७ चैत, काठमाडौं । प्रहरीले सुनसरीको खेलीखोलामा अबैध भीओआइपी सञ्चालन गर्ने २ जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले इटहरी-१ खेतीखोलास्थित दिलकुमार अधिकारीको घरमा अबैध भीओआइपी सञ्चालन गर्ने भोजपुरका नबराज कार्की र मोरङका उमेश भण्डारीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट भीओआइपी सञ्चालनका समाग्रीहरु बरामद गरिएको सीआईबीले जनाएको छ ।