८ चैत, काठमाण्डौं । फाराम बेचेर लाखौं रुपैयाँ असुल्ने उपत्यकाका विद्यालयमाथि सरकराले अनुगमन गरी कारबाही गर्ने भएको छ ।
राजधानीमा सञ्चालित केही विद्यालयले सर्वोच्च अदालत र सरकारको निर्देशनलाई समेत बेवास्ता गर्दै २५ देखि एक सय रुपैयाँ पर्ने फारामलाई खुलमखुल्ला ३ सयदेखि ५ सय रुपैयाँसम्ममा बेच्न थालेपछि सरकारले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो ।
शिक्षा विभागमा बुधबार बसेको बैठकले कमाउ धन्दा गर्दै फाराम बेच्ने विद्यालयको अनुगमन गरी कारबाही गर्ने जनाएको छ । काठडमाण्डौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला शिक्षा अधिकारकिो टोलीले अनुगमन गरी कारबाही गर्ने तयारी गरेको हो । शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले एकदुई दिनभित्रै अनुगमन गरी कारबाही गर्ने जानकारी गराउँदै अटेर गर्ने विद्यालयलाई दर्ता खारेज गर्ने प्रक्रियासमेत अघि बढाउने तयारी गरिएको बताउनुभयो । उहाँले अनुगमन गरी कारबाही गर्न तीन जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको पनि बताउनुभएको खबर नेपाल समाचारपत्रले छापेको छ ।
शिक्षा मन्त्रालयले एक महिनाअघि जारी गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका र करिब ६ महिनाअघि सर्वोच्चको आदेश अनुसार संस्थागत विद्यालयले भर्ना फारमको २५ र परीक्षा शुल्क एकसय रुपैयाँभन्दा धेरै लिन नपाइने व्यवस्थालाई कडाईका साथ पालना गराउन विभागले अनुगमन गर्न लागेको हो ।
Ho ho yi chora sal harulai ta karby ta garnu parcha bording ko name matra sab thaga huna jasrini bording mathi kada karby garnu hola khabi natra nepako kanun daibale januna
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]