पट्याएर शुटकेस झैँ बोक्न मिल्ने स्कुटर (फोटोफिचर सहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पट्याएर शुटकेस झैँ बोक्न मिल्ने स्कुटर (फोटोफिचर सहित)

सहरमा गाडिको संख्या बढेसँगै पार्किङ गर्ने ठाउँको पनि अभाव हुँदैछ । जथाभावी पार्किङले सहर पनि कुरुप बनाउँदैछ । सायद यहीँ विश्वव्यापी समस्याको हल खोज्ने क्रममा हंगेरीको एक कम्पनीले फोल्ड गरेर शुटकेसलाई जस्तो गरी गुडाउन मिल्ने स्कुटरको निर्माण गरेको छ । एन्ट्रो ग्रुप कम्पनीले निर्माण गरेको यो पट्याउन मिल्ने स्कुटर ब्याट्रीबाट चल्छ ।

1

मोभियो नाम दिइएको यो स्कुटर सडकमा २८ किलोमिटर प्रतिघण्टाको गतिमा कुँदाउन सकिन्छ ।

जम्माजम्मी तौल २५ किलो रहेकेा यो स्कुटरको ब्याट्री एकपटक पूरा चार्ज गरेपछि २२ माइलसम्म गुृड्छ । जबकी ब्याट्री फूल चार्ज हुन जम्मा एक घण्टा मात्र लाग्छ । यो स्कुटर बिच भागबाट पट्याएर ठ्याक्टै शुटकेस जस्तो बनाउन सकिन्छ अनी मज्जाले घर वा अफिस भित्र लग्न सकिन्छ ।

पट्याउँदा धूलोमैलो लाग्ने पांग्रा लगायतका भागहरु पूरै बाहिरी खोलभित्र पर्ने भएकाले यसको बाहिरी सुनौलो रङ मात्र देखिन्छ र झ्वाट्ट हेर्दा त्यो स्कुटर हो भन्न पनि गाह्रो पर्छ ।

अर्को वर्षको सुरुबाट यो मोड्न मिल्ने स्कुटर बजारमा पठाउने लक्ष्य कम्पनीको रहेको छ । यसको मुल्य युरोपेली बजारमा २ हजार पाउण्ड तोकिएको छ ।

2345

11 Comments on “पट्याएर शुटकेस झैँ बोक्न मिल्ने स्कुटर (फोटोफिचर सहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु