पुरुषका लागि कण्डमको विकल्प :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पुरुषका लागि कण्डमको विकल्प

महिलाहरुका लागि बजारमा विभिन्न खाले गर्भनिरोधक औषधि तथा अन्य विधिहरु समेत उपलब्ध छन् । तर पुरुषहरुको हकमा गर्भनिरोधको विधिमा अस्थायी तर्फ कण्डम र स्थायी तर्फ भ्यासेक्टोमी मात्र उपलब्ध छ, अहिलेसम्म ।

sperm_244x183

तर वैज्ञानिकहरुले पुरुषहरुका लागि पनि गर्भनिरोधको एक नयाँ विधिको आविष्कार गरेका छन् । स्पर्म ज्यापिङ नाम दिइएको उक्त प्रविधि पुरुषको गर्भनिरोधक विधि हो । यसमा अल्ट्रासाउण्ड विधिद्वारा शुक्रकिटको मात्रालाई कम गरिन्छ । यो नयाँ विधिलाई पूर्णता दिन अहिले वैज्ञानिकहरुले अन्तिम अनुसन्धानमा जुटिरहेका बताइएको छ ।

के हो स्पर्म ज्यापिङ ?

शोधका क्रममा जब हल्का मात्रामा अल्ट्रासाउण्ड भाले मुसाको अण्डकोषमा ठोक्काइयो तब उक्त मुसाको अण्डकोषले शुक्रकिट उत्पादन गर्न छाडेको पाइयो । यद्यपि अल्ट्रासाउण्ड मार्फत मानिसको अण्डकोषमा विकिरण पठाउँदा त्यसले शुक्रकिटको उत्पादन पूरै त रोक्दैन तथापि शुक्रकिटको उत्पादन घट्ने तथा उत्पादित शुक्रकिटहरुमध्ये पनि धेरै बाँझो अर्थात् डिम्बसँग निशेषच गर्न नसक्ने हुन्छन् । यस्तोमा पुरुषले सम्भोग गर्दा पनि गर्भ रहने सम्भावना निकै कम हुन्छ । पुरुषले यस्तो बाँझोपन हटाएर पहिलेकै अवस्थामा फर्किन एक विशेष सुइ लिनुपर्छ ।

कसरी गरिन्छ ?

यस विधिमा पुरुषको विर्यबाहिनी नली -भास डिफेरेन्स) मा अल्ट्रासाउण्डको माध्यमद्वारा विकिरणयुक्त रसायन पठाइन्छ, जसले उक्त नलीमा शुक्रकिटको प्रवाह रोक्दछ । यसलाई पुरुषहरुले गर्भनिरोध विधिको एक प्राकृतिक तरिकाको रुपमा अपनाउन सक्छन् ।

वैज्ञानिकहरुले अहिलेसम्मको परीक्षणका क्रममा यो विधिका कुनै पनि साइड इफेक्ट फेला नपरेको भन्दै अब छिटै यसलाई आधिकारिक रुपमा प्रयोग ल्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।

18 Comments on “पुरुषका लागि कण्डमको विकल्प”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु