राष्ट्रसंघ उपमहासचिवले समायोजनमा रहेका पूर्व लडाकूलाई भेटे :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

राष्ट्रसंघ उपमहासचिवले समायोजनमा रहेका पूर्व लडाकूलाई भेटे

७ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका राजनीतिक मामिलासम्वन्धी उप महासचिव जेफ्री फेल्टम्यानले नेपाली सेनामा समायोजनका लागि तालिमरत पूर्व लडाकूहरुसँग भेटवार्ता गर्नु भएको छ ।

फेल्टम्यानले सैनिक प्रतिष्ठान खरिपाटी पुगेर अधिकृत क्याडेट समायोजन आधार तालिममा सहभागी पूर्व लडाकूहरुसँग कुराकानी गर्नु भएको हो । उहाँले तालिमरत पूर्व लडाकूहरुलाई अन्य विकल्पहरु रहंदा रहंदै समायोजन रोज्नुका कारण र तालिमको अनुभवबारे जिज्ञासा राख्नु भएको थियो ।

pic

जवाफमा पूर्व लडाकूहरुले राष्ट्र र जनताको सेवा गर्ने अमूल्य अवसरको रुपमा सैनिक सेवा रहेको र तालिम अकल्पनिय रुपमा स्तरिय, सकारात्मक र ज्यादै सौहार्दपूर्ण वातावरणमा संचालन भईरहेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रसंघका उप महासचिव फेल्टम्यान र प्रधानसेनापति गौरव शम्शेर जबराबीच भेटवार्ता पनि भएको छ ।

भेटमा उपमहासचिवले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि राष्ट्रसंघीय मिशनहरुमा फौज पठाई पुर्‍याएको योगदानप्रति धन्यबाद व्यक्त गर्दै भविष्यमा यसको निरन्तरताको अपेक्षा गर्नु भएको थियो । शान्ति प्रक्रियाको व्यवस्थापन तथा लडाकू समायोजनमा तटस्थ भुमिका निर्वाह गरी शान्ति प्रक्रियालाई सहज र सकारात्मक तवरले टुंङ्गोमा पुर्‍याउन सेनाले खेलेको तटस्थ भुमिका र योगदानप्रति उप महासचिवले आभार व्यक्त गर्नु भएको थियो ।

2 Comments on “राष्ट्रसंघ उपमहासचिवले समायोजनमा रहेका पूर्व लडाकूलाई भेटे”
  • सच्च नेपाली wrote on 20 March, 2013, 12:45

    आतंककारी हरु। नेपाली सेना को नाम म राजनीति गरेर बिखन्दन ल्याउन आको नि के को देश्भक्ती हुन्थ्यो।

    Like or Dislike: Thumb up 5 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

  • gyanu wrote on 20 March, 2013, 13:09

    hamra nagarikle senama janu ki najanu ani hamra camp herna unlai khasai kam ke hun6 ra?

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु