७ चैत, काठमाडौं । इलाम उद्योग वाणिज्य संघको इतिहासमा पहिलोपटक महिलाको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको छ । संघको छैठौं अधिवेशनले सुशिला सापकोटालाई निर्वाचित गरि संघको नेतृत्व प्रदान गरेको छ ।
संघको प्रथम उपाध्यक्षमा नुतनदेव दुलाल द्धितिय उपाध्यक्षमा ईश्वर चिपालु निर्वाचित हुनुभएको छ । त्यस्तै, महासचिवमा विजय खाकी, सचिवमा दूर्गा श्रेष्ठ (मदन), कोषाध्यक्षमा आनन्द प्रसाद कट्टेल निर्वाचित हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुले बुधबार पदभार ग्रहण गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाले आर्थिक रुपमा महिलाहरुलाई सशक्त बनाउन सकेमात्र गाउँ, समाज र राज्यको विकास हुने धारणा व्यक्त गर्नुभयो । सोही अवसरमा उहाँले नवनिर्वाचित कार्य समितिको क्षमता विकास सम्बन्धी कार्यक्रम संचालन गर्न २० हजार रुपैयाँ प्रदान गर्नु भएको थियो ।