन सासनका रुपमा व्याप्त छ । यसैलाई ढाल बनाएर कतिपय सचेत भनिएका, त कतिपय असचेत पुरातनवादी पुरुषहरु महिला अधिकारका विरोधी महिलाहरु नै हुन् भनेर पन्छन खोज्छन् ।

२१ औं शताब्दीमा हामी सचेत महिलाहरु यो भम्रमा पर्दैनौं । किनकि घेरै वर्ष पहिले वर्गसंघर्षको व्याख्या गर्ने क्रममा दार्शनिकहरुले “दास मनोवृत्ति दास मालिकमा भन्दा दासमा बढी हुन्छ” भनिसकेका छन् । यो विश्लेषण महिलाहरुको हकमा पनि लागु हुन्छ ।

१० वर्षे महान् जनयुद्धमा महिला सहभागिताको प्रश्नलाई लिएर क्रान्तिकारी र गैरक्रान्तिकारी वृत्तमा अहिले पनि सकारात्मक कोणबाट चर्चा चल्ने गर्छ । जनमुक्ति सेनामा ४० प्रतिशत महिला सहभागिता, पार्टी संगठनमा उल्लेख्य संख्यामा महिलाहरुको प्रवेश र विकास कसरी संभव भयो ? भन्ने विषय चर्चायोग्य छ । १० वर्षे महान् जनयुद्ध मालेमावादी दर्शन र राजनीतिबाट प्रेरित विशिष्ट फौजी अभियान थियो । त्यो अभियान विश्वलाई रुपान्तरण गर्दै नौलो जनवाद हुँदै समाजवाद निर्माण गरी साम्यवादी समाजको परिकल्पनासम्म लक्षित थियो । यो नितान्त स्थिर र निरन्तरताको राजनीतिक आन्दोलन थिएन । पुरानो सामाजिक, आर्थिक एवम सांस्कृतिक संरचनालाई जरैबाट उखाल्यो र नयाँ संरचना स्थापित गर्ने रुपान्तरणकारी युद्ध थियो । माओवादी जनयुद्धमा होमिएपछि निजी परिवार, सम्पत्ति, पुरानो धर्म संस्कृति र संस्कारहरुले त्यहाँ ठाउँ पाउँदैन थिए । वैचारिक एवम् सचेत नेतृत्वको अगुवाइमा सामन्तवादी तथा पितृसत्तात्मक संस्कार संस्कृतिबिरुद्ध धावा बोलिएको थियो । त्यसैले उत्पीडित महिलाहरुले विद्रोहको जोशमा महान् जनयुद्धमा होमिएर उत्पिडनको विरुद्ध वैकल्पिक मार्ग तय गरेका थिए । जनयुद्धमा छिरेपछि न त पुरानो कुहिएको संस्कार बोकेको परिवार सम्हाल्नु पर्ने, न त वाध्यतामा कसैको यौन दासी वा घरेलु दासी बन्नु पर्ने, न त आफनो भोक मेटाउन चार पैसामा शरीर बेच्नुपर्ने, मात्र विद्रोहकारी साहस अनि चेतनशील मस्तिष्क भए पुग्ने ।

सामुहिक बसाइँ, सामुहिक निर्णयअनुरुपको जिम्मेवारी सुख दुःखआदि सबै सामुहिकतामा थियो । महान् जनयुद्ध नेपाली महिलाहरुको पहिचान, स्वतन्त्रता र अधिकार प्राप्तिको आधारभूमि भएको थियो । माओवादी पार्टीले हजारौं संख्यामा महिला नेता कार्यकर्ता र सेना निर्माण गर्‍यो । त्यही महिला सहभागिताका कारण महान् जनयुद्धले गुणात्मक फड्को मार्‍यो । जनयुद्ध एक चरणको रणनीतिक कार्यदिशालाई सफल पार्ने तात्कालिन राजनीतिक फौजी कार्यदिशा थियो । यो निश्चित समयपछि सफल, अर्धसफल वा असफल कुनै न कुनै रुपमा टुंगिनु पर्दथ्यो । नेपालको सन्दर्भमा अलि फरक तरिकाले -पूर्ण विजय पनि होइन, हार पनि होइन) सम्झौता र सहमतिको बाटो भएर स्थगित भयो । अथवा, १२ बुँदे सम्झौताको बाटो हुँदै शान्ति प्रक्रियामा अवतरण भयो । यति बेला शान्ति प्रक्रिया स्थापना भएको सात वर्ष पुरा हुन नपाउँदै फेरी हाम्रो क्रान्तिकारी महिला आन्दोलन २० वर्ष पहिलेको समाजमा पछाडि र्फकन बाध्य भइरहेको छ ।

एकातिर महिला कार्यकर्ता पुरानो घरेलु महिलामा बाँधिनु पर्ने अर्कोतर्फ सिङ्गो पार्टीमा महिला कार्यकर्ताको विकास, रक्षा र व्यवस्थापनमा पार्टीले संस्थागत ढंगले योजना बनाउन सचेत पहल नगरेको स्थिति छ । आज पार्टीभित्र अर्काे महत्वपूर्ण र गम्भीर पाटो केही नेता र कार्यकर्ताको वर्ग उत्थान भई नेता कार्यकर्तावीच नै वर्गहरु देखा पर्न थालेका छन् । पार्टी संगठनभित्र निजी परिवार, सम्पत्ति र व्यक्तिवादी दृष्टिकोण पैदा भई आर्थिक अराजकताले इमान्दार तथा क्रान्तिकारी कमरेडहरु विशेषतः महिलाहरुलाई टिक्नै नसक्ने गरी प्रदुषित बनाइएको छ । आखिर जे भएपनि महिला कार्यकर्ताहरु पलायन भइराखेका छन् । के यसले क्रान्तिकारी आन्दोलनलाई क्षति पुर्‍याउँदैन ?

यस सन्र्दभमा क. लेनिनले भन्नु भएको रहेछ, “यदि हामीले सार्वजनिक क्रियाकलापमा -सेना र राजनीति जीवन) मा संलग्न गराउँदैनैा भने, यदि महिलाहरुलाई घर र भान्साको वातावरणबाट मुक्त गराइँदैन भने वास्तविक स्वतन्त्रता प्राप्त गर्न संभव हुन्छ ? समाजवादको त कुरा नगरे हुन्छ, केवल लोकतन्त्र निर्माण गर्न नै संभव हुदैन”

 सामुहिक बसाइ

पार्टीभित्रका केही सकारात्मक सामुहिक बसाइहरुले महिलाहरुले राजनीतिक भूमिका कतिको निर्वाह गर्न सक्छन् भन्ने कुरा प्रष्ट पारिरहेको छ । वाइसिएल, मजदुर मोर्चा र कम्युन उन्मुख सामुहिक संस्थाहरु, दिवाकर वालग्राम, आधारशिला, जुनी कम्युन, अजम्वरी कम्युन, बलिदान कम्युनजस्ता सामुहिक बसाइमा क्रियाशील महिला कमरेडहरु अहिलेको परिस्थितिमा पनि पलायन भएका छैनन् । सामुहिक बसाइमा निजी घर, महिला र पुरुष वीचको चरम उत्पिडन महसुस हुँदैन । केही असमानता र असहज त हुन्छन् तर त्यसले छलफलको विषय बन्न पाउँछ । जनयुद्धकालका सामुहिक बसाइहरु (कम्युनहरु) संस्थागत निर्णयहरुले बाध्यात्मक स्थितिमा निर्माण भएका भए पनि तिनले तिव्र सांस्कृतिक रुपान्तरण गराइराखेका थिए । आज शान्ति प्रक्रियामा आएपछि पार्टीले त्यही उपलब्धिलाई समेत रक्षा गर्न सकिरहेको देखिँदैन ।

प्रेम र यौनबारे छलफलको अभाव

नेपालको कम्युनिष्ट आन्दोलन र महिला आन्दोलनमा विवाह, प्रेम र यौनको बारेमा त्यति धेरै बहस, छलफल र लेखहरु प्रकाशित भएको पाइँदैन । कहिले काँही प्रगतिशील (जनवादी भनिने) विवाहमा प्रेम प्रसङ्गहरु चर्चामा ल्याउने गरिन्छ । विशेषतः माक्र्सवादी समालोचक निनु चापागाँई जनवादी विहे हुनको लागि एउटा मापदण्ड विवाहि जोडीवीच प्रेम सम्बन्ध भएको हुनुपर्दछ होइन भने त्यसलाई जनवादी विहे भन्न मिल्दैन भन्नुहुन्छ । तर एकातर्फ हाम्रो आन्दोलनमा महिला र पुरुषविच सामान्य नजिकपन भयो भने पनि संगठनभित्र हल्ला चल्ने र ती जोडीहरुलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ । अर्कोतर्फ सामन्तवादी पितृसत्ताको मानसिकता बोकेको पुरुषले महिला कमरेडलाई व्यवहार गर्दा काम बासनाको आँखाले हेर्ने व्यवहारिक जटिलता छ । हाम्रै आन्दोलनमा पनि अधिकांश पुरुषहरुको यौन नैतिकतामा कमी देखिन्छ । जसले गर्दा महिलाहरु प्रेमको नाममा धोका व्यहोरिराखेका हुन्छन् । पार्टीभित्र प्रेम र यौनलाई हेर्ने हिन्दु ब्राहृम्णवादी संस्कृतिद्वारा निर्देशित सोच पनि हावी छ । त्यसैले त पार्टीभित्रका महिला र पुरुषवीचको स्वच्छ प्रेम सम्बन्ध छ भने पनि विवाह अगाडिको सम्बन्ध भनेर अनुशासनको डण्डा चलाएका उदाहरणहरु प्नि प्रशस्तै छन् । फेरि महिला र पुरुषवीचको सम्बन्धमा महिलाले धोका व्यहोर्नु पर्‍यो भने पनि त्यसको जानकारीसँगै धोका दिने र धोका पाउने दुवैले एकैखालको कारवाही पाउने गरेका उदाहरणहरु पनि कम छैन् ।

यत्रो असुरक्षाका बीच महिला कमरेडहरुले कसरी र किन प्रेम गर्दछन् ? अलि गंभिर भएर सोचौं त ? प्रेम र यौन सम्बन्ध स्थापित गरेवापत कारवाही भोग्ने कुरा र श्रीमानले छोडेका अथवा विधवा विहे गरेवापत उपाध्याय वाहुन जैसीमा झर्ने हिन्दुवणर्ाश्रमको नियममा के अन्तर छ ? प्रेमको नाउँमा कसैले छल गर्छ र सम्बन्ध स्थापित हुन्छ भन्ने विषय अनैतिकता हो । यस्ता अनैतिक व्यवहारको विरुद्ध सचेत गराउने र सचेत हुने विषय अलग हो र, यो गर्नु पनि पर्छ ।

हाम्रो आन्दोलनका कतिपय जोडीहरु विना राजीखुशी र खासै भेटघाटबिनै बिहे गर्छन् । विवाहको लगत्तै शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य हुन्छन् । त्यस्तो सम्बन्ध कति महिलाहरुको चाहना विपरीत पनि भइराखेको हुन्छ । के त्यस्ता पुरुषहरुलाई अनुशासनको कारवाही गर्ने नीति पार्टीले बनाउन सक्छ ?

‘लिभिङ टुगेदर’बारे किन बहस नगर्ने ?

अहिले हाम्रो आन्दोलनमा प्रेमको उत्कर्ष रुप विवाह हो भन्ने सोचाइरहेको छ, तर परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति नामक पुस्तकमा एंगेल्सले बिवाहलाई प्रेमको उत्कर्ष रुप भनेका छैनन् । उनले पितृसतात्मक व्यवस्था स्थापना गर्न र महिलाहरुलाई पुरुषप्रति एकनिष्ट रहन विवाहको संस्था जन्माइएको उल्लेख गरेका छन् । त्यसैले नैतिक सम्बन्ध र अनैतिक सम्बन्धको परिभाषा अब क्रान्तिकारी आन्दोलनले दिनुपर्छ । २१औं शताब्दीमा समाजमा विभिन्नखालको संस्कार र संस्कृति भित्रिएको छ । लिभिङ टुगेदर, सरोगेट मदर र कुमारी आमा भन्नेजस्ता विषयमा हामीले बहसको सुरुवात गर्ने कि नगर्ने ?

वास्तवमा संस्कृति र सांस्कृतिक रुपान्तरण के हो ? यसमाथि व्यापक छलफल हुन जरुरी छ । यो सानो लेख मार्फत सबै विषय उजागर गर्न सकिन्न । तर, छोटो भावमा भन्दा संस्कृति मानव जातिको श्रम र चेतनाद्वारा सृजित समाज विकासको निरन्तर प्रक्रिया हो । समाज रुपान्तरणसँगै संस्कृतिका रुप र सार परिवर्तन भैरहन्छन् । कविला युगको संस्कृति आज हामी समक्ष छैन । दास युग, सामन्तवादी समाज र पुँजीवादी समाज एवम् समाजवादी समाज यी सबैले आफ्नो युगको स्वार्थ अनुकूल नै संस्कृतिको निर्माण गर्छन् । अब सोचौं हामी कुन युगको प्रतिनिधित्व गर्ने संस्कृति निर्माण गर्न चाहान्छौं र गरिरहेका छौं ? यदि पुरानो पितृसतात्मक संस्कृति मास्नु छ र नयाँ निर्माण गर्नु छ भने हामीलाई नयाँ संस्कृति र रुपान्तरणको आवश्यकता छ ।

“थाहा” दर्शनका दार्शनिक रुपचन्द्र विष्टले महिलाहरुलाई सम्बोधन गर्दा समाजिक रुपान्तरणकारी नारीहरु भन्ने गर्दथे । किनकि रुपान्तरण महिलाबाटै हुन्छ र हुनुपर्छ किनकि समाजिक उत्पीडन महिलामाथि नै छ । त्यसैले उत्पीडनको अन्त्यको चाहना र जिम्मेवारी अन्ततः महिलामै हुन्छ । १० वर्षे जनयुद्धकालमाप्रचण्डले प्रतिक्रान्ति रोक्ने शक्ति महिलाहरु नै हुन भन्नुहुन्थ्यो कारण क्रान्ति र रुपान्तरण महिलाहरुको मुख्य आवश्यकता हो ।

(लेखिका पूर्वअन्तरिम विधायक तथा एमाओवादी नेतृ हुन् )

62 Comments on “यत्रो असुरक्षाबीच महिलाले किन गर्छन् प्रेम ?”
  • Dahal wrote on 20 March, 2013, 7:19

    Ghanta ko Mahan Janayuddha,Aru sabai kura thick cha but mahan janayouuda bhanne kuro thik lagena,yo ta kathit janayuddha ho,duniyalai tha cha.

    Well-loved. Like or Dislike: Thumb up 135 Thumb down 23

    [जवाफ फर्काउनुहोस्]

    Ratan Reply:

    Ho ho, yo Rupantaradd vnni Kuroo ta Rupp chandra Bisth baata le greeko hoo.

    Like or Dislike: Thumb up 5 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    gokul Reply:

    समाज् जति सुकै उन्नत् भए पनि लोग्नेले श्रीमति प्रति र श्रीमतिले लोग्ने प्रति समर्पित् भएन भने कुनै नियम बनाएर तेस्को हल गर्न सकिदैन | के तपाई लेखिकाले जसरि कुराको पहाड नजान्ने सबै महिला पुरुस बीचको सम्बन्ध असफल नै छ ? तपाई बढी बेब्हारिक हुन सिक्नु, क्रान्तिकारी हुनुको अर्थ लोग्नेको शंका गर्नु, कर्तब्यको ख्याल नगरी अधिकारको माग गर्नु, साना कुरालाई राम्रोसंग छलफल गरेर नटुग्याउइ गलत धारणा बनाउनु राम्रो हुदैन | अनि अर्को पनि कुरो छ कतिपय क्रान्तिकारी महिला पहिले लोग्नेको एकदम खयाल गर्न खोज्छन जस्तै मोजा कता राखने, हजुरको परश र office को समान एता छ आदि, पछि उनि नै मेरो लोग्ने त आफ्नो मोजाको पनि खयाल गर्नु हुन्न भनेर सार्बजनिक गर्नु भन्दा पहिले घरमा कुरा गर्न ठिक हुन्न र ?
    तपाइको पार्टीको एकजना महिला सभासदले महिला संगठन र पार्टी कामको विषयमा छलफल गर्न निम्तो दिदा, समय मिलाएर उहाँको कोठामै पुग्दा घरायसी कामकाजका कारण तपाईले पर्याप्त कुरा गर्न सक्नु भएनछ | बालबच्चालाई तह लगाउँदा, भात भान्सा, चिया खाजाको व्यवस्था गर्दा नै उहाँको अधिकांश समय बितेछ । तर उहाँका श्रीमान तपाईसँग विना एजेण्डा राजनैतिक गफ छाँटेर बसि नै रक्दा हजुरले घटना स्थलमा नै उहाको लोग्नेलाई सम्झायाको भए तपाइको यो लेख भन्दा त्यो प्रबब्कारी हुने थियो, अनि अर्को कुरा हजुर आफै भात भान्सामा गएर नै महिला सभासदसंग कुरा गरेको भए के बिग्रिने थियो ? हजुरले उल्टै आफुले नै त्यो पुरुषलाई ब्यस्त गरिदिनु भएछ उसलाई थाहा नहुन पनि सक्छ नि तपाई कति महातोपूर्ण काममा आउनु भएको छ र उसको कुरामा हजुरको रुचि छैन भन्ने ?
    तपाईको यो लेखमा के देखेको छु मैले भने, तपाई जोडी मिलेको नै देख्नु हुन्न यदी देखि हाल्नु भयो भने पनि महिलाहरुले सम्झौता गरेको देक्नु भएको छ | तपाइको नजर खोटो छ | एकले अर्कोलाई इज्जत नगर्ने,सम्झौता नगर्ने अनि ‘लिभिङ टुगेदर’ गरेर यो संसारमा को sex dall छ र समस्याको समाधानका लागि छलफल गर्नु हुन्छ बिदुसी जी ? मलाई हजुरका अरु कुरा राम्रै लाग्यो तर महिला नेत्री भएर एउटा तहको अनुसासनमा बस्दा हजुरको छबिमा आच आउदैन,समाज अझै पनि माया ममतामा चलेको छ |
    अन्तमा महिलाले पुरुसको र पुरुसले महिलाको बिसेस खयाल गर्ने प्राकृतिक कुरा हो |,बसमा कुनै गर्भबती महिलाले सिट पाएको छैन भने, पहिले पुरुसले सिट छोडेको र कुनै बुढो बिरामी पुरुषले सिट नपाउदा पहिलो पल्ट सिट छोड्ने महिला देखेको छु मैले | त्याग पुरुसले पनि गर्छन तर हिसाब तपाई बढी महिलाको मात्रा राखनुहुन्छ | अलिकति मात्र त्याग गरेर,सम्झौता गरेर हेर्नुस तपाइले पनि सबैका जिबन राम्रा र मस्तीमा भएको देखनु हुन्छ | नत्र अरुको बन्दोबस्त घरमा समस्या देखनु तपाइको दरिद्रता मात्र हो |

    Well-loved. Like or Dislike: Thumb up 137 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    karel Reply:

    ramailo bokrae sidhanta.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    सामाजिक सोच Reply:

    दास मनोवृत्ति दास मालिकमा भन्दा दासमा बढी हुन्छ

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Dipu ! Reply:

    माओवादिको त्यो युद्ध ‘जनयुद्ध’ थियन त्यो त ‘धनयुद्ध’ थियो भन्ने कुरा माओवादिका नेता प्रचन्ड, बाबुराम लगायत धेरैको राजाशी ठाँट र रवाफ हेरेरै प्रमाणित हुन्छ । जहाँसम्मा कुमारी आमा को कुरा छ त्यो माओवादिले भोगिसकेको र प्रयोग गरिसकेको कुरा हो । जसको पारीणाम स्वरुप आज कतिपय महिलाको बिचल्ली परेको छ ।

    Well-loved. Like or Dislike: Thumb up 36 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • dully wrote on 20 March, 2013, 7:47

    पार्टी संगठनभित्र निजी परिवार, सम्पत्ति र व्यक्तिवादी दृष्टिकोण पैदा भई आर्थिक अराजकताले इमान्दार तथा क्रान्तिकारी कमरेडहरु विशेषतः महिलाहरुलाई टिक्नै नसक्ने गरी प्रदुषित बनाइएको छ । आखिर जे भएपनि महिला कार्यकर्ताहरु पलायन भइराखेका छन् । कम्युनिष्ट हरुको बानी एस्तै हुन्छ थाहा हुँदै जान्छ

    Well-loved. Like or Dislike: Thumb up 53 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    sushanta sharma Reply:

    कमनिष्ट पार्टिभित्र महिला मुक्तिको कुरा बढि गरिने तर व्यवहारमा कहिल्ये पनि पालना गरिदैन । त्यो महान धनयुद्द संचालकहरुले पनि पालना गरेकै छन् । धनयुद्दका क्रममा सगै बाच्ने सगै मर्ने कसम खाएर विहे गरेका कमरेडहरुले आज शहरमा नयाँ श्रीमती भित्र्याउने नयाँ माक्सवाद र प्रचण्डपथको विकास गरेको हुँदा महिला मुक्तिको माओवादी विचार ढोग वाहेक केहि होइन ।

    Well-loved. Like or Dislike: Thumb up 54 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • gyanu wrote on 20 March, 2013, 7:50

    mahila haru barema bolda neta g belayet ma vanda hamro deshma nirdaya line adhikar pahila thiyo kanun ra chal chalan ma
    nareelai AAFNU LOGNE ROJNE SWEMBAR PRATHA HINDU HARU KO HO VANNE BIRSANU VO?
    MARX LE MARNE BELA MA PANI AAMA KO PHOTO KHALTIMA NARAKHERA KINA PITAKO PHOTA RAKHE VANERA HERNU VO?
    BIDESHI KO BUE CHADERA HINDU SASKAR KO KURA GARNU VO TARA TESKO MARMA RA BAIGYANIKATA NAJANI KAN TESKA BAREMA BOLNE ADHIKAR 6 KI 6ENA HERNU VO? ANDOLAN MA NAUTHEKO MAG DHARMA NIRPECHHA DINU VO TARA GAS BAS KO JAGEDA MA BOLNU VAYAENANI TA kina ki tapai neta haru jahile pani todnu hun6 jodna pani sikaunus ani siknus
    samsar ma hindu dharma hoki parampara? hamro pahichan hoki ke ?nepal ko pahichan vitra parne hindu parampara ho tara tapai hrujast le nabujhera yo desh ko barbad parnu vo ani kasore prem garne ni paisa lai prem garnus ani aama lai poela lagayer pani jari bujnus comred

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Akash Sharma wrote on 20 March, 2013, 8:16

    एउटा श्रीमानलाइ आफ्नो कुरामा सहमत गराइ घर गृर्हस्थीमा समान सहभागिता सुनिश्चित गर्न सक्छु भन्नेसम्म पनि विश्वास नभएकाले सारा जनतालाइ आफ्नो कुरामा विश्वास गराउंछु भनी के को राजनीतिमा लाग्नु ।

    Well-loved. Like or Dislike: Thumb up 129 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

    arjun Reply:

    ugra kura.

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    A1 LAKHAR THYAAK Reply:

    Ugra nai ho, kura garnu sajilo chha, phalakdai hidna sajilo chha, aru ghodama chadyo bhandaima aafu dhurima chadne khalka lekhika hun yini.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Biraj Raiq Reply:

    महिला को आँसु मात्र आँसु हो नि पुरुष को त पनि हो नि होइन त लेखिका ज्यू

    Like or Dislike: Thumb up 18 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kamal poudel birder wrote on 20 March, 2013, 8:21

    gara gara living together gara, feri feri. esko befaida kati 6, tyo ta yo practice vako countries ko halat here hun6. bolna ta j bole pani bhayo. trakai ta re6 ni nepalko rajniti.
    all in one is the education and economic opportunity for all!!! aru sabai bakbas.com

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Heman wrote on 20 March, 2013, 8:33

    पूर्व बिधायिकाका अधिकांश बिचार र अभिमत प्रति समर्थन हुंदाहुंदै पनि केहि एकाध टिप्पणी गर्न मन लाग्यो। बिबाह पूर्वको प्रेम र यौन सम्बन्धको कुरा गरी रहंदा प्रेमको परिभाषा कसरी गर्ने भन्ने हुन्छ। प्रेम त धेरै ब्यक्तिहरुलाई गर्न सकिन्छ, घर परिवार र आफन्तजन प्रतिको प्रेमभाव बेग्लै प्रसंगमा आउछ। यहां औल्याउन खोजेको प्रेम प्रसंग चाहिं यौनजन्य कृयाकलापमा संलग्न हुने वा हुन सक्ने सबालमा हो। बहु पुरुष वा महिलासंग प्रेम हुन सक्छ कि सक्दैन? सक्छ भने सबैसंग यौन कृयाकलाप गर्न मिल्ने कि नमिल्ने? यदि तपाइंको वकालत यहि पक्षमा हो भने तपाइं महान र दुर्दर्शी बिचारक ठहरिनु हुनेछ। किन कि मानव चेतना र बिश्व समाजको गतिलाई शुक्ष्म अध्यन गर्दा भविश्य त्यहि दिशा उन्मुख देखिन्छ।

    Like or Dislike: Thumb up 16 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • saroj wrote on 20 March, 2013, 8:52

    बुढी कन्या हरु यसै भनेर चित्त बुझाउछन यो कुनै नौलो कुरो भएन महान धन यूद्द भनेको भए हुने

    Well-loved. Like or Dislike: Thumb up 69 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • shailesh wrote on 20 March, 2013, 9:02

    तपैले महिलाहरुलाई हेर्ने ब्राम्हण वादी सोच भन्नु भएको रहेछ, ब्राम्हण वादी मात्र नभन्नु होला, सबै जात जातिमा पुरुषले महिलालाई यसरि नै हेर्छन| बिल क्लिन्टन पनि मोनिकालाई चुसाउदा ब्राम्हण नै थिए कि?
    अचेल ब्राम्हणको बिरोध गर्दा दार्शनिक भैयो भन्ठान्ने टपरे संस्कृतिको बिकाश भएको छ र तपाई पनि त्यस बाट अछुतो हुनु हुन्न|

    Well-loved. Like or Dislike: Thumb up 89 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Prem Rai Reply:

    शैलेश जी, किन अमेरिकाको कुरा गर्ने, नेपाल र नेपालीपनको कुरा मात्रा गरौन अहिले, नेपालको परिप्रेक्षमा बाहुनबाहेक अरु कोही पनि जान्ने बुझ्ने छैनन, अरुले केहो पनि जान्दैनन, यहाँ जो जति गैरह बाहुन छन, ती सबै मुर्ख, फोहोरी, अशिक्षित मात्र हुन, हामीले यहाँ जे कुरा सिकेका छौं, जानेका छौं, सबै कुरा बाहुन बाट मात्रै सिकेको हुनाले ब्राहमन्बादी सोच र बिचार वा पुरातन बादी बिचार भन्दा एक रती पनि फरक पर्दैन र गल्ती पनि हुँदैन।

    Like or Dislike: Thumb up 10 Thumb down 31

    [जवाफ फर्काउनुहोस्]

    shailesh Reply:

    प्रेम राइ जी,
    जब सम्म तपाइँ अरु जातिलाई सरापेर मात्र अघि बढ्न सकिन्छ भन्ने मानसिकता राख्नु हुन्छ, तब सम्म तपाइँ जस्ताको तस्तै रहनु हुन्छ| अब बाहुनले भूतकालमा के गर्यो भनेर बिलौना गर्नु भन्दा आफ्नो व्यक्तित्व बिकास र समग्र समाज र देश का लागि के गर्न सकिन्छ भनेर सोच्न थाल्नुस, तपाइँ पनि (तपाइकै सब्दमा) जाने बुझ्ने र सफा बन्नु हुन्छ|
    by the way, I am not a Bramhin -just thought to clarify in first hand before you start crying on my caste – status.

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ramesh Khanal wrote on 20 March, 2013, 9:13

    लेख धेरै राम्रो लाग्यो । लेखिकाले सांस्कृतिक परिवर्तनको बारेमा त राम्रै लेख्नु भएको छ तर त्यसको लागि आर्थिक रुपान्तरण धेरै महत्वपूर्ण हुन्छ । देशमा औद्योगीकरण भयो भने हरेक महिला आत्मनिर्भर हुन सक्छन् अनि पो पारिवारिक संरचना र प्रेम सम्बन्धमा परिवर्तन संभव हुन्छ त ।

    Like or Dislike: Thumb up 24 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • prasad wrote on 20 March, 2013, 9:16

    “MAHAN” bhanne word ko misuse gare jasto lagyo… Aru the thikai cha….

    Like or Dislike: Thumb up 21 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • subas basel wrote on 20 March, 2013, 9:31

    पार्टी संगठनभित्र निजी परिवार, सम्पत्ति र व्यक्तिवादी दृष्टिकोण पैदा भई आर्थिक अराजकताले इमान्दार तथा क्रान्तिकारी कमरेडहरु विशेषतः महिलाहरुलाई टिक्नै नसक्ने गरी प्रदुषित बनाइएको छ । आखिर जे भएपनि महिला कार्यकर्ताहरु पलायन भइराखेका छन् । कम्युनिष्ट हरुको बानी एस्तै हुन्छ थाहा हुँदै जान्छ……………
    लेख धेरै राम्रो लाग्यो । लेखिकाले सांस्कृतिक परिवर्तनको बारेमा त राम्रै लेख्नु भएको छ तर त्यसको लागि आर्थिक रुपान्तरण धेरै महत्वपूर्ण हुन्छ । देशमा औद्योगीकरण भयो भने हरेक महिला आत्मनिर्भर हुन सक्छन् अनि पो पारिवारिक संरचना र प्रेम सम्बन्धमा परिवर्तन संभव हुन्छ त ।

    Like or Dislike: Thumb up 7 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bikka rana magar wrote on 20 March, 2013, 9:38

    Mahan Living together bata Mahan annath baccha janmaudai mahaan krantikari bannu ajako awasyakta ho. Yesbata dherai jana sanga basnu ko majja nai arkai hunchha bhanne kuro Bishankhe ji lai ramrai thaha chha.

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Tara Lamgade wrote on 20 March, 2013, 10:05

    ahiliko samay anusar ati bastugat 6. anjana jastai chetana aru didibahiniharuma pani hunu par6 hai

    Like or Dislike: Thumb up 2 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 20 March, 2013, 10:47

    महिला मात्र होईन आदीवाशी जनजाती उत्पिडीत क्षेत्र र बर्गको समस्या पनि उत्तिकै रहेको छ।

    Like or Dislike: Thumb up 6 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • p yonjan wrote on 20 March, 2013, 12:14

    thik,,, thik,, <<>>kamse kam feri feri ta pain6ni..

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Om Pun Magar wrote on 20 March, 2013, 14:11

    बास्तमा कमुनिस्ट आन्दोलनमा लागेका प्रायजसो महिलाहरुमा यो मानसिकताको निर्माण भएको हुन्छ कि यो दुनिया अर्थात् अहिलेको समाज यो सोषणकारी छ, महिलापर्ती दमनकारी छ / त्यसकारण यो समाज जहाँ अहिले हामी छौ यो हाम्रो होइन / हाम्रो त् त्यो समाज हो जहाँ महिला माथिका सारा विभेद अन्त्य भएका हुन्छन र महिला र पुरुसमा कुनै भेद हुदैन / त्यो समाजबाद हो,साम्यबाद हो भन्ने कुरा मनमा खेलिरहेको हुन्छ / तर यथार्थमा अहिले बाचिरहेको समाज त त्यो होइन / तर दिमागमा जुन समाज को कल्पना गरिए को छ अहिल्यै आजै त्यहि प्रकारको जीवन जबर्जस्ति बाच्न खोजिन्छ / अधिकार, सोवोतंत्रता, कामको बाडफाड श्रम याबद चिज लाई समाजबादी नजरले हेरिन्छ र त्यो अहिल्यै लागु गर्न खोजिन्छ /कपडा पनि बराबरी धोउं, खान पनि पालोगरी पकाऊ, तिमि लोग्ने मानिसलाई जे जे गर्ने अधिकार छ मैले पनि त्यहित्यहि तस्तै गर्न पाउनु पर्छ जस्ता सान सान कुरा मा समाजबाद लागु गर्न खोजिन्छ / हो यहि नेर श्रीमान – श्रीमती,प्रेमी -प्रेमिका का बीच फाटो पैदा हुन्छ / र समन्ध टाढा हुदै सम्बन्ध बिछेध हुन् समेत पुग्छ / यसमा न महिला को दोस छ न पुरुस को / दोष छ बिभेद रहित समाजमा हुने अति राम्रा र जायज कुरालाई बिभेदकारी समाजमा प्रयोग गर्ने तरिका को / यत्रो असुरक्षाबीच महिलाले किन गर्छन् प्रेम ? अब बिसंखे जी को यो प्रश्न पनि माथि उल्लेखित प्रबिती बाट मुक्त हुन् सकेको छैन / त्यसकारण कुरा के हो भने यो समाज जहाँ महिला र पुरुस बीच असमानता र विभेद छ / खेद जन्य छ / यसलाई फेर्नु पर्छ तर बिर्सनु के हुन् भने यो समाजमा महिला र पुरुसका आ -आफ्नै सिमा, कर्तब्य र दायीततोहरु छन् / यसलाई अहिलेको समाज को संरचना ले निर्धारण गरेको छ / यसलाई चुट्कीको भरमा बदल्न सकिदैन / यो लामो प्रक्रिया हो / यसमा ध्यान नदिने अनि यो सबै पुरुषले गर्दा भएको हो भन्नु उल्टो र अपरिपक्क कुरा हो / नत्र आफुलाई कमुनिस्ट हु भन्नेहरूमा यो समस्या किन आउछ ? बढी सम्बन्ध बिच्छेद अरु को भन्दा कमुनिस्ट आन्दोलन मा लागेका मानिसहरुमा किन हुन्छ ? परस्त्री वा परपुरुस यौन समन्ध कमुनिस्ट आन्दोलनमा लागेका मानिसहरुमा बढी किन हुन्छ ? के यसमा पनि पुरुस कै मात्र दोष छ ?

    Like or Dislike: Thumb up 20 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • aakrosh bhandari wrote on 20 March, 2013, 18:30

    nari ra purus kahilyai saman hunai saktainan yo dhurba satye ho yo prakritik niyem nai ho aakash aakash nai ho ra dharti dharti nai ho byabahar ra bhashan ma dharti ra aakash ko nai farak hunchha krantikari kamred jyu .

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Sanu Reply:

    Purus bhanera kahile ghamanda nagarnu kati paye nari pani purus bhanda dherai agadi chhan k ho Name pani aakrosh comment pani aakrosh mai? j hos name chai janerai rakheko rahe6

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kharbuja wrote on 20 March, 2013, 18:43

    Budhi kanya ho bhane mero room ma aunuta mo 9 inch le tankai dinchhu chhala ? ghopto parera berno pharkine gari dinchhu ?

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Ramesh wrote on 20 March, 2013, 18:58

    कामरेड le मन भित्र का कुण्ठा हरु छताछुल्ल पोखिछन | मलाइ टिठ लागाएर आउछ यी ब्रेन वास भएका कार्यकर्ता हरु देखि .. हो नि कामरेड तपाइँ को महान जनयुद्ध ले धेरै नारि लाइ सचेत बनाएको छ, जिम्मेवार बनाएको छ | लोग्ने को काख मा लुत्पुतियेर बस्ने कम्जोर आइमाई का लोग्ने लाइ छ्प्काइदिनु भो र त उनीहरु आज घर मुली भएर बस्न पाएका छन् |
    मुसा देखि डराउने आइमाई लाइ मान्छे को घर्दन छिनाउने साहस दिनु भो तपाइँ को महान जनयुद्ध ले |
    हो अब हामि ली छलाङ्ग मार्नु पर्छ हाम्रो समाज मा नि लिभिङ टुगेदर, सरोगेट मदर र कुमारी आमा … जस्ता कुरा ब्यापक पर्नु पर्छ |
    स्कुल कलेज कम्युन हरु मा माया साट्नु पर्छ, यौन सम्पर्क गर्नु पर्छ ….छलाङ्ग मार्नु पर्छ.

    Well-loved. Like or Dislike: Thumb up 31 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    khagendra Reply:

    पुरुषले अन्याय गरे भनेर समाजमा पुरुष नै नराख्ने निति ल्याउने हो कि ? संविधान सभामा सुझाव माग्न जादा कतिपय गाउमा पुरुष हुनै हुदेन भनेर महिला अाए पछि लालवावु यादवले तपाइहरुको विचारमा कस्लाइ निषेध गर्नु पर्ने श्रीमानलाइ बाबुलाइ दाजुभाइलाइ छोरालाइ ससुरालाइ सम्धीलाइ कस्लाइ ? भनेर सोध्दा सवै वाल्ल परे रे ।

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Arjun Karki wrote on 21 March, 2013, 0:07

    I also like living together. I am looking for someone. Please help get me one. And can you also tell us how are you living?

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Gobinda wrote on 21 March, 2013, 1:12

    महिलाले अशुरक्षाको लागि होईन सुरक्षाको लागिनै प्रेम गरि विबाह बन्धनमा बाधिन लालयित हुन्छिन् । विबाह पुर्वको यौन सम्वन्ध राखेका र लिभिङ टुगेदर गरेर बसि सकेका महिला पुरुषको वैबाहिक जिवन कहिल्यै पनि सुख दायक हुदैन। तपाईको डरको कारण यहि हो । महिला र पुरुषलाई प्रकृतिलेनै शारीरिक बनोटमै फरक गरेको अवस्थामा एकाकार भनेको मायाले हुने हो कराएर हुने होईन,शोषण सवैजातमा उत्तिकै छ तर पनि तपाई ब्राम्णबाद भनि राख्नु हुन्छ किन ? नेवारका चेलिहरु बाहुन कहां भित्रियर जति रमाएर बसेका छन् नेवार कहां बाहुनका चेलिहरु तेसरी रमाएर बसेको कमै होलान्, हामी पछि परेकै जाति पातिको कुराले हो,तपाईको दलको त झन् यहि मुख्य नारानै हो क्यारे ! महिला पुरुष २ जात मात्रै नभनेर किन जाति विभजन गर्ने नारा लगाएको ? यो नाराले देसका सवै नेपाली एक भएर एकै ठाममा बस्न सकिन्छ ? हो केहि महिला समाजमा पिडित छन्,तिनको पिडा शान्त गराउनु हामी सवै मिलेर हो जुधेर होईन ।

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Manoj wrote on 21 March, 2013, 2:42

    Uhalai living together ko nam ma 4,5 jana sanga basna man lagexa ani kaha bibaha garnu hunthyo ta.

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • दामोदर पंगेनी wrote on 21 March, 2013, 2:56

    नालायकहरू वाहुनलाई गाली गर्न मात्र जानेका छन्! जे पायो त्यही खान्न, सफा हुन दैनिक नुहाउछ , माछा मासु खाईन्न, रक्सी खाईन्न, टुप्पी कसेर पढ्छ, समाजमा ज्ञान फैलाउने काम गर्छ तर आलोचना गर्छन् ब्राह्मणवादी रे। आफ्ना गल्ती ढाकछोप गर्न अरूलाई दोष लगाउने?

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • shiba wrote on 21 March, 2013, 3:37

    lekh ati sandarvik lagyo

    Like or Dislike: Thumb up 4 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • sabina wrote on 21 March, 2013, 6:02

    आम जनजीवन र यथार्थ

    Like or Dislike: Thumb up 3 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • Lagungo: wrote on 21 March, 2013, 7:17

    “Living Together” ma nari haruli parne atyachar kasle dhekheko chha. Yesko barema okalat garne Savasat.. afaile pahile suruwat garnu paryo ani balla tesko experience bare sabai lai vanndai hidnu paryo. Living together garda gadai, euka Nari le 100 vanda padi purush sanga sutnu parne hun6. Ani euta Nari le Sex garne umer Napudgani sex garna pugne,.. AAMA banne umer nahundai aama banche… Let’s talke about Education first then the Society will take his own way.. No body can change the CULTURE it’s the demand and the culture itself changes according to the needs of human. It’s dynamic anyhow it will change.. and it changes according to our thoughts and behave…

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • mithas wrote on 21 March, 2013, 11:53

    waiyat article. mahan Dhan uddha ko naam ma dash jana sanga prem garera budesh kal ma kohi napaye pachhi ko kuntha ho yo

    Like or Dislike: Thumb up 6 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    A1 LAKHAR THYAAK Reply:

    Yi lekhika lai Nepali bhaninuma kunai garba chhaina.Yesta pungmange aimai haru ta rajniti garnu khojchhan, yestalai ta ajiban karabas wa Uttar Koria ko nagarikta dilai dinu parne, balla thik parthyo, kahile pani Nepal aunu paune thiyena. Wahiyat aimai.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ram wrote on 21 March, 2013, 17:46

    Waste of time,
    Duniya laai marera, Kati pariwar ko Mahila bal – bachha lai bichalli pareu, hey Nara- Pichash Mahila, timro kuhiyeko buddhi ko ke kura garnu, disgusting!!! distgusting!!! distgusting!!!

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bipin magar wrote on 21 March, 2013, 23:02

    धेरै राम्रो आर्टिकल , सबै भन्दा महिला हिंसा स्वोतन्त्रता नहुने भनेको बाहुन भित्रै छ ,बाहुन बाहुन भित्र पनि उपाध्या बाहुनले जैसी बाहुन बिहे गर्नु हुदैन ,गर्यो भने तल्लो जात हुन्छ

    Like or Dislike: Thumb up 2 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Ramdev wrote on 22 March, 2013, 8:45

    महान् जनयुद्ध रे, नाटक गर्न पनि कति आको, अब त नलजाई महान् धनयुद्ध भन्नु नि ! नपत्याए एमाओवादी पार्टर्ीी नायक, आदर्श भूपालमानलाई सोधे हुन्छ-महान् जनयुद्ध कि महान् धनयुद्ध !

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • प्रशन्ना wrote on 22 March, 2013, 9:59

    शोषण जुन सुकै समाजमा पनि छ चाहे त्यो पश्चिमा देशहरु किन नहनु तर मात्रात्कतामा फरक हो । ताइन तुइ जातिका कुरा गरेर अरुलाइ सरापेर केही हुने वाला छैन । आफु मेहनत गर्नु पर्छ जस्तो काठमाण्डुका नेवारहरु आर्थिक सामाजिक सवै हिसावले वाहुन क्षेत्रीभन्दा माथीछन् । पश्चिम नेपालका पहाडका वाहुनहरु पूर्वका दलितहरुको स्थिति भन्दा वेहाल छ । त्यसैले जातियताका कुरागर्नेहरु आर्थिक समानता र विकासको कुरा गरुन सवै ठिक हुन्छ ।

    Like or Dislike: Thumb up 13 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Naresh budha wrote on 22 March, 2013, 13:55

    ahm tyehi taw hoin

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Purushottam Ghimire wrote on 22 March, 2013, 14:43

    Sexual discrimination and violence rest on communist parties also.There were twin type policies as like according to writer.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sita Regmi wrote on 23 March, 2013, 3:23

    I think it will be also better if she will also include the activities of Son of grate MAO leader Prachand. What will be punishment to Prakash Dahal ( newly Paras RAJA). For the same thing how many people got the punishment by the MAOIST in past. What will you suggest for him. I do not think you have such encourage to tell this things against the SON of the newly born KING PRACHAND.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Dilip Shrestha Reply:

    Prachand putra Prakash had already been punished expelling from party’s committee. one thing is that any case has not been tabled against Prakash in court regarding the deed he invovled so use to read newspaper before commenting… thi is my suggetion to you.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Simon Shrestha Reply:

    Dilip Ji,
    sahi lagyo,.. Prakash Dahal ko biruddha kasle po Rit diyeko h ra court ma? Hai
    Bigat ma Bahu bubaha gareko aarop ma Ghati katiyeka haru lai pani adalat le nai faisala gariyeko holan,.. Hai?
    Ani Maobadi le ta adalat ko khub samman gar6 ni hai?.. Tehi balkrishna Dhungel lai adalat le Hatyara karar garda pani Dr. Baburam, ani prachanda Purai party bachauna lageko,..
    Aru lai Comment garnu agadi Padhna sikaune hajur le, pani itihas padhne garnus…
    Kagj ma lekheiyeka matra satya hoinan vanne bujhnu hos,..
    Prachanda putra Patit nai ho..
    Tes le hami sampurna purush jati ko
    ijjat luteko 6

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Sita Nepal Reply:

    Within ten days newly Paras ( Praksh) layee sun panee layee chokhaeyoo Dilip comrade

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nepali wrote on 23 March, 2013, 9:48

    Dear Anjana,

    lekh ta nikkai lamai lekhichau tara yeti dherai kura lekhnu vanda pahile Prachanda ko kuputra lai pani samjhe ko vaye ni hunthyo ni k i kaso ?
    Bastav ma kura garne nai ho vane maobadi vitra ko anaitik kukarya hamro samaj ko vanda 4 guna badhi cha.
    ani ab baki rahyo yo janayuddha vanne kura chai uhi sojha nepali lai tarsayer timi haru le afno swarth pura gare ka hau, natra vane ahile timi maobadi ka neta haru ko jibansaili hernu sabai thaha huncha. aru le luker janta lai shoshan garthe vane maobadi le khuleaam shoshan gare ko cha kina ki maobadi ko hath ma banduk cha. bir balavadra kuwar ko desh ho yo mero nepal sakchau vane timra hatiyaar chader aau timi haru ko namonishan rahadaina,

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • dinesh wrote on 23 March, 2013, 10:16

    yeha manchhe haruko ankha nai pkshya ra bipakshya ma bivajit 6 tesai hunale negetiveness badhi raheko 6 . writer le lekheko lekh ko tala parichaye nadida ali swachha partikriyaharu authe holan tyo nai galti bho bastav ma heart dekhi bichar garera lekhne ho bhane uhale parti ko prasanga bhanda pani dekhiyeko sanskriti mai adharit hunuparthyo yehi samaj ka katipaye purush haru afno sex desire pura garna dance bar , dohori ra thamel ka masaj parler dhaune gareka6n ra lakhau budget sidhyaune gareka 6n , tesatai kaiyeu dhandde mahila harupani bivinna hotel restura park dhayera sex desire pura garne gareka 6n tehi line ma ajaka kisor kisori haru pani lageko betin6 so abraham maslo ko abasaktako srinkhala ko siddhant bhitra ko saririk needs ma sex lai pani bhok ra tirkha jastai major maneka 6n so yo fundamental need nai ho yeslai nakarera hamro samaj aghi badna khojda hami pachhi nai parirahan6u yesalai gahan thandai yesko positive management garna patti sabai lagnu par6 yedi negetive sochera matra aghi badna khojiyo bhane bamdev le dance bar close garna khoje jasto matra hun6 aba sex bina man6e cretive nahune ra globalisation ko yetro asar pareko belama sex lai minor thanera kasaila lanchhana lagaun murkhata matra hun6 mitraharu so let us do chang about it. teska lagi lekhak le uthayeka kurama sarkari pakshya le pani dhyan dinu jaruri 6 hami nepal matra naheri biswo parightana lai pani heri agadi badnu jaruri 6

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Padma wrote on 23 March, 2013, 11:12

    So called Mahan Jana Youdha ka Neta Ko Chora Prakash Le Mahila Lai Adhikar Dina Hola 3 jana ladis lai Lihera Hideko?
    Dont be blind on your So called people’s war. Look at Prakash Dahal then valuate women right in your Party.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Uddav Bhandari wrote on 23 March, 2013, 15:45

    य हो यी अाइमाइ हरुलाइ के भएको छ र बकबक गरी राखेको ह ? सक्छौ भनी तिमीहरु जस्लाइ तिमीहरुको अधिकार हनन गर्ने पुरुषहरु भन्छौ ति पुरुष हरुसंग बिहे र सारीरीक सम्बन्ध राख्न बन्द गरीदेउन त अथवा पुरुष हरूलाइ पेट बोकाएर बच्चा जन्माउनी बनाउन त । तातो न छारो खालि महिला अधिकार भनेर सुगा रटान गरीराखेका छन दुनिया को घरबार बिगार्ने काम त यिनै महिला हक हितका लागी भनेर खोलिएका संघ संस्थाहरुले गरी राखेका छन किन भने बिदेसीहरुले अाफ्नो स्वार्थ पुरा गर्न यस्तै संघ संस्था मार्फ़त डलर लगानी गरी राखेका छन अनी तिनी हरुलाइ काम देखाउन र अाफु नेतागिरी बन्न समाजमा कस्को घर परीबारमा खटखट चलेको छ चियो चर्चा गर्दै हिडने र त्यसलाइ बडाइ चडाइ गरी घरबार बिगारनी र मिलाउनी नाममा तिनीहरुको बाक़ी जिबन बरबाद गरने काम यिनै महिला र महिला हक़ हितको लागी भनेर खोलेका संघ संस्था छन ।

    लेखिका अाफ्नो बिबाह गर्न नसकेर आफ्नो मनको कुन्ठा पुरुष माथि पोखेर त भएननी । अनी leaving togetheभनेर के भन्न खोजेको हाम्रो जस्तो अशिक्षित र गरीबि समाजमा leaving together ले ल्याउने समस्याको बारेमा बिचार पुर्याउनु भयको छ? जबकी एक शिक्षित महिलाले पसलमा गएर परीबार नियोजनको अस्थाई साधन किन्न सक्दैनन ।

    हो महिला हरुको हक़ र अधिकार पाउछन जब परीबार , समाज अनी देश शिक्षित हुन्छ । ब्यक्ती समाज अनी देश बिकसित र शिक्षित भय पछी हक र अधिकार अाफै आउछ । सधै पूरूषहरुलाइ गाली गरेर हक़ अधिकार पाइदैन त्यसैले सभ्य शीक्षीत र बिकसित समाज बनाउनी तिर लागदा राम्रो होला भषण गरेर तालि खायर मात्र हुदैन ।

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Mahesh Chhetri wrote on 24 March, 2013, 11:24

    सबै कमेन्ट गर्ने साथीहरु झैँ म पनि महान जनयुद्ध भन्ने वाक्यको प्रयोग प्रती आपत्ति गर्दै, यहाँहरुले विधवा वनाउनु भएका, वाबु, दाजुभाइ मारेका र परिवारकै विचल्ली वनाउदै यौन व्यवसाय गर्न वाध्य भएका कुमारी केटीहरु र कम्युनमै असुरक्षित गर्भ धारण गरेका कुमारी आमाहरु, अनी अयोग्यका विल्ला भिडाईएका कम उमेरका मिलिसियाहरु, रौतहटमा फोरम द्वारा मारिएका अबोध २७ जना किसोर किशोरीहरु का वावुआमा हरु को आत्माले धिक्कारी रहेको तपाईं लाई आफ्नो बिहे हुन नसकेको हिन भावनाले ग्रसित हुँदै किन वल्ल शान्तीको सास फेर्ने कोशीस गर्दै रहेका परिवारहरु छिन्न भिन्न पार्ने खाले कुत्सित लेख लेख्नु हुन्छ? तपाईं नै वस्नुस् लिभिङ टुगेदर मा, तपाईं नै मोज गर्नुस् विना विवाह्को सारीरिक संपर्कमा, चित्त नबुझे सम्म फेरी रहनुस् तपाईंका कमरेडहरु तर अब छोडिदिनुस् नेपालीको घर भात्काउन र त्यस्को झ्याल बालेर आगो ताप्न।

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Raj wrote on 25 March, 2013, 4:01

    आफु केहि गर्न नसक्ने , अरु ले गरेको देख्न नसक्ने , अनि फलानो बादले बिगारो भन्दै आफ्नो कुन्ठा पोख्ने , यो त राम्रो भएन नि कमरेड

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • harikrishna adhikari wrote on 25 March, 2013, 5:35

    आफ्नो आङ कनायो आँफैलाई छारो भनेको एही हो । आफ्नो अधिकार खोज्नेले अरुको अधिकारको पनि सम्मान गर्न जान्न् पर्छ । अधिकार मागेर लिने कुरा हैन बरु लिन जान्नु पर्दछ । तपाईंको लेख पढ्दा त मलाई एउत नेपाली उखानको याद आयो ” बान्दरले आफु पनि घर बनाउदैन अरुले बनाएको पनि भत्काउछ ।

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • hangu.......lama wrote on 25 March, 2013, 6:37

    Bhale bhaneko bhale ho pothi bhaneko pothi nai ho ke jahile ni muni ta ho .hehehehehe

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • गोविन्द wrote on 25 March, 2013, 12:21

    मनोविज्ञानको नियमले भन्छ, आफ्नो कुण्ठा पोख्ने सबै भन्दा असल उपाय त्यसलाई सार्वजनिक गर्नु हो | क्रिस्चियन चर्चहरूको जुठोमा पालिएकाहरूको चिन्तनमा नकारात्मक सोच बाहेक के नै आउन सक्छ र ? तिमीहरू नेपाललाई सिंगापुर त बनाउन सक्दैनौ तर नाइजेरिया अवस्य बनाउने छौ | लेखिकाको सोचका केही भाग सत्य भए पनि एकपटक मुसलमानसंग विवाह गरेर पाकिस्तान वा अरव देशहरूमा जाउ, बल्ल तिमीलाई नेपाली संस्कृतिले दिएको स्वतन्त्रताप्रति सम्मान जाग्ने छ |

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • himal bhusal wrote on 28 March, 2013, 1:40

    mahila haru paxi parnu ko karan uniharu nai sachhyam nahunu ho…sakne vae garera dekhae hunxa..n k ko mahan janyudh ho tyo ta nepali nepali bich ko katmar thio..mahan vanna laj lagnuparne hainara??

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • books wrote on 31 March, 2013, 5:07

    pratikriya ko lagi kei 6odenan mero lagi

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु