बङ्गलादेशका राष्ट्रपतिको सिङ्गापुरमा निधन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बङ्गलादेशका राष्ट्रपतिको सिङ्गापुरमा निधन

७ चैत, ढाका । बङ्गलादेशका राष्ट्रपति तथा सत्ताधारी दलका वरिष्ठ राजनीतिज्ञ जिलुर रहमानको बुधबार सिङ्गापुरको एक अस्पतालमा देहावसान भएको छ । सन् २००९ मा राष्ट्रपति हुनुभएका स्वर्गीय रहमान ८४ वर्षको हुनुहुन्थ्यो ।

सिङ्गापुरका लागि बङ्गलादेशी उच्चायुक्त एम महबुबुजामानले राष्ट्रपतिको सिङ्गापुरमा स्थानीय समय अनुसार साँझ ६ः४७ बजे देहावसान भएको जानकारी दिनुभयो । राष्ट्रपति रहमान मिर्गौला तथा स्वासप्रस्वासका समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य अवस्था बिगि्रदै गएकाले फेब्रुअरी १० का दिन उहाँलाई हवाइ एम्बुलेन्सबाट सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पताल लगिएको थियो ।

उहाँका सचिव साफियुल अलामले बङ्गलादेशका संस्थापक नेता शेख मजिबर रहमानका नजिकका सहयोगी राष्ट्रपति रहमान प्रौढ उमेरका जटिलताबाट ग्रस्त हुनुभएको जानकारी दिए । सत्ताधारी अवामी लिगका पूर्व उपप्रमुख तथा बङ्गलादेशका १९ औँ राष्ट्रपतिका एक छोरा र दुई छोरी हुनुहुन्छ र उहाँका छोरा सांसद हुनुहुन्छ ।

संसदको सभामुखले हाल कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ । सभामुख तथा प्रधानमन्त्री शेख हसिनाले राष्ट्रपति रहमानको देहावसानमा समवेदना सन्देश पठाउनुभएको छ । राष्ट्रपति रहमानका पत्नी स्व. इभी रहमान आफैँ पनि राजनीतिज्ञ हुनुहुन्थ्यो र उहाँको सन् २००४ मा अवामी लिगको कार्यालयमा एक बम आक्रमणमा घाइते भई देहावसान भएको भएको थियो । उक्त आक्रमणमा अन्य २० व्यक्तिको पनि मृत्यु भएको थियो । रासस/एएफपी

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु