नेपाल बैंकको नाफा साढे १७ करोड :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

नेपाल बैंकको नाफा साढे १७ करोड

७ चैत, काठमाडौं । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०६८/०६९ मा १७ करोड ६३ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १२ करोड ८३ लाख ४७ हजार रुपैयाँमात्र खुद मुनाफा आर्जन गरेको थियो ।

nepal bank ltdबैंक व्यवस्थापन समितिका संयोजक प्रा.डा. देवराज अधिकारीले प्रस्तुत गरेको आव २०६८/०६९ को वित्तीय विवरणअनुसार बैंकले ५६ अर्ब ५ करोड २३ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । त्यस्तै, बैंकले ८ अर्ब ३९ करोड १७ लाख रुपैयाँ लगानी गरेको जनाएको छ ।

बैंकको खुद कर्जा सापट २७ अर्ब ६७ करोड ८ लाख रुपैयाँ रहेको छ भने निष्त्रिmय कर्जा अनुपात ५.५८ प्रतिशत रहेको छ । अघिल्लो आवको तुलनामा ०६८/०६९ मा बैंकको कर्जा सापट तथा लगानी विस्तार भएको छ । कमिशन तथा अन्य आम्दानी पनि आशातीतरुपमा बृद्धि भएको बैंकले जनाएको छ ।

बैंकको वित्तीय अवस्था र संस्थागत सुशासनमा समस्या देखिएपछि नेपाल राष्ट्र बैंकले ०५८ चैत १ गते बैंकको व्यवस्थापन आफ्नो जिम्मामा लिएर संस्थागत सुधारका कार्यक्रमहरु अगाडि बढाइरहेको छ ।

2 Comments on “नेपाल बैंकको नाफा साढे १७ करोड”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु