डिजेटको सट्टा पेट्रोल हालेपछि ओबामाको कार इजरायलमा बिग्रियो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

डिजेटको सट्टा पेट्रोल हालेपछि ओबामाको कार इजरायलमा बिग्रियो

अमेरिकी राष्ट्रपति बाराक ओबामाको इजरायलको भ्रमणका क्रममा लज्जास्पद घटना भएको छ । ओबामा चढेको बख्तरबन्द लिमोजिन कार होटलबाट विमानस्थलतर्फ जाने क्रममा बाटैमा बिग्रिएको हो ।

बिशेष सुबिधा र सुरक्षायुक्त यो कार बिग्रिएपछि ओबामाले अर्को कार प्रयोग गर्नुपरेको छ । गाडी बाटैमा बिग्रिएपछि ट्रकमा राखेर मर्मतका लागि लगिएको थियो ।

obama limo 1

चालकले डिजेलको सट्टा पेट्रोल प्रयोग गर्दा समस्या आएको बताइएको छ । स्थानीय समाचार एजेन्सीहरुका अनुसार १८ फुट लामो लिमोजिनमा साढे ६ लिटर डिजेल भएको अवस्थामा पेट्रोल हालेपछि गाडी नचलेको हो ।

ओबामा आफ्नो पहिलो इजरायल भ्रमणका क्रममा स्थानीय समय अनुसार बुधबार अपराह्न तेल अभिभ पुग्नु भएको थियो ।

अमेरिकी सेक्रेट सर्भिसले पनि ओबामाको सवारीमा समस्या आएको स्वीकार गरेको छ । उद्यपी ड्राइभरले डिजेलबाट चल्ने गाडीमा पेट्रोल प्रयोग गरेको बारे केही बताएको छैन ।

obama limo

ओबामा जुन जुन मुलुकको भ्रमणमा गएपनि यो कारलाई सँगै लगिन्छ । राष्ट्रपतिको सुरक्षा हेर्ने सिक्रेट सर्भिसले ओबामा पुग्नुअघि नै यो कारलाई सम्बन्धित मुलुकमा पु¥याइसकेको हुन्छ । सुरक्षाका लागि बिशेष हतियार जडित यो कारबाटै ओबामाले उपराष्ट्रपति र पेन्टागनमा सिधै कुरा गर्न सक्छन ।

obama limo 2

8 Comments on “डिजेटको सट्टा पेट्रोल हालेपछि ओबामाको कार इजरायलमा बिग्रियो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु