८ चैत, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले धनकुटाको सिंधुवामा आफ्नो शाखा विस्तार गरेको छ । लक्ष्मी वैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्तको यो आठौं शाखा हो । शाखाले संचालनको पहिलो दिन नै ५८ हजार ५ सय ३५ रुपैयाँ निक्षेप संकलन गरेको छ । शाखामा पहिलो दिन नै ११४ जना ग्राहक आवद्ध भएको बताउँदै संस्थाले ८ जनालाई विनाधितो ३ लाख २० हजार रुपैयाँ कर्जा प्रदान गरेको जनाएको छ । शाखाको प्रमुख कार्यकारी अधिकृतमा प्रकाशराज शर्मा रहनुभएको छ ।
लघुवित्तले निकट भविष्यमै पाल्पा, मुस्ताङ, नवलपरासी र इलाममा पनि शाखा विस्तार गर्ने जनाएको छ । वित्तीय सेवाको पहुँच नपुगेका क्षेत्रमा शाखा विस्तार गर्दै स्थानियहरुलाई लघुकर्जा, लघुवचत, रेमिट्यान्स र लघुविमाको सेवा प्रदान गर्ने लक्ष्य संस्थाले लिएको छ । २०६९ जेठमा स्थपना भएको यो संस्थाले १ हजार ४९५ जना सदस्यहरुलाई ४ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । वाणिज्य वैंकहरु मध्येको पहिलो लघुवित्त सहायक कम्पनी लक्ष्मी लघुवित्तले ५९ लाख रुपैयाँ संकलन गरेको जनाएको छ ।