७ चैत, काठमाण्डौ । बिदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्राउँदै आएको प्रभु मनी ट्रान्सफर र नेपालको ‘क’ बर्गको बाणिज्य वैंक मेगा बैंक नेपाल लिमिटेडवीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापछि बिदेशबाट प्रभु मनि ट्रान्सफरमार्फत पठाएको पैसा मेगा बैंकका मुलुकभरका २८ वटा शाखाबाट भुक्तानी लिन सकिने छ । सम्झौता पत्रमा प्रभु मनि ट्रान्सफरका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर सापकोटा र मेगा बैंकका तर्फबाट नायव महाप्रबन्धक रविना देशराज श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
११ बर्षदेखि बिदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिटेन्स भित्राउँदै आएको प्रभु मनि ट्रान्सफरले मलेसिया र अमेरिकाबाट आफ्नै कार्यालयमार्फत तथा खाडी मुलुकसहित नेपाली कार्यरत सबैजसो मुलुकबाट बिभिन्न कम्पनीसंग मिलेर रेमिट्यान्स भित्राउँदै आएको छ ।
पछिल्ला दिनमा संजाल विस्तारलाई तिब्रता दिएको प्रभुले हालै नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य वैंक, कृषि बिकाश वैंक र कुमारी बैंक, कमर्ज एण्ड ट्रष्ट बैंक, सिटिजन्स बैंक, लगायत अधिकांश बाणिज्य बैंकसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरी करिव साढे ६ सय भुक्तानी केन्द्र थप गरेको छ । योसँगै प्रभुले मुलुकभरबाट करिव २ हजार ३ सय काउन्टर तथा शाखाबाट रकम भुक्तानी गर्छ ।
ramro 6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]