फेन्ड्स र मच्छिन्द्र बराबरीमा रोकिए :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

फेन्ड्स र मच्छिन्द्र बराबरीमा रोकिए

८ चैत्र, काठमाण्डौ । सहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा एनआईबिएल फेन्ड्स क्लबले एनएमबी मच्छिन्द्र क्लबलाई बराबरीमा रोकेको छ ।

a-division

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहीवार भएको खेलमा फेन्ड्सले मच्छिन्द्रलाई बराबरीमा रोक्दै अंक बाडेको हो । खेलमा दुबै टोलीले गोल गर्ने केही राम्रा मौकालाई सदुपयोग गर्न नसक्दा दुबै टोलीले अंक बाडेका हुन् । बराबरीसंगै मच्छिन्द्र १९ खेलवाट ३२ अंक जोड्दै लिग नतालिकाको चौथो स्थानमा यथावत छ भने फेन्ड्स २४ घण्टाका लागि भएपनि समानखेलवाट ३० अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेका आर्मी र पुलिसको २९ अंक छ । लिग अन्तर्गत शुक्रवार दुई विभागिय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लब आमने सामने हुनेछन् ।

4 Comments on “फेन्ड्स र मच्छिन्द्र बराबरीमा रोकिए”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु