७ चैत, काठमाडौं । प्रधानन्यायाधीशको नेतृत्वमा पूर्वसचिव र पूर्वप्रशासक सम्मिलित सरकार गठन भएलगत्तै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भीडभाड हृवात्तै घटेको छ । मन्त्री भएका नेतालाई भेट्न पुग्ने कार्यकर्ता, तिनै नेताका अनावश्यक सहयोगी र सहयोगीका पनि आफ्ना मान्छेहरु ओहोर-दोहोर हुने मन्त्रालयहरु अहिले सुनसान जस्तै देखिन्छन् ।
२४ वटा मन्त्रालयसहित झण्डै ५० वटा सरकारी निकाय रहेको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा हिजोआज काम गर्ने कर्मचारी र सेवा लिन पुग्ने केही सर्वसाधारणबाहेक अनावश्यक मान्छे प्रवेश गर्न छाडेका छन् ।
खाली छ दक्षिण गेट
केही दिनअघिसम्म सिंहदरबार प्रवेश गर्ने दक्षिण ढोकामा भित्र प्रवेश गर्नेहरुको लाइन हुन्थ्यो । मन्त्री र उनका सहयोगीलाई भेट्नेदेखि भनसुनका लागि जानेहरु बिहानैदेखि लाइनमा उभिन्थे । भित्रबाट पास मगाउँथे । अनि भित्र पस्नका लागि सुरक्षार्मीलाई अनुनय विनय गरिरहेका हुन्थे ।
तर, सरकार परिवर्तन भएसँगै दक्षिण गेटको यो अवस्थामा निकै परिवर्तन आएको छ । कर्मचारीबाहेक अरु मान्छे त्यहाँ पुग्न छाडेका छन् । सिंहदरबार प्रवेश गर्ने दक्षिणढोकामा कार्यरत एक प्रहरी अधिकृतका अनुसार पहिले दैनिक झण्डै १४ सय सर्वसाधारण सिंहदरबार छिर्थे । अहिले यो संख्या झण्डै २ सय ५० मा झरेको छ ।

कर्मचारीलाई हाइसञ्चो
भित्र प्रवेश गर्ने मान्छे घटेपछि मूलढोकामा उभिएका सुरक्षाकर्मीलाई मात्र होइन, भित्र काम गर्ने कर्मचारीलाई पनि निकै हाइसञ्चो भएको छ । मन्त्री भेट्न र काम लिन भन्दै आउने नेता, कार्यकर्ता र निजी सचिवका आफ्ना मान्छेहरु नभएपछि अहिले मन्त्रीको निजी सचिवायल खालीजस्तै देखिन्छ ।
‘भीडभाड छैन, शान्त छ, निकै परिवर्तन आएको छ’ वन तथा भूसंरक्षण मन्त्रालयमा मन्त्रीको निजी सचिवालयमा कार्यरत कर्मचारी मीनबहादुर कुँवरले अनलाइनखबरसित भन्नुभयो-’पहिले त यहाँ खुट्टा राख्ने ठाउँसम्म हुन्नथियो ।’ यस्तै अनुभव छ कृषि विकास मन्त्रालयमा कार्यरत कर्मचारी दयानिधि दुवाडीको पनि । ‘काम लिन र भनसुन गर्न भन्दै आउने मान्छे नै छैनन् अहिले त’-उहाँले अनलाइनखबरसित भन्नुभयो ।
अनावश्यक मान्छे जान थालेपछि हाइसञ्चो त भएको छ नै । त्यसमाथि कर्मचारी संयन्त्र राम्रोसँग बुझेका मान्छे मन्त्री भएपछि कामको बारेमा भनिरहन पनि पर्दैन । ‘पहिलेका मन्त्रीहरुलाई बुझाउनै समय लाग्थ्यो’ आठजना मन्त्रीका सचिव भएर काम गरिसकेका शान्ति तथा पुननिर्माण मन्त्रालयका कर्मचारी प्रकाश महताराले भन्नुभयो-’अहिलेका मन्त्रीज्यूहरुलाई त सबै कुरा थाहा छ, हामीले केही भन्नै पर्दैन ।’
संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको निजी सचिवालयमा कार्यरत कर्मचारी युवराज सुवेदीको अनुभव पनि यस्तै छ । ‘अहिलेका मन्त्रीज्यूहरु सबैले दैनिक कार्य सञ्चालनबारे राम्ररी कुरा बुझ्नु भएकाले हामीलाई सजिलो भएको छ ।’
बधाइ दिन जाने पनि छैनन्
राजनीतिक दलका नेता मन्त्री हुँदा सम्बन्धित पार्टीका अरु नेता, कार्यकर्ता मात्र होइन, विभिन्न क्षेत्रबाट बधाइको ओइरो लाग्थ्यो । भेटेरै बधाइ दिँदा आफूले लिन खोजेको काम पनि बन्ने भएकाले धेरैजना मन्त्रालयमै भेट्न आउँथे । तर, अहिले यस्तो छैन ।
‘पहिलेका मन्त्रीहरुलाई त नियुक्ति भएको महिनादिनसम्म पनि बधाइ र शुभकामना दिन भन्दै आउनेहरुको लाइन लाग्थ्यो, अहिले त्यस्तो छैन’ शान्ति मन्त्रीको निजी सचिवालयमा कार्यरत कर्मचारी प्रकाश महताराले अनलाइनखबरसित भन्नुभयो-’मन्त्रीलाई बधाइ दिनेहरुले ल्याइदिएको फूलमालाले किचनकोठा नै भरिन्थ्यो ।’ अहिलेका मन्त्रीलाई नियुक्ति र पदभार ग्रहण गरेको दिनमा बाहेक अरु दिन बधाइ दिन भनेर खासै मान्छे आएका छैनन् । ‘उहाँका समकालीन र मन्त्रालयका मान्छेहरुले हिजै बधाइ दिइहाल्नुभयो, परिवार र आफन्तले निवासमै भेटेर दिए होलान्, अब यहाँ अरु त को आउने ?’ वन तथा भूसंरक्षण मन्त्रालयका अर्का कर्मचारी नवराज अर्यालले भन्नुभयो ।
मन्त्रीलाई भने भ्याई नभ्याई
पहिलेको सरकारमा डा. बाबुराम भट्टराईको भागमा मात्रै धेरै मन्त्रालयको जिम्मेवारी थियो । तर, अहिले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी सहित जम्मा ११ जना मात्र सदस्य रहेकाले एकैजनाले चार/पाँचवटा मन्त्रालयसम्म भ्याउनुपर्ने अवस्था छ । त्यसैले एउटा मन्त्रालयमा छिर्नेबित्तिकै त्यहाँको जानकारी बुझेर मन्त्री फेरि अर्को मन्त्रालय पुगिहाल्छन् ।
S
Like or Dislike:
5
4
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: March 20th, 2013 at 11:02 am
जंगल बाट आएका खान नपाका बांदर हरुले भरिएको थियो / बल्लतल्ल पशुपती लएर थनकाईयो अब तेहि प्रसाद खाएर बस्ने छ्न जिन्दगी भरी
Well-loved. Like or Dislike:
78
36
[जवाफ फर्काउनुहोस्]
Rajesh Reply: March 20th, 2013 at 2:15 pm
yo comgressi mai wakkai lagaune vayo; kura prachanda ko vanda badhi feri feri bolchha; maobadi le afai chodeko kangress le hataeko ho ra bewakhup
Like or Dislike:
11
12
[जवाफ फर्काउनुहोस्]
dami bg bhaye6 ni ta mantri bro haru la badhai 6 hai.
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
Yestai hunupar6.
Well-loved. Like or Dislike:
23
0
[जवाफ फर्काउनुहोस्]
mero tarfa bata pani badhai 6 sabai mantri haru lai
Like or Dislike:
19
0
[जवाफ फर्काउनुहोस्]
चिनिया मॉडलमा देश गयो.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
nepal bata neta ko sarkar haina aba karmachariko sarkar hunuparchha lutera khane aanpadhako jamatle chalayako thiyo mero desh balla ramro bhayako chha thanks god
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
muktiram shrestha Reply: March 20th, 2013 at 6:21 pm
neta haruko agadi ahela baneko karmachari mantri harule dherai kura garera dekhaunu parxa ra rajniti garnalai desko barema part pani sekaunu parxa jasto lagxa des ra jantako lagi ramro garnuhos janta lae sukha santi dinuhos vandai ahile baneko mantri harulai suvakamana
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yo kangersi nam vaako comment garne jantu chai kunchai vrastachari kangresi ko jhole parexa kunni jata tatai comment garna vyako xa.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
राँचीको मानसिक अस्पतालबाट एउटा नेपाली युवक उपचारको क्रममा भाग्नु भएको छ | नाम के भन्दा काङ्ग्रेसी भन्नु हुन्थ्यो | घर काँ भन्दा काँग्रेस भन्नु हुन्थ्यो | पेशा के भन्दा काँग्रेसको कमारो भन्नु हुन्थ्यो | बुवाको नाम के भन्दा काँग्रेस खुरापाती भन्नु हुन्थ्यो |रूची के भन्दा कांग्रेसको चाकरी भन्नु हुन्थ्यो |कति पढ्नु भाको छ भन्दा काँग्रेस विश्वविद्यालयट काँग्रेस अध्ययनमा काँग्रेसोत्तर गरेको छु र अहिले सोही विश्वविद्यालयबाट ‘नेपाल कसरी सिध्याउने’ भन्ने विषयमा काँग्रेसवारिधी गर्दै छु भन्नु हुन्थ्यो | वहाँ भागेर नेपाल आउनु भाको छ रे | अन्लाइन खबरमा काङ्ग्रेसी भन्दै खूब कमेन्ट हान्नु हुन्छ रे | कृपया वहाँलाई देख्ने भेट्ने साथीहरूले नजिकैको मानसिक अस्पतालमा बुझाइदिनु भए हामी आभारी हुने थियौं |
Like or Dislike:
19
11
[जवाफ फर्काउनुहोस्]
hehehehehehe kati hasne holaaaaaa, ma ta haserai marne bho bai…….read the coment alias Dr. jesika
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Ma ta marxu ki kyaho…………..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
khate sala haru kagresh ra mobadi ani yamale duniya kutta haru paleko rahecha ani feri sala dada giri garne hat ma seep ra yogya padhai chaina ke garne ani dada giri, ta tyo ma yo sabai jana keko thulo kura garchau gharma aama ra babalai thik time ma khna basnu puryaunu sakeko chaina hola yastai aabhara jantale garda npl bigreko……..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
राम्ऱो भो नेपालमा यस्तै सधै काम बुझेका मन्तरी भए छिटो बिकास हुनेथियो र देशको बयर्थको खर्च बचने थियो।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
yenhi nai thik nai chha
pahila ka jasto sabi bhanda j j garchan kam se kam ta hola ni .yedi ramro garyo bhena ta yeti nai mantri hunu parcha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]