८ चैत, काठमाण्डौं । सरकारले माग सुनुवाई नगरेपछि अपांगता भएका व्यक्ति आफैंले अपांगमैत्री सडक निर्माण गर्ने भएका छन् । दृष्टिबिहीन तथा अपांगता भएको व्यक्तिलाई ध्यानमा राखेर राजधानीको जोरपाटीमा अपांगमैत्री सडक निर्माण गर्न लागिएको हो ।
अपांगता भएका व्यक्तिले लामा समयदेखि अपांगमैत्री सडक निर्माण गर्न सरकारसँग माग राखेर आन्दोलन गर्दै आएका थिए । ‘सरकारले हाम्रो मागप्रति बेवास्ता गरेकाले आफ्नै स्तरबाट अपांगमैत्री सडक निर्माण गरेर देखाउन लागेका हौं,’ राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले भने । जोरपार्टीस्थित खगेन्द्र नवजीवन केन्द्रदेखि नारायणटारचोकसम्म करिब सय मिटर अपांगमैत्री सडक निर्माण गर्न लागिएको हो । उक्त सडकको चौडाई साढे तीन मिटरको हुने अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
खगेन्द्र नवजीवन केन्द्र र जोरपाटी गाविसको सहयोगमा ‘खगेन्द्र अपांगमैत्री’ नामक सडक निर्माण गर्न लागिएको हो । जोरपाटी गाविसका सचिव विनय सिंखडाका अनुसार उक्त क्षेत्रमा अपांगता भएका धेरै व्यक्तिको बसोबास रहेकाले अपांगमैत्री सडक आवश्यक ठानिएको हो । अपांगमैत्री भवन, सडक, शौचालय र यातायातका साधन नहुँदा अपांगता भएका व्यक्तिले सास्ती बेहोर्दे आएका छन् ।
तपाईहरुले गरेर देखाउनुहोस अनि सरकार बाध्य भएर तपाईहरुको सिको गर्छ होला नी असाधारण क्षमता भएको दाजु, भाई, दिदी, बहिनी, आमा, बुवाहरु
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]