७ चैत, काठमाडौं । नेपालस्थित कूटनीतिक नियोगका प्रमुखले नेकपा-माओवादीलाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् ।
माओवादी अन्तर्राष्ट्रिय विभागले गरेको छलफलमा सहभागी विभिन्न देशका राजदूतले संविधानसभाको निर्वाचन बहिष्कार नगरी निर्वाचनमा भाग लिन आग्रह गरेका हुन् ।छलफलपछि माओवादीका उपाध्यक्ष एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख सिपी गजुरेलले राजदूतहरूले निर्वाचनमा जान आफूहरूलाई आग्रह गरे पनि वर्तमान सरकारले गराउने चुनावमा आफूहरू सहभागी नहुने स्पष्ट पारिएको बताउनुभयो । उहाँले भन्नुभयो- ” विघटित संविधानसभामा रहेका २४ दलको सहमतिबिना तीन दल र मधेसी मोर्चाले गरेको बाधा अड्काउ फुकाउ प्रक्रिया, ११ बुँदे सहमतिको खारेजी र वर्तमान सरकारको विघटन गरी दलभित्रैबाट चुनावी सरकार गठन भएमा मात्रै हामीले निर्वाचनमा भाग लिन्छौंँ भन्ने कुरा उहाँहरूसँग राख्यौं । “
जनताले आफ्नो अभिमत व्यक्त गर्ने एक मात्रै माध्यम निर्वाचन भएकाले त्यसमा सहभागी हुन आग्रह गरिए पनि कस्तो चुनाव र कसको नेतृत्वमा हुने चुनाव भन्ने नेपालका दलले आफैँ निर्धारण गर्नुपर्ने धारणा बैठकमा सहभागी राजदूतले राखेको नेता गजुरेलले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो-”राष्ट्र र जनताको आवश्यकताअनुसार चुनावमा भाग लिन पनि सकिने वा नलिन सकिने नीति पार्टीले लिएको छ तर अहिले चार पक्षको सहमतिमा भएको सरकारले गर्न लागेको निर्वाचन नौटङ्की मात्रै भएकाले यसमा सहभागी हुन्नौं । “
उहाँले विघटित संविधानसभामा रहेका ९१ सभासद् आफ्नो पार्टीमा रहेको जानकारी राजदूतलाई दिँदै आफ्नो पार्टीलाई बेवास्ता गर्दै चार शक्ति अगाडि बढेको भन्दै आपत्ति जनाउनुभएको थियो ।
छलफलमा चीन, नर्वे, अस्ट्रेलिया, फिनल्यान्ड, रुस, इजरायल, युरोपेली सङ्घ, जापान, गणतन्त्र कोरिया, प्रजग कोरिया लगायत १५ भन्दा बढी देश र सङ्घका राजदुत सहभागी थिए । छलफलमा भारतीय राजदूतावासका प्रतिनिधिका रुपमा द्वितीय सचिवको सहभागिता रहे पनि संयुक्त राज्य अमेरीकाको राजदूतावासबाट भने कोही सहभागी थिएनन् ।
IS GOOD IDEA PL Z FOLLOW
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
bastawama tapae hrule niwachan ma bdha npuryera bahiskar garda desh le jit6 jasto lg6 ho cp g
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
अब यिनिहरुले चुनाव बहिस्कार गर्यो भने जनता ले यिनी हरुलाई नै
बहिस्कार गर्नु पर्छ। कुनै पनि हालतमा चुनाव हुनु
Like or Dislike:
6
8
[जवाफ फर्काउनुहोस्]
मुर्खताको कुनै औषधि हुदैन. खिलराजको बिरोध गर्ने बैद्य मण्डली भ्रस्ट लोकमानको किन बिरोध गरिरहेका छैनन्? के त्यस्ता मान्छेलाइ अख्तियारको प्रमुख आयुक्त बनाउनु ठिक हो त बैद्य बा?
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
baidya ba ra unko party le aafno din ganti garna suru garey huncha aba!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
jhakri baiddhyaharu adhunik kurako birodh garchhan, thaha bhayeko kura ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]