इण्डो नेपाल भलिबलको उपाधी पुलिसलाई :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

इण्डो नेपाल भलिबलको उपाधी पुलिसलाई

७ चैत, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न इण्डो नेपाल आमन्त्रण भलिबल प्रतियोगिताको उपाधी विभागीय टोली नेपाल पुलिस क्लवले जितेको छ ।

बुधबार स्थानीय रंगशालामा भएको खेलमा पुलिसले भारतको रेल-वे टिम गोरखपुरलाई ३-१ को सेटमा पराजित गर्दै उपाधी घरमै राख्न सफल भएको हो । जितसँगै पुलिसले नगद १ लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता टोली रेलवेले १ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

भारतको सागर स्पोर्टस क्लव उत्तराखण्डलाई ३-१ को सेटमा हराउँदै नेपाल आर्मी तेस्रो स्थानमा रहन सफल भएको छ । प्रतियोगितामा ३ भारतीय र ३ नेपाली टोलीको सहभागिता रहेको रहेको थियो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु