७ चैत, तेल अविव । इजरायलले बुधबार अमेरिकी राष्ट्रपति बाराक ओबामालाई उहाँको आगमनमा एक समारोहबीच भव्य रूपमा स्वागत गर्दै उहाँले इजरायलको सहयोग तथा प्रतिरक्षाका लागि अविचलित रूपमा प्रयास गरेको भनी प्रशंसा गरेको छ । यो उहाँ राष्ट्रपति भएपछिको इजरायलको पहिलो भ्रमण हो ।
विमानबाट उत्रिएपछि राष्ट्रपति ओबामालाई इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु तथा राष्ट्रपति सिमोन पेरेजले स्वागत गर्नुभयो । प्रधानमन्त्री नेतान्याहुले उहाँलाई मध्यपूर्वमा ऐतिहासिक परिवर्तनको समयमा इजरायलको पक्षमा उभिएकोमा धन्यवाद दिनुभयो । उहाँले इजरायलको अस्तित्वको प्रतिरक्षाको अधिकारको रक्षाका लागि पनि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यहुदीहरूको गृहराज्यका लागि संयुक्त राष्ट्र सङ्घमा प्रतिरक्षाका लागि पनि धन्यवाद व्यक्त गर्नुभयो ।
राष्ट्रपति पेरेजले समकक्षी ओबामालाई अमेरिका इजरायलको पक्षमा उभिएकोमा धन्यवाद व्यक्त गर्दै दुई मुलुकको नजिकपना तथा साझेदारीले यहुदी राज्य संरक्षण गर्न सकिएको बताउनुभयो ।
उहाँले अमेरिकाको मित्रताविहीन विश्वमा इजरायलले आक्रमण भोग्ने बताउनुभयो । राष्ट्रपति ओबामाले इजरायलसँगको अमेरिकी सम्बन्ध शाश्वत भएको र आफूले इजरायल आफ्ना छिमेकीसँग शान्तिपूर्ण बसेको देख्न चाहेको बताउनुभयो । उहाँले अमेरिका इजरायलको पक्षमा बलियो सहयोगीको रूपमा रहेकोमा गौरवान्वित भएको बताउनुभयो ।
उहाँले ‘होली ल्यान्ड’ मा शान्ति स्थापना हुनैपर्ने र अमेरिकाले इजरायल आफ्ना छिमेकीसँग शान्तिपूर्ण रूपमा बसेको हेर्न प्रयास कहिल्यै नछोड्ने पनि उल्लेख गर्नुभयो ।
इजरायली राष्ट्रपति पेरेजले पनि इजरायलले प्यालेस्टाइनसँग दशकौँ लामो द्वन्द्व अन्त्य गरी प्यालेस्टाइनीले पनि आफ्नो राज्यको उपभोग गरेको देख्न चाहेको बताउनुभयो । उहाँले इजरायलले मध्यपूर्वका सबै मुलुकसँग शान्तिका लागि हात अगाडि बढाएको बताउनुभयो । रासस/एएफपी
good
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]