चुनावलाई सहयोग गर्न उद्योगी व्यवसायीलाई रेग्मीको आग्रह :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

चुनावलाई सहयोग गर्न उद्योगी व्यवसायीलाई रेग्मीको आग्रह

७ चैत, काठमाडौं । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सरकारको मूख्य प्राथमिकता समयमै संविधान सभाको निर्वाचन सम्पन्न गराउनुभएको बताउनुभएको छ । उहाँले उद्योगी-व्यवसायी, राजनीतिक दल, कर्मचारी, सर्वसाधारण सबैलाई चुनावी वातावरण बनाएर सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

बुधबार राजधानीमा २४औं राष्ट्रिय औद्योगिक प्रर्दशनीको उद्घाटन गर्दै अध्यक्ष रेग्मीले सरकार समयमै निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो । पछिल्लो समय श्रम समस्या चर्किदै गएको बताउँदै उहाँले सुमधुर श्रम सम्बन्ध र औद्योगिक वातावरण निर्माण गर्न सरकारले विशेष पहल गर्ने बताउनुभयो । सरकारले लघु उद्यमको प्रवर्द्धनमा सहयोग गर्ने बताउँदै उहाँले व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रन आग्रह गर्नुभयो । मेलाको अवलोकन समेत गर्नुभएका रेग्मीले नेपाली वस्तुहरु अन्तर्राष्ट्रिय स्तरमा प्रस्पिर्धा गर्ने खालका भएको बताउनुभयो ।

अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले छिटोभन्दा छिटो चुनाव सम्पन्न गरेर सरकार हस्तान्तर गर्ने बताउनुभयो । सरकारको पहिलो प्राथमिकता चुनाव सम्पन्न गर्ने भएतापनि दोस्रो प्राथमिकता आर्थिक मुद्धाहरुलाई अगाडि बढाउने रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘यो सरकार विधीको शासनमा विश्वास गर्छ’ उहाँले भन्नुभयो- ‘हामी मुलुकमा विधिको शासन स्थापित गर्न कुनै कसर बाँकी राख्दैनौं ।’ उहाँले मुलुकमा अब विधिको शासन सुरु हुने बताउँदै उद्योगी-व्यवसायीहरुलाई ढुक्कसँग आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नवगठित सरकारलाई आग्रह गर्नुभयो । टे्रड युनियनको नाममा मसल देखाउनेहरुलाई कारबाही गरेर देखाउन सरकारलाई उहाँले चुनौति दिनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले मेला महोत्सवले मुलुकको आर्थिक विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु