७ चैत, बर्दिवास । महोत्तरीको हात्तीलेट-९ का शुक्रबहादुर आलेको परिवार विदेश कमाउन गएको छोरा लिङ्ग परिवर्तन गरी छोरी भएर फर्केपछि आश्चर्यमा परेका छन ।
घरको गरिबीले दिक्क भएर १० वर्षअघि १५ वर्षको उमेरमा भारत पसेको छोरा वुद्घबहादुर आले भर्खरै छोरी भएर बबली नाउँ राखेर र्फकदा आले परिवार आश्चर्यमा परेको हो । शुक्रबहादुर र चिजमाया आलेका तीनवटी छोरीपछिको रहरको छोराले लिङ्ग परिवर्तन गरी छोरी बनेर घर र्फकदा अनौठोसँगै विस्मात पनि लागेको आले परिवारले बताएका छन् ।
सन्तानको आफ्नै रहरको निर्णय भएकाले उसको निर्णयमा चित्त बुझाएर खुसी हुनुपरेको आमा चिजमाया आलेको भनाइ छ । वुद्घ छोरा भएर जन्मेपनि सानैदेखि छोरीजस्तै आनीबानी भएको र साथी पनि केटीलाई नै बनाउने गरेको आले दम्पतीको पुरानो स्मृति छ ।
सानोमा कतिपयले मोङ्मेहरा (आइमाइजस्तो) भनेर जिस्क्याउँदा उ दिक्क मान्ने गरेको बाबु शुक्रले वुद्घको वाल्यकाल सम्झदै बताएका छन् । अहिले १० वर्षपछि लिङ्ग परिवर्तन गरेर फागुपर्व मनाउन घर आएकी बबली -वुद्घ)ले आफ्नो शरीरमा पुरुष जनेन्द्रीय भए पनि आफू सधैँ केटी रहेको बोध हुने गरेकाले विज्ञानले दिएको सुविधाअनुसार लिङ्ग परिवर्तन गरेको बताएकी छिन् ।
भारतको मुम्बईमा काममा रहँदा त्यहाँका साहुले लिङ्ग परिवर्तन गर्न सल्लाह, सुझाव र सहयोग जुटाई दिएपछि चार वर्षपहिले आफ्नो स्वभावअनुसारको लिङ्ग फेर्न पाएपछि खुसी लागेको बबलीको भनाइ छ । नाच्ने, गाउने कुरामा निक्कै रमाउने बबली यस्तो काम आफ्नै देशमा पाए विदेश नजाने बताउँछिन् ।
भारतमा हुँदा एकदुईजना युवाको प्रेमजालमा परेको बताउने बबलीले तत्काल बिहेबारीको योजना नरहेको स्पष्ट पारेकी छन् । उमेरमा आफूप्रति युवाहरु लठ्ठिनुलाई आफ्नो रुप, यौवन र सौन्दर्यको करामत ठान्ने बबलीले रोजाइको जीवनसाथी नेपाली नै बनाउन चाहेको बताएकी छन् । रासस
लौ मरियो
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
आमाबाबुको इच्छा नबुझ्ने छोरा, छोरा होइन भन्थे बुढापाका शुक्रबहादुर आले अर्थात बबली ले प्रमाणित गरे ।
Like or Dislike:
16
1
[जवाफ फर्काउनुहोस्]
Hoina, Paisaa/Kharrrchha Naalaagdoo rachha ki ke ho ? Yo tesaai vnejasto Hjiloiii holaa ra !
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Good interest.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Koi chha jwai banne rahar vako???????????
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Ye rata makai !!! Bachha pauna pani milchha re ????
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
ma pani kt banu ki kya ho…………..?
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Ma garchu bihe bachha pani chahidian malai hunchaki nai
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
suresh Reply: March 20th, 2013 at 4:31 pm
kati hasni….mata hasiri marni bhayo…..yo kan li pani k k sunuparni ra yo akhali k k dekhnu parni bidis gako 6oro kamaula bhani ko ta keati banira po aaxa.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Jun deshma purush bhanda mahila dherai 6an tehi deshma purush pani mahila banna thalepa6i aba k hola?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yesto linga change gareko Ma sex Garda chaytera ragat ayo bane k garne hola?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Thikai ho aafno chahana aanusar bachnu painxa tesma hamro vannu khi xaina…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]