त्रिशूली थ्री बीका कर्मचारीलाई काममा जान माओवादीले रोक्यो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

त्रिशूली थ्री बीका कर्मचारीलाई काममा जान माओवादीले रोक्यो

८ चैत, नुवाकोट । त्रिशूली थ्री बीका लागि स्थलगत अध्ययनमा आएको नेपाल विद्युत् प्राधिकरणका कर्मचारी टोलीलाई नेकपा-माओवादीले फर्काइ दिएको छ । थ्री बीको प्रस्तावित निर्माणस्थल जान लागेका प्राधिकरणका कर्मचारी सीताराम थापासहित चारजनालाई बिहीवार विहान माओवादीका कार्यकर्ताले नुवाकोटको तुप्चे गाउँ विकास समितिबाट फर्काइदिएका हुन् । स्थानीयको मागको पहिला सम्बोधन हुनुपर्ने भन्दै उनीहरुले कर्मचारीलाई फर्काएको बताइएको छ । माओवादी जनवर्गीय सङ्गठन नुवाकोट प्रमुख नारायण नेपालका अनुसार पहिला जनतासँग संवाद गरेपछि मात्रै अन्य कामका लागि उनीहरु जान सक्नेछन् । यसअधि पनि त्रिशूली थि्र बीका लागि गर्ने भनिएको वातावरणीय प्रभाव मूल्याङ्कनको दलहरुले विरोध गरेपछि निर्माण पक्षले स्थगित गरेको थियो ।

राजनीतिक दलहरुलाई जानकारी नै नगराई चैत ८ गते वातावरणीय मूल्याङ्कनको सार्वजनिक सुनुवाइ गर्न लागेपछि गत आइतबार साँझ नै ६ राजनीतिक दलले संयुक्तरुपमा विज्ञप्ति जारी गरेर आवश्यक प्रक्रियापछि मात्रै सार्वजनिक सुनुवाइ गर्न आग्रह गरेका थिए । सार्वजनिक सुनुवाइ सम्पन्न भए पछि जनताले आफ्नो भन्ने र माग गर्ने बैधानिक बाटो टुङ्गिने दलहरुको धारणा रहेको छ । एकीकृत माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा-माओवादी, राप्रपा, राष्ट्रिय जनशक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा मालेले संयुक्तरुपमा सो परियोजनाले स्थानीयको माग संबोधन गर्नुपर्ने अडान राख्दै आएकाछन । रासस

7 Comments on “त्रिशूली थ्री बीका कर्मचारीलाई काममा जान माओवादीले रोक्यो”
  • hari sharma wrote on 21 March, 2013, 8:42

    हाम्रो देशका दलका नेता र कार्यकर्ताहरुले अरु के नै गर्न जानेका छन र सिवाय विरोध र अवरोध । नेपाली जनता अहिले पनि अन्धकार युगमा बस्न परे परोस, यिनलाइ देश र जनताको के चिन्ता र? केवल फोस्रो राष्ट्रियता देखाएका छन । मौका परेमा राष्ट्रियताको नाममा देश बेच्न पछि पर्दैनन् । देशलाइ चाडो भन्दा चाडो लोड सेडिग मुक्त गराएर आर्थिक उन्नती तर्फ अघि बढाउन पहल गर्नु त कता हो कता, हुन बन्न लागेको काम पनि भाड्न खोज्ने ? छि हाम्रा देशका दल र नेताहरु । होला स्थानीयहरुको माग र समस्या तर तिनीहरुको निकास सम्भव भए सम्म दिनु पर्छ नै । मागको नाममा जथाभावी पुरा गर्नै नसकिने मागको निमित्त माग राखेर अवरोध पुर्याउने प्रचलन बढेको देख्दा अचम्म लाग्छ । विकासका वाहक भनेका दलहरु भन्ने लागेको थियो पहिला । कति श्रध्दा थियो दलहरु प्रति ? कसरी हाम्रो भावना माथि खेलवाड गरे ? विकासको काम नै रोकेर के गर्न खोजेका हुन कुन्नी

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • romantic wrote on 21 March, 2013, 8:48

    chor mula haru ho bikash ma kina abharod ke…………. kukur ko chauro haru..

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • vasanta adhikari wrote on 21 March, 2013, 9:33

    dhikaar 6 maaobadi vanauda harulai bikash nirmanko borodh gare pa6i timraa partyma lutera khana aau6an vanne kasto bichar ho ?

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • alpabiram wrote on 21 March, 2013, 9:47

    khatea maoubadi haru lea kai ramro kaam garna dinna ouni haru ko rajnetik sanjal ma janta lai ghulaya halcha ra janta ko lagi kaam vaneara ouni hajru ko faida ko kaam matra garcha

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Baburam wrote on 21 March, 2013, 9:50

    Thik garyo sathi ho bijuli utpadan bhayo bhaneta ujyaloma basna pain6 baru banauna nai diyena bhane lanthai saf>

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kakaka wrote on 21 March, 2013, 11:19

    The news about NEA employee return from Thrishuli 3B Project is a fake news, please publish the real news not fictitious.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raj doha qatar wrote on 21 March, 2013, 12:28

    Hamro nepal kahile sudhrane.ghus khana napayera hola

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु