आमाको घरकी सञ्चालिका दिलशोभा श्रेष्ठ कोरियामा सम्मानित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

आमाको घरकी सञ्चालिका दिलशोभा श्रेष्ठ कोरियामा सम्मानित

 पुरु जोशी

 सउल । आमाको घरकी सञ्चालिका एवम् समाजसेवी दिलशोभा श्रेष्ठ कोरियामा सम्मानित भएकी छन् ।  बिगत १७ बर्षदेखि अनवरत रुपमा नेपालका असहाय वृद्धवृद्धाहरु तथा अनाथ बालबालिकाहरुको पालन पोषण गर्दै आउनु भएकी समाजसेवी दिल शोभालाई उनको कार्यको सम्मान स्वरुप उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

आइतबार दोङ्देमुन स्थित ग्याङ्दोङ चर्चमा दक्षिण कोरियाका नेपाली महिलाहरुको साझा संस्था वोमन फर वोमन, भिजन नेपाल नेटवर्क र नेपाल कोरिया न्युज डट कमको संयुक्त आयोजनामा समाजसेवी दिल शोभा श्रेष्ठलार्इ सम्मान गरिएको हो । कोरियामा रहेका थुप्रै नेपाली संघसंस्थाहरुका प्रतिनिधीहरु एवम् कोरियनहरुका साथ बिशिष्ट ब्यक्तिहरुले एकसाथ समाजसेवी दिलशोभा श्रेष्ठलाई सम्मान गरेका थिए ।1

 १०२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी आयोजना गरिएको उक्त कार्यक्रममा समाजसेवी दिल शोभा श्रेष्ठलाई नै प्रमुख अतिथिको आसन ग्रहण गराइएको थियो भने कार्यक्रमको सभापतित्व वोमन फर वोमनकी अध्यक्ष जुनु गुरुङले गरेकी थिइन् । त्यसैगरि वोमन फर वोमनकी उपाध्यक्ष मल्लिका थकालीद्वारा स्वागत मन्तब्य दिनुभएको थियो भने कार्यक्रमको संयोजक आस्था बिन्दु मल्ल रहेकी थिइन् ।  गिरीराज कुँवरद्वारा संचालित उक्त कार्यक्रममा बिभिन्न संघसंस्थाहरु तथा ब्यक्तिहरुबाट लगभग ७० लाख वन् सहयोग संकलन गरिएको थियो । वोमन फर वोमनको सकृयतामा संकलन गरिएको उक्त रकमलाई वोमन फर वोमनको तर्फबाट दिलशोभा श्रेष्ठलाई सोही दिन हस्तान्तरण गरेका थिए ।2

 यसैवीच समाजसेवी दिलशोभा श्रेष्ठको सम्मानमा यहि मार्च २४ का दिन किम्हे वरपरका क्षेत्रहरुमा बसोवास गर्ने नेपालीहरुले किम्हे माईग्रेन्ट मिसन चर्चमा एक सम्मान कार्यक्रमको आयोजना गरी भब्य रुपमा सम्मान गर्ने भएको छ । किम्हे माईग्रेन्छ हासउ नेपाली सम्पर्क समिति बुसान शाखा र एन आर एन बुसान क्षेत्रीय कमिटीको संयुक्त आयोजनामा कार्यक्रम गरिन लागेको हो ।

One Comment on “आमाको घरकी सञ्चालिका दिलशोभा श्रेष्ठ कोरियामा सम्मानित”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु